भीम गौतम
बिहिवार, मंसिर १२, २०७६

३० हजार मेगावाट जलविद्युत्मार्फत विद्युत् उत्पादन सम्भावना र २३ हजार मेगावाट व्यापारिक सम्भावना भएको भुटानले सन् २०२० भित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २.५३ बिलियन डलर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेको भुटानमा १४ प्रतिशत जीडीपीमा योगदान जलविद्युत्को छ भने यसबाट २६ प्रतिशत राजस्व उठ्ने गरेको छ ।

948
कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरूले ट्याक्सीजस्तै यात्रु ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

585
लक्ष्मी सापकोटा
मंगलबार, मंसिर १०, २०७६

वि.सं २०१६ मा डोटीको सम्पन्न परिवारमा जन्मिएर २०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका लेखराज भट्टसँग यसअघि श्रममन्त्री र वाणिज्य तथा आपूर्तिमन्त्री बनेर काम गरेको अनुभव छ । मन्त्री भट्ट पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा श्रममन्त्री बनेका थिए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीमा थिए । कैलाली बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र (आईए) उत्तीर्ण गरेका भट्टले भारतको कानपुर विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेका छन् । बुबा दशरथले कांग्रेसको राजनीति गरे पनि लेखराज भने भीमदत्त पन्तको किसान आन्दोलनबाट प्रभावित हुँदै कम्युनिस्ट नेता बनेर उदाए । खान–लाउन नपुग्ने गरिबहरू मात्र कम्युनिस्ट हुन्छन् भन्ने सोच राख्नेहरू लेखराजलाई ‘सामन्त कम्युनिस्ट’ भन्ने गर्थे ।

839
भुवन पौडेल
सोमवार, मंसिर ९, २०७६

देशकै ठूलो बैंक बन्न लागेको ग्लोबल आईएमर्ईको शीर्ष जिम्मेवारी सम्हालेका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल चार्टर्ड एकाउन्टेन्ट्स पनि हुन् । बैंकिङ क्षेत्रमा करिब २० वर्ष बिताइसकेका ढकालले यसभन्दा अघि २ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । यही मंसिर महिनामा ग्लोबल आईएमर्ई बैंक र जनता बैंकको मर्जर प्रक्रिया टुंग्याएर संयुक्त कारोबार गर्ने योजनाअनुसार काम अघि बढेको ढकाल बताउँछन् ।

2125
अमरराज आचार्य
आइतवार, मंसिर ८, २०७६

मंसिर १४ गते हुने उपनिर्वाचनमा राजनीतिक दलहरू प्रचारप्रसारमा जोडतोडले लागेका छन् । दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य (ख) का तत्कालीन सांसद उत्तरकुमार वलीको सडक दुर्घटनमा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट वलीकै श्रीमती विमला खत्री (वली) र नेपाली कांग्रेसबाट केशव आचार्यसहित अन्य राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवार छन् । जसमा राप्रपाको तर्फबाट भुपाल रावत, साझा पार्टीका तर्फबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटिलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेका (बीपी) बाट दीपककुमार धिताल तथा स्वतन्त्र उम्मेदवारमा गोविन्द बिसी र टीकाराम आचार्य छन् । तर मुख्य प्रतिस्पर्धी भने नेकपा र नेपाली काँग्रेस नै देखिएका छन् ।

699
अमरराज आचार्य
आइतवार, मंसिर ८, २०७६

मंसिर १४ गते हुने उपनिर्वाचनमा राजनीतिक दलहरू प्रचारप्रसारमा जोडतोडले लागेका छन् । दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा सदस्य (ख) का तत्कालीन सांसद उत्तरकुमार वलीको सडक दुर्घटनमा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट वलीकै श्रीमती विमला खत्री (वली) र नेपाली कांग्रेसबाट केशव आचार्यसहित अन्य राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवार छन् । जसमा राप्रपाको तर्फबाट भुपाल रावत, साझा पार्टीका तर्फबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटिलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेका (बीपी) बाट दीपककुमार धिताल तथा स्वतन्त्र उम्मेदवारमा गोविन्द बिसी र टीकाराम आचार्य छन् । तर मुख्य प्रतिस्पर्धी भने नेकपा र नेपाली काँग्रेस नै देखिएका छन् । यसै सन्र्दभमा दाङस्थित कारोबारकर्मी अमरराज आचार्यले प्रदेश सांसदका उम्मेदवारद्वय वलीसँग गरेको कुराकानीको सार :

692
केशव समर्पण
शुक्रवार, मंसिर ६, २०७६

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी कार्यान्वयन सुरु गरिसकेको छ । भ्रमण वर्षलाई सफल बनाउने जिम्मा तीनै तहको सरकारको पनि हो । संघीय सरकारका पर्यटन मन्त्रीको संयोजकत्वमा सबै प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री सदस्य रहने गरी तयारी समिति पनि बनेको छ । प्रदेश तहमा पनि सोही प्रकृतिको समिति छ । प्रदेशले जिल्ला र स्थानीय तहमा पनि तयारी समिति गठन गरी काम अघि बढाइरहेको छ । प्रदेश–३ को पर्यटन मन्त्रालयको जिम्मेवारी एउटामात्र छैन ।

