मनोरञ्जन शर्मा
शुक्रवार, चैत्र १, २०७५

२०२० सालमा कास्कीको पोखरामा जन्मिएका शिवराज सुवेदीले लामो समयसम्म तत्कालीन नेकपा माले र तत्कालीन एमालेको विभिन्न तहमा रही काम गरे । राजनीति गर्दै जाने क्रममा रुपन्देहीको नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेर संघीय संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भए । आईएसम्मको अध्ययन गर्दागर्दै राजनीति सुरु गरेका सुवेदी पढाइ अघि बढाउन नसकेपछि स्वअध्यनमा थिए । केही समय नवलपरासीमा शिक्षण पेसासमेत गरेका सुवेदी मेयरमा निर्वाचित भएसँगै बुटवलको विकासका लागि विभिन्न योजना ल्याई अघि बढेको बताउँछन् । उनै सुवेदीसँग कारोबार दैनिकका प्रदेश ५ संयोजक मनोरञ्जन शर्माले बुटवलको विकासका लागि सुरु भएका काम, विकास योजनालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सार :

1910
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

मुलुक यतिबेला राजनीतिक बहसले जति तातेको छ, आर्थिक क्षेत्रमा पनि त्यस्तै पेचिलो बहस जारी छ । आर्थिक क्षेत्रमा बहसको विषय हो— बैंकको ब्याजदर । बैंकहरूले कर्जाको ब्याजदर उच्च लिएर अस्वाभाविक रूपमा नाफा कमाइरहेको भन्दै निजी क्षेत्रले आलोचनामात्र गरेको छैन कि यसविरुद्ध आन्दोलन नै भयो । ब्याजदर आन्दोलन चर्कंदै जाँदा मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने अवस्थासम्म आएको थियो । प्रधानमन्त्रीले विभागीय तथा सरोकारवाला मन्त्रीसहित निजी क्षेत्र र बैंकरसमेतलाई एकै ठाउँमा राखेर समस्या सम्बोधनको प्रयास गरे पनि यसबाट पनि समस्याको समाधान हुन सकेको छैन । निजी क्षेत्र र बैंकरहरूबीच छलफल र वार्ता चलिरहे पनि ब्याजदर घटाउने माग सम्बोधन हुने कुनै संकेत देखिएको छैन ।

615
भगवान खनाल
बुधवार, फाल्गुन २९, २०७५

२०३६ सालमा बाँकेमा जन्मिएका मोहम्मद इस्तियाक राईको पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । उनका बुबाको चाहना मोहम्मद व्यावसायिक व्यक्ति बनून् भन्ने थियो । तर, कथाले माग्दै गएपछि उनी अन्ततः बुवा र हजुरबुबाको खान्दानी राजनीतिक क्षेत्रमा होमिए । चिकित्सक बन्ने लक्ष्यलाई पूर्णतया हापेर राजनीतिमा लागेका राई ३९ वर्षमा दोस्रो पटक मन्त्री पदमा आसिन छन् । गत जेठ १८ गते सहरी विकास मन्त्री नियुक्त भएका राई पहिलो पटक २०६८ वैशाख २३ गते श्रम तथा यातायात मन्त्री नियुक्त हुँदा बहुदलीय व्यवस्थापछिका सबैभन्दा कम उमेरका क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाए ।

874
किरण आचार्य
मंगलबार, फाल्गुन २८, २०७५

सरकारको नारा निकै गज्जबको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । तर, केन्द्रीय बहसको विषय भने समृद्धिका मुद्दाभन्दा पनि राजनीति नै रहँदै आएको देखिन्छ । नाम मात्रको प्रतिपक्ष र टालटुले प्रवृत्तिका सत्ता सञ्चालकका राजनीतिक स्वार्थमा रुमल्लिएको क्षेत्र हो— कृषि क्षेत्र । मल, बीउ, सिँचाइदेखि प्रविधिसम्ममा समस्या र उत्पादित वस्तुको बजारको ग्यारेन्टी नहुँदा सबैभन्दा पीडित यही कृषिक्षेत्रमा संलग्न ६६ प्रतिशत हाराहारीका जनसंख्या छन् । कृषिमा पनि पछिल्ला वर्षमा सबैभन्दा बढी चुनौतीको सामना गरेको क्षेत्र हो दुग्ध क्षेत्र । वार्षिक उत्पादन वृद्धिदर ४ प्रतिशत र माग ८ प्रतिशतले बढिरहेको यो क्षेत्र अर्थतन्त्रका लागि पनि उत्तिकै महत्व राख्ने क्षेत्र हो ।

