कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
337

किराती नव–सांस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको राष्ट्रिय नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । केन्द्रका संयोजक राकेश किरातीले किराती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा दुई लाख दश हजार राशिसहित यलम्बर सांस्कृतिक सम्मान वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गरिनेछ । त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद ३० हजार राशिसहित वरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद २० हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनायो ।
उक्त सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईस्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए ।