कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
593

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण वाराही इँटा उद्योग तथा ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योगका संस्थापक अध्यक्ष एवम् समाजसेवी किसलाल महर्जनलाई सम्मान गरेकी छन् । गोरखाको प्रशिद्ध मनकामना मन्दिरको जिर्णाेद्धार गर्दा आवश्यक पर्ने सम्पूर्ण पुरातात्विक महत्वका माँ अप्पा, दाँचि अप्पा लगायत परम्परागत इँटा सहयोग गरेका समाजसेवी महर्जनलाई राष्ट्रपति भण्डारीले मनकामना मन्दिर परिसरमा आयोजित विशेष समारोहमा सम्मान गरेकी हुन् ।
सरकारबाट प्राप्त ४ करोड रुपैयाँ र जनस्तर तथा विभिन्न व्यक्ति तथा संस्घसंस्थाबाट चन्दा संकलनबाट संकलित थप १० करोड गरी १४ करोड रुपैयाँको लागतमा तीन वर्षको अवधिमा मनकामना मन्दिरको जिर्णाेद्धार सम्पन्न गरिएको हो । मन्दिरमा १८ किलो सुनको जलप लगाइएको निर्माण समितिले जनाएको छ । महर्जनले यसअघि पनि विभिन्न मन्दिर तथा पाटीपौवा निर्माणका लागि नगद तथा परम्परागत इँटा सहयोग गरेका थिए ।