कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
348

सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस्–२०१९’ का उपविजेता प्रितम आचार्यलाई सम्मान गरेको छ । सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि उपहार प्रदान गरेका थिए । सिभिल मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ फिएस्टा–२०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा बाल गायक आचार्यले प्रतियोगितामा गाएका विभिन्न गीतहरू प्रस्तुत गरे ।
सोही अवसरमा गोला प्रथाबाट विभिन्न उपहार विजेताको घोषणा पनि गरियो । जसअनुसार बिर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन् भने काठमाडौंका कृतांश पाण्डेले एलजी टेलिभिजन र पाटनका रेयांशले एलजी रेफ्रिजेरेटर प्राप्त गरे । यामाहासँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्टोरहरूलाई सिभिल मलले धन्यवाद ज्ञापन गरेको छ ।