कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
493

ई–आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरी हो । नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रबद्र्धन गर्ने उद्देश्यसहित यो सन् २०१० मा स्थापना भएको हो । कैयन स्थानीय कलाकारहरू र उनीहरूका कलामार्फत् सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ ।
ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालयन आर्ट फेस्टिभल नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो । फेस्टिभलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गर्छन् । पेन्टिङ, पौवा, मूर्तिकला, स्थापनाकला (इन्स्टलेसन), फोटो, प्रिन्ट मेकिङ, सेरामिकसहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरू प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ ।

सन् १९६१ मा जन्मेभएका लोक चित्रकार नेपाली परम्परागत पौवा (थाङ्का) चित्रकलाका सीमित कलाकारमध्येका एक हुन् । स्वअध्ययनबाट यस कलामा पारंगत भएका उनी आफ्नो कलाबाट विश्वभर परिचित छन् । एक प्राचीन अभ्यासलाई संरक्षित गर्दै लोक चित्रकारले पत्थर र वनस्पतीबाट प्राप्त रंगहरूको प्रयोगबाट र कुशलतापूर्वक प्राचिन परम्परासहित आफ्ना चित्रकलाहरू तयार गर्ने गरेका छन् ।
धार्मिक पर्व र वास्तुकलाहरूको शहरमा हुर्किएका चित्रकारले स्थानीय मन्दिरहरूका चित्रहरू अवलोकन गर्न घण्टौं बिताउँथे । यही क्रममा उनले १२ वर्षको उमेरमा आफ्नो पहिलो चित्रकला पूरा गरेका थिए । उनले केही समयपछि आफ्नो विद्यालयको अध्ययन छोडिदिए शास्त्रीय पाठ तथा चित्रहरूको स्वनिर्देशित कठिन अध्ययनलाई निरन्तरता दिए ।
षडाक्षरी लोकेश्वरा (साहित्यिक अर्थ छ अक्षरका अवलोकितेश्वर), उनको उल्लेख्य पौभा(थाङ्का) चित्रकलामध्ये एक हो । “अवलोकितेश्वरले सदैव जगतका प्रणालीहरूलाई मोक्ष प्रदान गर्नका लागि नश्वर स्थानमा हेरिरहेका हुन्छन् । मुख्य दुई हातहरूले नमस्कार वा अञ्जलीको भाव बनाइ रहेका हुन्छन्, जसमा रहेको बहुमूल्य रत्नहरू छ नश्वर लोकका प्रतीक हुन्,” उनले चित्रका बारेमा भने ।
सिम्रिक आटेलियरका संस्थापक लोक चित्रकारका उल्लेखनीय चित्रकलाहरू नेपाल आर्ट काउन्सिल बबरमहलमा असोज १२ गतेदेखि १६ गतेसम्म चल्ने हिमालयन आर्ट फेस्टिभलअन्तर्गत पौवा चित्र वर्गमा प्रदर्शन गरिनेछ ।


सातामा धेरै पढिएको