कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
658

एक हल गोरु, राँगाले जोतेको देखे–सुनिएकै हो । हिमाली क्षेत्रमा मानिसले गोरुझैं नारिएर जोतेको पनि यदाकदा सुनिन्छ, देखिन्छ । पुरुषको अभावमा महिलाले हली भएर जोतेको पनि पाइन्छ । तर, मुगुको मुगमकामारो गाउँपालिकामा भने एक गोरु र दुईजना मानिस भएर जोत्ने चलन छ । यहाँका स्थानीय जनजाति समुदायमा जोत्नको लागि एक हली, एक गोरु चाहिन्छ भने गोरुको नाकमा समेत डोरी लगाएर तान्ने मान्छे चाहिन्छ । माग्री गाउ“का ३८ वर्षिय जिक्मे तामाङ एक गोरुको भरमा आफ्नो पाखो जग्गामा चिनु, कागुनो, आलु, फापर अन्नबाली लगाउ“दै छन् । उनीमात्र नभएर पूर्वी उपल्लो मुगुमा एउटा गोरुको भरमा खेती गर्ने चलन छ । उपल्लो मुगुमा भेगमा बसोबास गर्ने जनजातिहरू एउटा गोरु जोतेर खेती गर्ने चलन परम्परागत हो । घरमा धेरै गोरु भएपनि खेतीपातीको समयमा एउटा गोरु महिला र पुरुषले जोत्ने गरेका छन् । भिरालो जमिन र साघु“रो जग्गा भएकोले २ गोरु जोत्न अप्ठेरो हुँदा एउटा गोरुले धौधौ गरी अन्नबाली लगाउनु परेको जिक्मेले बताए । “यति गर्दा पनि आकाशबाट पानी नआए दिनभरिको मिहिनेत त्यसै खेर जान्छ,” उनले भने । कर्णालीको बगर छेउमा जिक्मेले एउटा गोरु जोतर जग्गामा अन्नबाली लगाउ“दै थिए । अर्की एक महिलाले पनि एउटा गोरु जोत्ने र अर्की वृद्धा महिलाले डोरी लगाएर तान्दै थिइन् । रुखो र ढुंगा भएको जग्गामा एउटा गोरुले हलो तान्न नसकेपछि अर्को व्यक्तिले हलो तानेर गोरुलाई हल्का पार्छन् । भोक लागे शीतलमा बसेर घरबाट पकाएर ल्याएको आलु र चिसो छयाङ खाएर थकाई मेटाउ“छन् । व्यापारको लागि बाह्रै महिना कष्ट नगरे एउटा गोरुले लगाएको अन्नबाली ३ महिना पनि धान्न मुश्किल हुने गरेको जिक्मेले पीडा पोखे । “जन्मथलो बा“झो नराख्ने भन्ने घर सल्लाहले जेनतेन कमाउनै प¥यो । गत वर्ष पनि एउटा गोरुको भरमा सबै जग्गामा बाली लगाएँ, आखिर ३ महिना पनि कटेन,” उनले भने, “नुन बोकेर जुम्ला सिँजा र खत्याड भेगबाट अन्न ल्याई बिहान बेलुका चुल्होमा आगो बल्छ ।”झोबा (चौंरीको बच्चा )ले पाखो जग्गा जोत्ने गरेको अर्की एक महिला फुर्वा तामाङले बताइन् । झोबालाई नाकमा डोरी लगायो भने जता लग्यो उतै जाने र केही अप्ठेरो नभई सजिलोसँग जोत्न सकिने उनले बताइन् । भिरालो र सुख्खा जमिन भएकोले आकाशे पानीको भरमा माग्री, पुलु, डोल्फुमा वर्षभरि एक बाली आलु, फापर, उवा, चिनोमात्र खेती लाग्छ । मुगु, पुल, किम्री, माग्री र डोल्फु गाविसका अधिकांश पुरुष व्यापारको लागि घरमा नबस्दा खेतीपातीको बेला एक महिलाले पछाडि हलो जोत्ने अर्को महिलाले गोरुको नाकमा डोरी लगाएर तान्ने गरेका छन् । दाउरा, ताखा, डोल्फु, किम्री, पुवा, चितै, लगायत बस्तीमा अत्यन्तै भिरालो जमिन भएकोले एउटा गोरु जोत्न पनि नसकिने हुँदा कोदालोको भरमा बाली लगाउने गरेका छन् । स्थानीयको जीवन निर्वाहको लागि खेतीभन्दा जडीबुटी, अन्य व्यापार र निर्माणका काममा रोजगारी दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले बताए । गाउँपालिकाले पशुपालनमा प्राथमिकता दिएको अध्याय छिरिङ क्याप्ने लामाले बताए ।

दानबहादुर बुढा