कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
641

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा आइतबार आफ्नो १०७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारीलगायत स्थानीयवासीहरूको उपस्थिति थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।