कारोबार संवाददाता
सोमवार, चैत्र १८, २०७५
755

रुपन्देही-दाउन्ने ओशो पश्चिमाञ्चल श्री २०७५ को उपाधि भैरहवाका विनोद सुनारले जितेका छन् । शनिबार भैरहवामा सम्पन्न प्रतियोगितामा ४६ खेलाडीहरुलाई पछि पार्दै ७० केजि तौल समूहका विजेता रहेका सुनारले उपाधि सहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । तौल समूह विजेता भएबापत उनले थप ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका जिल्लाका खेलाडीबीच भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा पावर एण्ड मशल जिमका आमोश पुन, ६० केजी तौल समूहमा बुटवल फिटनेसका सुनिल आले, ६५ केजी तौल समूहमा हेल्थ वेनिफिट बाँकेका आनन्द थापा, ७० केजी माथिको तौल समूहमा निवोध एरोविकका खेम बहादुर चौधरी प्रथम भई अन्तिम उपाधिका लागि छनौट भएका थिए । तौल समूहका विजेता सबैले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा वेष्ट पोजरको उपाधि सुमित रानाले प्राप्त गरेका छन् । प्रतियोगितामा ४७ जना खेलाडीको सहभागीता रहेको थियो ।

सोहि कार्यक्रममा १ महिनाअघि थाइल्याण्डमा सम्पन्न १० औं विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी विश्व विजेता बनेका नेपाली महेश्वर महर्जनलाई नगद ५ लाख रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । महर्जनलाई दाउन्ने फिड्सका प्रबन्ध निर्देशकले ५ लाख रुपैयाँ प्रदान गरेका थिए ।