कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६
651

‘पठन संस्कृतिको पूर्वाधार : पुस्तकालयको विकास र विस्तार’ नाराका साथ यस वर्षको १२ औं पुस्तकालय दिवस मनाइने भएको छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ ।
पुस्तकालय दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गर्ने तयारी सरकारको छ ।
पुस्तकालयको प्रयोग र पठन संस्कृति विकासका सम्बन्धमा परिसम्वाद कार्यक्रम, स्थानीय निकायका पदाधिकारीहरुसँग सार्वजनिक पुस्तकालयको आवश्यकता र महत्वबारे अन्तरक्रिया आदि कार्यक्रम हुनेछन् ।