704
सरस्वती ढकाल
बिहिवार, मंसिर ५, २०७६

अढाइ दशकभन्दा लामो समयदेखि फोटोग्राफी क्षेत्रमा संलग्न दिनेशराज अर्याल फोटो कन्सर्नका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपालको फोटोग्राफी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने श्रेय पाएको फोटो कन्सर्नको साढे ६ दशक लामो इतिहास छ । युवा अवस्थामै फोटो कन्सर्नको सीईओ बनेका अर्यालले अध्ययनका हिसाबले विज्ञान विषय अध्ययन गरे पनि हाल डिजिटल टेक्नोलोजीमा विद्यावारिधि गर्दैछन् । व्यवस्थापन विषय पनि अध्ययन गरेका उनलाई प्रविधि पछ्याउँदै फोटो कन्सर्नको नाम चम्काउने श्रेय पनि जान्छ ।

721
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

मुलुकको भौतिक पूर्वाधार निर्माणको जिम्मा निर्माण व्यवसायीको काँधमा छ । बजेट र कार्यक्रम सरकारको भए पनि त्यसको प्रयोग र कार्यान्वयन भने निर्माण क्षेत्रसँग आबद्ध व्यवसाय, व्यवसायी र संस्थामार्फत हुने गर्छ । सरकार र त्यस मातहतका निकायले प्रचलित कानुन तथा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको अधीनमा रही प्रतिस्पर्धात्मक रूपमा प्रक्रियाबमोजिम ठेक्का लगाउँछ । सरकारले सार्वजनिक खरिद ऐन र नियमावलीलाई पटक–पटक परिमार्जन गरे पनि ठेकेदारहरू उनीहरू अनुकूल नभएको भन्न छोड्दैनन् ।

1121
कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मूल नाराका साथ आइतबारबाट कर सप्ताह सुरु भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको दिनलाई आधार मानेर सरकारले ८ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो ।

861
यादव हुमागाई
सोमवार, मंसिर २, २०७६

नेपालको पहिलो बैंक नेपाल बैंक शनिबारबाट ८३ औं वर्षमा प्रवेश गरेको छ । बैंकमा सरकार र सर्वसाधारणको लगानी रहेको छ । विगतमा सरकारी हस्तक्षेपसँगै संस्थागत सुशासन कमजोर हुँदा धराशायी बनेको बैंक बलियो बनेको छ । अन्य बैंकसरह प्रतिस्पर्धी सेवा दिन सक्षम रहेको बताउँछन् बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी । बजारमा स्वस्थ प्रतिस्पर्धासँगै नैतिक बैंकिङका लागि नेतृत्व गर्ने उनले योजना सुनाए ।

676
धर्मेन्द्र कर्ण
आइतवार, मंसिर १, २०७६

विद्यमान संघीय संसद्अन्तर्गत शिक्षा तथा चिकित्सा समितिको सभापति जयपुरी घर्ती माओवादी जनयुद्धबाट खारिएकी महिला नेतृका रूपमा चिनिन्छिन् । पहिलो संविधानसभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट जयपुरी घर्ती रोल्पा–१ बाट प्रत्यक्ष चुनाव जितेर सभासद बनेकी थिइन् । संविधान घोषणापछि माओवादी र एमालेबीचको एकीकरण भएको सत्ताधारी नेकपाको समानुपातिक सांसदका रूपमा संसद्मा प्रतिनिधित्व गर्दै आएकी छिन् ।

737
दीपेन्द्र थापा
बिहिवार, कार्तिक २८, २०७६

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा विदेशीदेखि स्वदेशी लगानी दिन–प्रतिदिन भित्रिने क्रममा छ । सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएसँगै पर्यटन उद्योगमा नयाँ ऊर्जा थपिएको छ ।

474
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को मूल आयोजनामा आगामी मंसिर ५ र ६ गते अर्थात् नोभेम्बर २१ र २२ मा पावर समिट २०१९ हुन लागेको छ । विद्युत् व्यापारको अवसर र चुनौतीलाई विशेष केन्द्रित गरेर हुन लागेको समिटमा नेपालका साथै भारत, चीन, भुटान, बंगलादेश, नर्वे, क्यानडा, बेलायत, अमेरिका, जापानलगायतका देशबाट ७ सयभन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी हुन लागेका छन् । क्षेत्रीय विद्युत् व्यापार, बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरूको सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनीलगायतमा केन्द्रित हुने समिटको प्रधानमन्त्री केपीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारत, बंगलादेश र भुटानका ऊर्जा, जलस्रोतमन्त्री समेत सहभागी हुन लागेका छन् ।

968
किरण आचार्य
मंगलबार, कार्तिक २६, २०७६

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बाली हो— धान । धानको उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले तलमाथि हुने तथ्यांकीय यथार्थका बीच खाद्य सुरक्षाको हिसाबले पनि उत्तिकै महत्वपूर्ण बाली हो । नेपालमा मात्र नभई विश्वमै धेरै धान फलाउने चीन र त्यसपछिको भारतमा पनि धानको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक महत्वसमेत छ । गत वर्षको तथ्यांकअनुसार मुलुकभर १४ लाख ८९ हजार ७ सय ४४ हेक्टरमा धानखेती भएकोमा ५५ लाख ८४ हजार मेटन उत्पादन भएको तथा उत्पादकत्व प्रतिहेक्टर ३ हजार ७ सय ४८ किलो छ ।

1174