कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
318

सुन–चाँदी तथा हीराका उत्कृष्ट डिजाइनहरूको बृहत् कलेक्सन रहेको जेजे ज्वेलर्स (एमेरल्ड प्रालि) ले नाचघर, जमलमा आयोजित मिसेस आदिवासी जनजाति–२०७६ प्रायोजन गरेको जनाएको छ । उक्त सौन्दर्य प्रतियोगिताको विजेता मीना मोक्तानलाई जेजे ज्वेलर्सका सीईओ मनोज सोमानीले क्राउन लगाई सम्मान गरेका थिए ।
यसका साथै जेजे ज्वेलर्सले उक्त प्रतियोगितामा सहभागी सबैलाई हीराका गहनाहरूमा एक पटकको लागि आकर्षक छुट प्रदानसमेत प्रदान गरेको जनाएको छ ।