कारोबार संवाददाता
बुधवार, कार्तिक १५, २०७४

क्यानडाले नेपाललाई गत साता १ अर्ब ५० करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराएको छ । भूकम्पपछिको दाता सम्मेलनमा क्यानडाले ५ अर्ब २० करोडबराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा बाँकी सो रकम भूकम्पपछिको पुनर्निर्माण, आर्थिक वृद्धि र स्वच्छ खानेपानी तथा सरसफाइका लागि उपलब्ध गराएको हो । भूकम्पपछिको तत्कालीन राहत र उद्धारका लागिसमेत सहयोग गरेको क्यानडा र नेपालबीच विगत पाँच दशकदेखिको सम्बन्ध छ । यति लामो समयदेखि दुवै देशबीच सम्बन्ध भए पनि नेपालमा क्यानडाको राजदूतावास छैन । काउन्सिलर कार्यालय मात्र छ । भारतमा रहेको क्यानेडियन राजदूतावासले नेपाल हेर्ने गरेको छ । हालै काठमाडौं आएका गैर आवासीय क्यानेडियन राजदूत नादिर पटेलसँग नेपाल र क्यानडाबीचको सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माणमा सहायता, क्यानडाले नेपालमा गर्न सक्ने लगानीका क्षेत्र र अवस्थालगायतबारे सम्पादक कुबेर चालिसे र सम्वाददाता भीम गौतमले गरेको कुराकानी

698
कारोबार संवाददाता
बिहिवार, कार्तिक ९, २०७४

आशिष गजुरेल सिन्धुलीको ढुंग्रेबासका ३७ वर्षीय युवा हुन्, तर उनी ट्रान्सपोर्टेसन इन्जिनियरिङ गर्ने नेपालका कम व्यक्तिमध्ये एक हुन् । जर्मनीको टेक्निकल युनिभर्सिटी युनिकबाट ट्रान्सपोर्टेसन इन्जिनियरिङमा स्नातकोत्तर गरेका गजुरेल हाल लगानी बोर्डमा यातायात क्षेत्र हेर्ने परामर्शदाताका रूपमा काम गर्छन् । काठमाडौं उपत्यकालगायत मुख्य सहरहरूमा यातायात व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ, तर सरकारसँग यसको समाधानका लागि स्पष्ट नीति तथा योजना छैन । अस्तव्यस्त बन्दै गरेको यातायात व्यवस्थापन, यसका लागि पूर्वाधार निर्माण र अहिलेको अवस्था, सडक सुरक्षा, गुणस्तरका साथै भावी कदमलगायतबारे कारोबारकर्मी भीम गौतमले गजुरेलसँग गरेको कुराकानीको सार

863
कारोबार संवाददाता
सोमवार, कार्तिक ६, २०७४

मुलुकको व्यापारघाटा बर्सेनि बढ्दै गएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा मात्र ९ खर्ब ९० अर्ब १२ करोडको आयात भयो भने निर्यात ७३ अर्ब ५ करोड मात्र भयो । कुल व्यापारघाटा मात्र गत वर्ष ९ खर्ब १७ अर्ब ६ करोड थियो । आर्थिक वर्ष ०७२/७३ भन्दा गत वर्ष १ खर्ब २७ अर्ब बढी आयात बढेको छ भने व्यापारघाटा पनि झन्डै १ खर्बले बढेको छ । यो तथ्यांकले पनि आयात बढ्दै गए पनि सोहीअनुसार निर्यात हुन नसक्दा व्यापारघाटा भयावह अवस्थामा पुगेको देखिन्छ । स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, लागत बढ्दै जानु, गुणस्तरमा कमी, निर्यातयोग्य वस्तुमा प्रोत्साहन सुविधा कम हुनु, मागअनुसार उत्पादन गर्न नसक्नुजस्ता कारणले स्वदेशी उत्पादनको निर्यात बढ्न सकेको छैन ।

823
भगवान खनाल
मंगलबार, कार्तिक ७, २०७४

वैज्ञानिक र व्यवस्थित सहरी विकास गरी मुलुकको आर्थिक विकास गर्न नगरका आवधिक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, स्थानीय आर्थिक योजनासहितका भौतिक तथा सामाजिक विकास गर्नुपर्ने अवस्था छ । साथै, तिनको तत्कालीन र दीर्घकालीन विकासमा विकास सहयोग व्यवस्थापनदेखि विविध कानुनीलगायतका कार्यविधि निर्माण तथा त्यससम्बन्धी अध्ययन–अनुसन्धानको आवश्यकता छ । नगरको विकासमा नगर विकास कोषले ऋण परिचालन गरी सहयोग गर्दै आएको छ ।

694
कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

सत्य कुरा भन्नु पर्दा भूकम्पपछि नमुना घर बनाउने मेरै प्रस्ताव हो । यसलाई हाम्रा अध्यक्षज्यू, आईसीसी र एनसीसीलगायत सम्पूर्ण गैरआवासीय नेपालीले स्वीकार गर्नुभयो । एनआरएनएको महत्वपूर्ण परियोजनामध्ये आफ्नै हेडक्वाटर पनि म कोषाध्यक्ष हुँदा मैले नै ल्याएको योजना हो ।

636
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

पछिल्लो समय जलवायु परिवर्तनका एजेन्डा विश्वव्यापी रूपमा उठेको छ । साथै, जलवायु परिवर्तनका मुद्दा उत्तिकै चासो र चिन्ताको विषय पनि बन्न पुगेका छन् । विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ । विकासले फड्को मार्दै गइरहेको छ । एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्कातिर वातावरणीय पक्ष बिग्रँदै छ । वातावरण संरक्षणको नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएको तर्फ ध्यान जान नसक्दा आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ । भोलिको भविष्य बिर्सेर हामीले आजका लागि मात्रै सोचेका छौं । यसकारण विश्वका वातावरणविद्हरू वातावरण जोगाउन लागिपरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरूले प्राथमिकता पाउँदै गइरहेको छ । तर, अन्तरनिकायबीचमा हुन नसकेको समन्वयनले वातावरण संरक्षणका कार्यक्रमहरू प्रभावकारी हुन नसकेको बताउँछिन् जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी । ३३ वर्षदेखि नेपाली राजनीतिमा संलग्न चौधरी भारतमा जन्मिएर पनि नेपालका लागि केही परिवर्तन गर्ने लक्ष्यसहित राजनीतिमा सक्रिय भइन् । वातावरणीय संरक्षणमा नयाँ किसिमको सुधार ल्याउने उद्देश्य बोकेकी मिलनसार चौधरीसँग वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण सुधारको क्षेत्रमा उनले लिएको रणनीतिका विषयमा कारोबारकर्मी प्रगति ढकालले गरेको कुराकानी :

1575