कारोबार संवाददाता
बिहिवार, चैत्र २१, २०७५
1115

स्याङ्जा- मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थितछा त्राबास र मदरशा (पाठशाला) बनाउन जिल्ला सदरमुकाममा पहिलो पटक जल्सा आयोजना गरिने भएको छ । स्थानीय स्याङ्जा मुस्लिम समाजको आयोजनामा जल्सा गरिन लागेको हो ।

चैत २३ गते एक दिन सञ्चालन हुने जल्साबाट ५० लाखभन्दा बढी आम्दानी र २० लाख भन्दा माथि खर्च हुने अनुमान छ । समाजका अनुसार बचत रकमबाट विपन्न परिवारका बालबालिकालाई निःशुल्क छात्राबास र उनीहरुलाई पठनपाठनका गराउनका लागि भौतिक संरचना निर्माण गरिनेछ ।
जल्सामा स्वदेश र विदेशका मुस्लिम समुदायका कारी, आलीम, हाफिज, मौलाना (शिक्षक) को सहभागिता रहनेछ । बेलायतबाट आउने शेयद नुरानीहास्मी मिया“, भारतबाट आउने अब्बुल हक्कानीसहित ४ जना र नेपालका हजरत जयस मोहम्मद सिद्धिकी (शेरे नेपाल) ले जल्सामा कुरान (ग्रन्थ) वाचन गर्ने संघका अध्यक्ष शेर अलि मिया“ले जानकारी दिए ।

जल्सा जिल्ला सदरमुकामस्थित बाडखोलामा गरिनेछ । जल्सामा देशभरबाट करिब १० हजार मुस्लिम अगुवाहरुको भेला हुनेछ । २३ गते दिन र रातगरी २४ घण्टा जल्सा सञ्चालन हुने समाजले जनाएको छ ।
“मुस्लिम समुदायका बालबालिका सरकारी विद्यलायमा जाने भए पनि आफ्नो संस्कृति जगेर्ना गर्न जल्सा आयोजना गरिएको हो,” समाजका सचिव मोहम्मद मिया“ले भने, “जल्साबाट बचत रकमबाट कारी, आलीम, हाफिज र मौलानाहरुको उत्पादन गरिनेछ ।”
समाजले १ सय ५० क्षमताको आधुनिक छात्राबास बनाउने योजना अगाडि सारेको छ । छात्राबास निर्माणका लागि झण्डै ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । समाजका अनुसार संकलित रकमबाट पाठशालाका अतिरिक्त कब्रस्तान (समाधी स्थल) को व्यवस्थापन गरिनेछ ।
विश्वका विभिन्न देशमा सिया र सुन्नी दुई समूहका मुस्लिम रहे पनि स्याङ्जामा सुन्नी मुस्लिम समुदायको बसोबास छ । गरिबी र अशिक्षाबाट ग्रसित समुदायले पछिल्लो समय समाजका हरेक क्षेत्रमा आफूलाई अब्बल बनाउँदै लगेको स्थानीय हाजि सम्सुद्धिन मिया“ले बताए ।