मेगराज खड्का
बिहिवार, असार १२, २०७६
656


रुकुम । विकास प्रकृयासँगै विश्वका विभिन्न सहरमा धेरै ठूला र अग्ला महलहरु बनिरहेका छन् । नेपालकै संघीय राजधानी काठमाडौं तथा मोफसलका ठूला सहरमा पनि अग्ला महलहरु बन्ने क्रम जारी छ । ग्रामीण क्षेत्रमा भने गाउँले परिवेशका कलात्मक रुपमा बनेका घरले सबैको मन तान्ने गरेका छन् । परम्परागत तरिकाले माटो, ढुंगा र काठबाट बन्ने यस्ता कलात्मक घरहरु पछिल्लो समय सहरिया देखासिकीपछि लोप हुने क्रममा पनि छन् ।
रुकुम पूर्व र रुकुम पश्चिमका अघिल्लो पुस्ताहरुले कलात्मक सीप लगाएर निर्माण गरेका केही घरहरु अहिले पनि छन । सामान्यतयाः घरको एउटा चुली हुनेमा दुईतीन वटा भएका, कमेरोले पोतेका, माटो बिना ढुंगाबाट मात्र बनाएका, काठको विभिन्न आकृति कुँदिएका झ्याल ढोका र बार्धलीले घेरिएका विभिन्न आर्कषण गाउँले परिवेशका घरमा पाइन्छ ।