कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
198

देशभरबाट आएका किशोर–किशोरीहरूको शानदार प्रतिक्रियापश्चात हामी हर्सोल्लासका साथ ‘वाईवाई ग्लोकल टिन हिरो–२०१९’ का लागि छनोटमा परेका उत्कृष्ट ६ प्रतिस्पर्धीको नाम शनिबार घोषणा गरेका छौं ।
यस वर्ष पनि प्रतिस्पर्धाका लागि प्रतिभा भएका किशोर–किशोरीहरूले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभरबाट ५ सय ८९ अवेदनप्राप्त भएको थियो । आवेदकहरूले विभिन्न विधा जस्तैः सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलतादेखि सामाजिक विकासका लागि आफ्नो सीप र विशेष योग्यतालाई प्रस्तुत गर्दै समाजमा राम्रो प्रभाव पर्ने काम गरेका छन् ।

यी ६ प्रतिस्पर्धी अवार्डका लागि छनोटमा परेका छन् । यो नेपालको एक मात्र राष्ट्रिय मञ्च हो जसले किशोर–किशोरीहरूको उल्लेखनीय कामलाई पहिचान गरी सम्मान गर्ने गर्दछ ।
यस मञ्चले नेपाली किशोर–किशोरीहरूमा भएको रचनात्मक सोच, उत्साहलाई प्रस्फुटन गर्न प्रोत्साहित गर्दै उनीहरूमा भएको उद्यमी सोचलाई विकास गर्न मद्दत गर्छ ।