1038
भुवन पौडेल
सोमवार, फाल्गुन २७, २०७५

बैंकिङ क्षेत्रमा २५ वर्ष बिताइसकेका अजयविक्रम शाह पछिल्लो समयमा लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंकिङ क्षेत्रमा लामो समय विताइसकेको भए पनि शाहले संस्थाको बागडोर सम्हालेको भने पहिलो अनुभव हो । केही महिनाअघि मात्र लक्ष्मी बैंकको नेतृत्व लिएका शाहले फिजिटाइज्डका माध्यमबाट ग्राहक सेवा गर्ने योजना रहेको बताए । शैक्षिक रूपमा गणित विषयमा स्नातकोत्तर गरेका शाहले तत्कालिन ग्रिलेज बैंकको टेलरदेखि बैंकिङ करिअर सुरु गरेका हुन् ।

722
कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५

सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि नेपालको राजनीति तरंगित भएको छ । अघिल्लो दिन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका राउतसँग भोलिपल्टै सरकारले महत्वका साथ सहमति गरेपछि सत्तारुढ दलभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रतिपक्षी दलहरूले विखण्डनको माग त्याग्नु स्वागतयोग्य भए पनि सहमतिमा प्रयोग भएका भाषालाई भने शंकाको दृष्टिकोणले हेरिरहेका छन् । देशद्रोहको आरोपमा पटक पटक गिरफ्तार हुँदै आएका राउतले आफू बुद्धको सन्तान भएको भन्दै मूलधारको राजनीतिमा आउने संकेत गरे । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

626
मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन २४, २०७५

२०७२ सालमा जारी भएको संविधानले तोकेअनुसार यतिबेला राज्यका हरेक तह र तप्कामा महिला सहभागिता बढेको छ । संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेपछि अधिकांश स्थानीय तहको उपप्रमुखमा महिला छन् । प्रमुख पद नपाए पनि उपप्रमुख पदमै रहेर महिलाले उदाहरणीय कार्य गरेका छन् । तथापि धेरैजसो स्थानीय तहमा संविधान र ऐनले तोकेबाहेकका अधिकार आफूहरूले पाउन नसकेको महिला उपप्रमुखहरूको गुनासो छ ।

692
रेशमराज रोकाया
बिहिवार, फाल्गुन २३, २०७५

कर्णाली प्रदेश सरकारले प्रदेश समुन्नतिका लागि विभिन्न कार्यक्रममार्फत हाल युवा लक्षित विभिन्न कार्यक्रम ल्याएको छ । यहाँको सीमित ज्ञान र सीपको प्रयोग गरी उच्च मूल्यका वन पैदावरको खेती, सुन्दर प्राकृतिक स्थान, चालचलनको प्रचारप्रसार गरी सबैलाई आयआर्जनको मूल थलोमा ल्याउन सकिने अवस्था छ । हाल सबै जिल्लामा सडक सञ्जाल विस्तार र स्थानीय तहमा पनि यसको विस्तार गरी समृद्धिको यात्रा तय गर्न सकिने अवस्थालाई ध्यानमा राखी प्रदेश सरकारले योजनाहरू अघि बढाएको छ । कर्णाली प्रदेशको वर्तमान अवस्था र प्रदेश सरकारको भावी रणनीतिलगायतका विषयमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढासँग कारोबारकर्मी रेशमराज रोकायाले गरेको कुराकानीको सार :

713
भीम गौतम
बुधवार, फाल्गुन २२, २०७५

काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित मादनकुँडारीमा जन्मिएका जितराम लामा अहिले गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्ष छन् । व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर उनी विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । देशभरि सञ्जाल भएको र अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षका अतिरिक्त लामा एसिएन डेभलपमेन्ट एलाइन्सको सहअध्यक्ष, एसियन एनजिओ कोलिसनको उपाध्यक्ष र राष्ट्रिय गैसस महासंघहरूको अन्तर्राष्ट्रिय महासंघ फोरस इन्टरनेसनलको परिषद् सदस्य पनि छन् । ग्रामीण समाज कल्याण संघ नेपाल (आर्सो नेपाल) का अध्यक्ष लामाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको नागरिक संस्थाहरूका तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् भने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था र अडिटर्स एसोसिएसन नेपालका सदस्य पनि उनी छन् ।

