सागर परियार
बिहिवार, बैशाख ५, २०७६
1339

एक मानो चामल र पिठोका लागि गाउँ चाहर्ने झुमा नेपाली हिजोआज गाउँलेले साहुजी भन्दा मख्ख पर्छिन् । “दयामाया गरेर सबै गाउँले मेरै पसलमा चिनी, मैदा, तेललगायत सबै सामान किन्न आउँछन्,” उनले भनिन्, “अहिले त आफ्ना छोराछोरीलाई साहुजीकी छोरी भनेर भन्ने गर्दा खुसीका आँसु झर्छन् ।”
जुम्ला -तिला गाउँपालिका–२ लिहि गाउँकी झुुमा नेपालीको परिवार ज्याला मजदुरी गरेरै चलेको छ । उनको १० जनाको परिवार छ, एककोठे एकतले घर छ, घरमा एक महिना पुग्ने अन्नपात उत्पादन हुँदैन । चार भाइको नाममा मात्रै तीन कित्ता उब्जनी नहुने पाखो जमिन छ, जो अहिले पनि बाँझै देखिन्छ ।
बिहान बेलुुकाको छाक टार्नका लागि ज्याला मजदुरी गर्नुे झुमाको बाध्यता थियो । जुम्लाका गाउँमा ज्याला मजदुरी गरेबापत विपन्न समुदायलाई पैसा भन्दा चामल, पिठो दिने चलन थियो र अहिले पनि छ । “परिवारको गुजाराका लागि मजदुरी गर्न गएपनि साँझमा चामल पिठो कसैले दिँदैनथे,” झुमाले भनिन्, “काम सकिएपछि कहिले घर फर्किंदा रित्तै आउनु पथ्र्यो ।”
दिउँसो काम गर्दा दिएको खाजा बचाएर ल्याएको रोटी खाएर चित्त बुझाउँथे उनका ५ छोरी र १ छोरा । १३ वर्षको उमेरमा विवाह गरेकी झुमाले १५ वर्षमै पहिलो सन्तान छोरी जन्माइन् । छोराको मोहले ५ छोरी जन्मे । छैटौंमा छोरा जन्मियो । घरको अवस्था नाजुक भएपछि उनका श्रीमान् एैमान नेपाली कालापहाड धाएरै घरखर्च चलाउँथे ।
तर, कालापहाडको कमाइ ६ महिनाको अन्तरालमा मात्रै आउँथ्यो । बालबच्चाको लालनपालन गर्न एक मानो चामल र पिठोका लागि पनि गाउँ गाउँ चाहर्नुपथ्र्यो । श्रीमान्कै भरमा चलेको १० जनाको परिवारको सहारा झुमाका श्रीमान् एैमानलाई २०७० साल असार २ गते भारतको केदारनाथमा आएको बाढीले बगायो । कमाउन गएका श्रीमान्को न लास आयो नत सास आयो । झनै झुमाको जीवनमा संघर्षहरूले आगमन गर्दै गए । ३८ वर्षकै उमेरमा झुमा नेपाली एक्लै हुन पुगिन् । छोरीहरू सानै थिए, श्रीमान्को मृत्यु भएको खबर सुन्नेबित्तिकै झुमा मानसिक रोगी भइन् । अर्धचेत भएर गाउँ–गाउँमा डुल्थिन् । तीन वर्षपछि बल्ल उनी निको भइन् ।

जब जिउने एक सहारा मिल्यो
श्रीमान्को मुत्युुपछि झुमालाई गाउँलेले झनै हेला गर्थे किनकी समाजको चलनै त्यस्तै छ । “छोरीहरू स्कुल पढ्न जान थाले । ज्याला मजदुरीको पिठो चामलले पापी पेट भरेपनि कापी कलम किन्न पैसा नै चाहिन्थ्यो । छोरीहरू हप्ताको २ दिन स्कुल जाने अरु दिन आफूसँगै काम गरी पढ्न जान थाले,” उनले सुनाइन् । जेठी छोरी अहिले ९ मा पढ्छिन्, पढाइमा निकै मेहनती छन् । माइली ६ र साइँली ५ मा पढ्छिन् ।
किर्डाक नेपाल र प्लान नेपालको साझेदारीमा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन कार्यक्रमअन्तर्गत उनलाई सहयोग प्राप्त भएपछि केही गर्ने जाँगर र जिउने रहर फेरि बढ्दै गएको झुमाले बताइन् । किर्डाक र प्लानबाट खुद्रा व्यापार गर्नका लागि झण्डै ३० हजारबराबरको दैनिक उपभोग्य सामान किनेर सपल राखिदिए । उनले भनिन्, “किर्डाक र प्लानको साझेदारीमा संचालित आयआर्जन कार्यक्रमबाट खुद्रा व्यापार दिएपछि जिउने सहारा बनेको उनले बताइन् ।
गाउँमै भएकाले निकै चल्न थाल्यो पसल । झुमाका छोराछोरीको पढाइमा सहज गर्नका लागि आयआर्जनमा किर्डाक र प्लान नेपालले सहयोग गरेको थियो । समय बित्दै जाँदा गाउँको व्यापार झुमाका लागि मालामाल हुन थाल्यो । झुमाले भनिन्, “म बेसहाराका लागि किर्डाक र प्लानको सहयोग जिउने सहारा बनेर आयो । दैनिक १ हजार कमाई हुन्छ । मेला लागेको बेला झण्डै ६-७ हजार नै कमाई हुने गरेको छ ।” एक मानो चामल र पिठोका लागि गाउँ चाहर्ने झुमा नेपाली हिजोआज गाउँलेले साहुजी भन्दा मख्ख पर्छिन् । “दयामाया गरेर सबै गाउँले मेरै पसलमा चिनी, मैदा, तेललगायत सबै सामान किन्न आउँछन्,” उनले भनिन्, “अहिले त आफ्ना छोराछोरीलाई साहुजीकी छोरी भनेर भन्ने गर्दा खुसीका आँसु झर्छन् ।” झुमाले सिलाईकटाई पनि सिकेकी छन् । अझै किर्डाक प्लानले सहयोगको अपेक्षा उनले गरेकी छन् ।

जीवन बदल्ने समावेशी शिक्षा
झुमाका लागि ३० हजारको व्यापार अहिले ३० लाख जस्तै भएको छ । बिहान बेलुका छाक टार्न मुस्किल हुने झुमा नेपालीको परिवारलाई त्यहि खुद्रा व्यापार अहिले सबैसरह जिउने खालको बनाएको छ ।
किर्डाक नेपाल जुम्लामा जिल्ला संयोजक रेशम शाहिले भने, “कार्यक्रमको लक्ष्य विपन्न समुदायका बालबालिकाको शिक्षामा सहजै पहुँच पु¥याउनका लागि घरको आर्थिक आयार्जनमा सुधार ल्याउनु हो । धेरै ठाउँमा सहयोग बाख्रा, आरा मेसिन खुद्रा पसल दिएका छौं ।” संघर्षबाट जिउँदै आएकी सानो सहयोगबाट सफल भएकी उदाहरण झुमा नेपाली भएको उनको भनाइ छ ।