कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
392

राष्ट्रिय संगीतकर्मी संघले पर्यटन वर्ष–२०२० लाई लक्षित गरी कोरियामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संघले कोरियामा सेप्टेम्बर १५ र १६ मा नेपाल सांस्कृतिक महामेला आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
कार्यक्रम कोरियाको राजधानी सोलमा गर्न लागिएको आयोजकको भनाइ छ । संघका अनुसार उक्त कार्यक्रम नेपाल र कोरियाको संस्कृति झल्काउने हिसाबले गर्न लागिएको छ ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीका अनुसार कार्यक्रमका लागि नेपालबाट दुई दर्जनभन्दा बढी कलाकारहरु कोरिया जाने भएका छन् । कार्यक्रममा कोरियन कलाकार र नेपाली कलाकारहरुको उपस्थिति रहनेछ भने कोरिया र नेपालका विभिन्न संस्कृति झल्किने गीतहरु प्रस्तुत गरिनेछन् । कार्यक्रमको मुनाफा अनाथ बालबालिकालाई खर्चिने पनि आयोजकले जनाएको छ ।