2576
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २१, २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा नेपालको पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको गत शनिबार निधन भयो । नेपालको राजनीतिलाई सुक्ष्मरूपमा नियालिरहेका उनी संविधान निर्माणका पहरेदारसँगै समृद्धि र विकासका पक्षपाती नेताका रूपमा चिनिन्थे । २०५१ सालमा तत्कालीन नेकपा एमालेको ९ महिने शासनकालमा अर्थमन्त्री बनेका उनले आफ्नो पालामा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने नारासहित विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम ल्याएर नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए । हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयदेखि निकट रहेर काम गरेका अधिकारीलाई आफ्नो पार्टीभित्र मात्र नभै र समग्र राजनीतिक वृत्तमा खरो, निडर र इमानदार नेताका रूपमा चिन्ने गरिन्छ ।

560
कारोबार संवाददाता
सोमवार, फाल्गुन २०, २०७५

कृषिक्षेत्रमा आएका नयाँ प्रविधिका साथै आफ्ना समस्या र समाधानबारे छलफल गर्न गत साताको अन्त्यमा देशभरका १ हजारभन्दा बढी किसान राजधानीमा भेला भए ।

576
कारोबार संवाददाता
आइतवार, फाल्गुन १९, २०७५

संविधान कार्यान्वयनको दिशा जति अघि बढ्दै छ, उति नै संघीयताको मर्मप्रति प्रहार भइरहेको कतिपयको विश्लेषण छ । खासगरी कानुनविद्, स्थानीय सरकारका लागि हिजोदेखि आजसम्म लड्दै आएका नेता, बुद्धिजीवी, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू संविधानको मर्मविपरीत प्रतिगमनात्मक रूपले कार्य भइरहेको बताउँछन् ।

590
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १७, २०७५

पछिल्लो ५-६ महिनायता नेपालको स्टिल बजार खस्किँदो अवस्थामा रहेको छ । जुन रूपमा सरकारले परियोजना विस्तार गर्ने अपेक्षा गरिएको थियो त्यो हुन नसक्दा स्टिललगायत निर्माणजन्य सामानको बजार विस्तार हुन सकेको छैन । त्यस्तै स्थानिय तहहरूले समेत कानुनी अस्पष्टतालगायत कारणले सोचे अनुरूप काम गर्न सकिरहेको देखिँदैन ।

1327
अनुपमा खनाल
बिहिवार, फाल्गुन १६, २०७५

१० करोड अधिकृत र ७ करोड जारी पुँजी रहेको साधना लघुवित्त संस्थाको चुक्तापुँजी ४ करोड ९० लाख रुपैयाँ छ । एनसीसी बैंक, सांग्रिला डेभलपमेन्ट बैंकसहित ६७ जना व्यक्ति संस्थापक रहेका यस संस्थाले गोरखा, धादिङ, तनहुँ लमजुङ, कास्की पर्वत बाग्लुङ, मकवानपुर, म्याग्दी र मनाङ गरी १० जिल्लामा कार्य गरिरहेको छ । गत वर्ष कात्तिकबाट सञ्चालन आएको यस संस्थाले गोरखा, धादिङ, तनहँु, कास्की, मकवानपुर, लमजुङ, पर्वत र बाग्लुङ जिल्लामा २६ वटा शाखा स्थापना गरेको छ भने हालसम्म करिब २०, हजार सदस्यलाई समूहमा आबद्ध गरी १० हजार ४ सय ३५ सदस्यबाट ७० करोड ६ लाख लगानी गरिसकेको छ । यसै सन्दर्भमा यस संस्थाका गतिविधिका बारेमा सीईआ रेशम न्यौपानेसँग गरिएको कुराकानी ः

475
सरस्वती ढकाल
बिहिवार, फाल्गुन १६, २०७५

अमेरिकी बहुराष्ट्रिय कम्पनी ओ-याकल पछिल्लो समय विश्वका अधिकांश देशमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको यस कम्पनीले सुरुवाती दिनमा डाटावेस सफ्टवेयर एन्ड टेक्नोलोजी, क्याउड इन्जिनियरीङ सिस्टम, इन्टरप्राइज सफ्टवेयर सिस्टममा काम गरी सन् २०१८ मा आफ्नै ब्रान्डबाट डाटाबेस म्यानेजमेन्ट सिस्टम ल्याएको छ ।

673