रजनी श्रेष्ठ
बिहिवार, जेठ २३, २०७६
624

तीनथानास्थित गैरसरकारी संस्था सुनौलो बालसंसार नेपालको थालनी भएको करिब दुई महिना पुगेको छ । युवाहरु मिलेर पिछडिएका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र अन्य विविध कुरामा सहयोगको भावनाले खोलिएको यस संस्थाले छोटो समयमै सहयोगको हात बढाइसकेको छ ।
चन्दा र सहयोगमार्फत् पाएको रकमबाट चितवनको राष्ट्रिय आधारभूत विद्यालयमा रहेका ५० जना विद्यार्थीका लागि ट्र्याक, जुत्ता, मोजा, ४ बोरा चामल, १५ केजी दाल र १ बाकस तेल, नुन तथा बेसार वितरण गरिएको थियो । साथै शक्तिखोरमा २४ घण्टामा मात्र एक पल्ट खान पाउने चेपाङ बालबालिकालाई केन्द्रित गरी एक महिनाका लागि तेल, नुन, बेसार र ट्र्याकसुट वितरण गरेका थिए ।चन्दा सहयोग दिनेमा फेसबुक समूह (यु एंड मी) र अन्य सहयोगदाताहरु पनि छन् । भावी दिनहरूमा यस्तै काम गर्दै दुर्गम क्षेत्रसम्म पुग्ने लक्ष्य भएको सुनौलो बालसंसार नेपालका पदाधिकारीहरू बताउँछन् ।