कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

संघीय सरकारले आर्थिक वर्ष ०७६-७७ का लागि वार्षिक बजेट यही जेठ १५ गते ल्याउँदैछ । आउने बजेट कस्तो हुने हो र कुन आकार रूपमा आउने हो भनी अहिले चर्चा र आकलन गर्न थालिएको छ । आउने बजेटलाई लिएर निजी क्षेत्र पनि उत्साहित देखिएको छ । देशका विभिन्न क्षेत्रमा पूर्वबजेट तथा बजेटमा आफ्ना क्षेत्रका मागलगायतका विषयमा प्रदेशस्तरीय अन्तक्र्रिया, गोष्ठीहरू पनि भए । अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिवलगायतको उपस्थितिमा भएका अन्तक्र्रियामा निजी क्षेत्रले पेस गरेका योजनाहरू बजेटमा कति पर्छन्, कुन–कुनले स्थान पाउनेछन्, माग के–के थियो, सबैको चासोको विषय छ ।

349
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

सब–नेसनल बरोइङ अहिलेको जल्दोबल्दो र साझा मुद्दा बनेको छ । नेपालमा स्थानीय तहको पुनर्संरचनापछि आधाभन्दा बढी भूभाग र जनसंख्या सहरी बनिसकेको अवस्था छ । तर, त्यहाँ सहरी पूर्वाधारको विकास भने अत्यन्त न्यून छ । पूर्वाधारबिनाका नगर र सहर बनेका छन् भने कतिपय गाउँपालिकाका बजारहरू दिनहुँ नगरोन्मुख भइरहेका छन् । यस्तो परिस्थितिमा स्थानीय तहमा पूर्वाधार विकास अहिलेको टड्कारो आवश्यकता बनेको छ ।

534
कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६

सरकारले चालू आर्थिक वर्षमा सुखी नेपाली समृद्ध नेपालको अभियान सुरु गरेसँगै आमसर्वसाधारणमात्र नभई निजी क्षेत्र पनि उत्तिकै उत्साहित थियो । दुईतिहाइ बहुमतको सरकार र त्यसमा पनि घोषणापत्रदेखि सरकारको पहिलो नीति तथा कार्यक्रम र बजेटले मुलुकको एकमात्र एजेन्डा नै आर्थिक समृद्धि बनाइएकाले निजी क्षेत्र उत्साहित हुनु स्वाभाविक पनि थियो ।

484
कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६

हिमालयन बैंकमा २२ वर्षभन्दा धेरै उच्च पदमा रहेका जिम्मेबारी पूरा गरिसकेका नवराज गिरी पछिल्लो समयमा सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सीआईबीएल क्यापिटलको नेतृत्व सम्हालेका छन् ।

606
कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६

लामो समय सरकारी सेवामा बिताएका बालानन्द पौडेल अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष छन् । २०३९ सालमा लिबर्टी स्कुल कीर्तिपुरबाट शिक्षकका रूपमा आफ्नो जागिरे जीवन सुरु गरेका पौडेलसँग २०४२ देखि २०४५ सालसम्म नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव छ । २०४५ सालमा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेर २०६९ मा सचिवबाट अवकाश पाएका उनले स्थानीय तह पुनर्संरचना आयोगको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।

455
किरण आचार्य
मंगलबार, जेठ ७, २०७६

आउँदो जेठ १५ मा आगामी आर्थिक वर्ष ०७६-७७ को वार्षिक बजेट ल्याउने तयारीमा सरकारी निकायहरू जोडतोडले लागिरहेका छन् । नीति तथा कार्यक्रममाथिको बहस, प्रि–बजेट छलफललगायतका संसद्भित्र र बाहिर पनि बजेटका अनुमान तथा सुझावहरू आइ नै रहेका छन् । यसबीच कृषिक्षेत्रमा बजेट कस्तो आउँछ वा आउनुपर्छ भन्ने चर्चा पनि चलि नै रहेको छ । कृषिप्रधान मुलुक, जनप्रतिनिधिको भोट बैंकसमेत कृषक ।

2804
कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६

सरकारले आर्थिक वर्ष ०७६-७७ को बजेट ल्याउने तयारी गर्दै गर्दा बैंकिङ क्षेत्रले पनि आफ्नो क्षेत्रका सम्बोधन हुनुपर्ने विषयहरू लिखित तथा मौखिक रूपमा बुझाएको छ । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा निक्षेप अभावको समस्या बढ्दै गयो । नयाँ निक्षेप नपाउँदा कर्जा प्रवाह गर्न समेत समस्या भोगेका बैंकहरूले ब्याजदर बढाएर निक्षेप तान्ने अभ्यास गरे, जसले गर्दा नयाँ निक्षेपभन्दा पनि एक संस्थाको निक्षेप अर्को संस्थामा ब्याजदरका कारणले मात्र स-यो । त्यसले ब्याजदरमा समेत अस्वाभाविक उतारचढाव ल्यायो ।

