कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६
734

चीनको ग्वान्जाउमा आयोजित ‘मिसेस युनिभर्स २०१९’मा नेपालकी प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगितामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।
सोमबार सम्पन्न यो प्रतियोगिता ‘मिसेस युनिभर्स’ को ४२औं संस्करण हो । प्रतियोगितामा ९० देशका विवाहित महिला सुन्दरीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो ।