मेगराज खड्का
बिहिवार, श्रावण २, २०७६
284

रुकुम - फूल देखेपछि सबैको मन हुरुक्क हुन्छ । चुमौं कि शीरमा सिउरिदिउँ कि भन्नेमात्र लाग्दैन, फूलको वरिपरि डुलिरहेका माहुरी, पुतलीको दृष्यावलोकन गरिरहुँ पनि लाग्छ । कार्यालय, घर तथा अन्य पार्कहरुमा सुन्दर वाताबरण बनाउन पछिल्लो समय फूलखेती गर्ने गरिएको छ ।
खेती गरेर आफ्नो घर, विद्यालय, कार्यालय र अन्य स्थानहरुमा फुल्ने फूलको छुट्टै कुरा । रुकुम पूर्व र पश्चिमका जंगलहरुमा प्राकृतिक रुपमा नै फुल्ने फूलहरुले यात्राका क्रममा सबैको मनमा उमंग छाइदिन्छ । भदौदेखि कात्तिकसम्म यस्ता विभिन्न प्रकृति र रंगका फूलहरु बढी फुल्ने गरेका भएपनि अन्य समयमा पनि हुन्छन् । रुकुम पश्चिमको तुलनामा रुकुम पूर्वमा यस्ता प्राकृतिक फूलहरु बढी फुल्छन् ।