435
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ३० औं मजदुर दिवस मनाइयो । राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रमसमेत आयोजना गरे । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने प्रचलन छ । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरूले अधिकार प्राप्त गरेका थिए ।

413
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

तीनै तहका सरकारलाई बजेट बनाउने चटारो छ । संघीय सरकारको बजेट अधिवेशन सोमबारबाट सुरु भइसकेको छ । हरेक वर्ष चालू आर्थिक वर्षको कात्तिकबाटै संघीय सरकारले आगामी बजेटको यात्रा तय गर्छ । संघीय सरकारले दिएको बजेट सिलिङकै आधारमा प्रदेश र स्थानीय सरकारको पनि बजेट बन्छ । अझ स्थानीय सरकारले संघ र प्रदेश सरकार दुवैबाट आउने वित्तीय हस्तान्तरणको सिलिङका आधारमा बजेट बन्ने गर्छ ।

298
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

लुम्बिनी विश्व शान्तिस्थल तथा विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल हो । अर्बौं बौद्ध अनुयायीको प्रियस्थल हो लुम्बिनी । लुम्बिनीको महत्व बुझेर संयुक्त राष्ट्र संघअन्तर्गत लुम्बिनीको विकासका लागि गठित अन्तर्राष्ट्रिय समितिले जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई सन् १९७२ मा लुम्बिनीको समग्र विकास गर्ने उद्देश्यसहितको गुरुयोजना तयार गर्न जिम्मेवारी तोकेको थियो ।

304
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

सामान्य रूपमा हरेक सरकारले बजेटअघि नीति तथा कार्यक्रम गर्ने गर्छ । आगामी आर्थिक वर्षमा अवलम्बन गरिने रणनीतिक योजनाका रूपमा रहेको यो वर्षको नीति तथा कार्यक्रम शुक्रबार संसद्मा पेस भयो । यो वर्षको नीति तथा कार्यक्रम अलि तयारीका साथ आउनुपर्नेमा त्यसो हुन नसकिएको देखियो ।

280
धर्मेन्द्र कर्ण
आइतवार, जेठ ५, २०७६

राष्ट्रपतिद्वारा आव ०७६-७७ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमका बारेमा सदनभित्र, बाहिर र सामाजिक सञ्जालमा आएको चर्चा र विरोध सेलाउन नपाउँदै सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारका मन्त्रीहरूले बचाउ गरे पनि नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ को सम्बोधनको व्यापक विरोध भयो । सोही नीति तथा कार्यक्रमको आधारमा बजेट आउने भएकाले यसलाई नीति निर्माताले विशेषरूपमा लिने गर्छन् ।

298
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

सूचना प्रविधि क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल स्थापनाकालदेखि नै प्राधिकरणमा कार्यरत छन् । राष्ट्रिय कम्प्युटर केन्द्रबाट सरकारी सेवा सुरु गरेका खनालले गोरखापत्र संस्थानमा समेत प्रशासकीय जिम्मेवारी पूरा गरिसकेका छन् । गोरखापत्रमा उनको सक्रिय र परिणाममुखी भूमिकाकै कारण उनलाई तत्कालीन सञ्चार मन्त्रालयबाट दूरसञ्चार प्राधिकरण स्थापनाका लागि खटाइएको थियो । प्राधिकरणको कार्यालय स्थापनादेखि सिस्टम बसाउन सुरुदेखि नै सक्रिय रहेका खनाल अहिले नीति निर्माण र कार्यान्वयनको उपल्लो भूमिकामा छन् । काठमाडौंको गोठाटारमा जन्मेका खनालले व्यवस्थापनमा स्नातक र जनप्रशासन क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । २१ वर्षदेखि प्राधिकरणमा कार्यरत खनालले पूर्ण अधिकारसहित निमित्त अध्यक्षको जिम्मेवारी पाएका छन् । उनीसँग नेपालको समग्र दूरसञ्चार क्षेत्रको अवस्था, समकालीन समस्या तथा चुनौतीलगायतका विषयमा सरस्वती ढकालले गरेको कुराकानी ः

400
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

अर्थ मन्त्रालयले बिहीबार प्रदेश नं. २ को वीरगन्जमा आर्थिक वर्ष ०७६÷७७ को बजेटको राजस्व नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया आयोजना गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा प्रमुख अतिथि रहेको उक्त अन्तक्र्रियामा उद्योगीहरूले नेपालगन्जमा फलेको सामान वीरगन्ज ल्याउन विभिन्न झन्झटहरू बेहोर्नुपरेको गुनासो गरे ।

250
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

हामीले फेर्ने सासमा प्रदूषित हावा छ । प्रदूषित पानी पिइरहेका छौं । एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । विश्व स्वास्थ्य सगंठनले २०१६ मा वायु प्रदूषणसम्बन्धी गरेको एक अनुसन्धानले काठमाडौं उपत्यकामा ५ गुणाले वायु प्रदूषण बढेको देखाएको छ । विश्व स्वास्थ्य सगंठनको २०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ ।

657