कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
481

नेपालमा अवस्थित गणतन्त्र कोरियाली दूतावासले गत शुक्रबार कोरियाली परिकार बनाउने प्रतियोगिता आयोजना गरेको छ ।
दिउँसो ३ बजेबाट बेलुकी ७ बजेसम्म होटल हिमालय ललितपुरमा सम्पन्न प्रथम कोरियाली परिकार बनाउने प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ ।

प्रतियोगितामा प्रथम चरणबाट छनोट भएका ९ जनाले कोरियाली परिकारमध्ये बढी रुचाइने सखरखण्ड तथा अन्य हरियो सब्जी मिसाई बनाइने नूडल एक घण्टाभित्र तयार गरेका थिए । प्रतियोगितामा प्रथम, द्वित्तय र तृतिय हुने सहभागिले क्रमशः ५० हजार ३० हजार र २० हजार पुरस्कार पनि प्राप्त गरे ।
प्रतियोगितामा सहभागि ९ जना नेपालका विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा आवद्ध भएकाले कोरियाली परिकार राम्रोसँग बुझेर बनाउन सक्ने क्षमता राख्नेहरु नै थिए । जसका कारण सो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक भएको थियो । कोरियाली परिकार बनाउने कार्यक्रम समापनलगत्तै गत शनिबार आयोजित के–पप वल्र्ड फेष्टिबल नेपाल कार्यक्रममा प्रथम, द्वित्तिय तथा तृतिय भएका समूहको प्रस्तुति रहेको थियो । कार्यक्रमबाट कोरियाली खानाको स्वाद र सांगीतिक मनोरञ्जन दुवैको अनुभव गराउने अवसर प्राप्त भएको राजदूतावासले जनाएको छ । कार्यक्रमको माध्यमबाट कोरियाली परिकार र कोरियाली संस्कृतिलाई नेपालमा परिचित गराउँदै दुई देशका जनताबीच स्थापित सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने उद्देश्य दूतावासको रहेको पनि जनाएको छ ।