कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
627

युवा उद्यमी प्रणवजंग पाण्डेले होटल व्यवसायी युवराज श्रेष्ठसँग मिलेर सन्दीप लामिछानेलाई सम्मान गरेका छन् । युवालाई युवाले नै केही गरौं भनेर लामिछानेलाई सम्मानसँगै सहकार्य गरिएको हो ।


दुईजनाले सन्दीपसँगै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र टेक्निकल एनालिस्ट रमन शिवाकोटीलाई पनि सम्मान गरेका छन् । सम्मान गर्दै पाण्डेले सन्दीप देशभक्त युवा रहेको आफूले पाएको बताए । उनले भने, “सन्दीपलाई युवा क्रिकेटरको रुपमा लिने गरिएको छ । तर, उहाँ अहिले परिपक्व पाइसक्नुभयो ।” अब देशका ब्रान्ड चिनाउने कार्यमा नेपाली सेलिब्रिटी नै लाग्नुपर्ने अवधारण पछ्याउँदै सहकार्य गरिएको पनि पाण्डेले बताए ।


उनले भने, “सन्दीपको नाम जेजति भएपनि अझै संघर्ष गरिरहेको अवस्थामा उनलाई स्वदेशमा स्थापित गर्ने काममा हामीले सघाउन लागेका हौं ।”