कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

राजनीतिक स्थिरतासँगै उद्योग–व्यवसायको वृद्धिले बैंक तथा वित्तीय संस्थामा ऋणको माग बढे पनि निक्षेप वृद्धि नहुँदा बैंकहरूले बजारको मागअनुसार लगानी विस्तार गर्न सकेका छैनन् । निक्षेप तथा कर्जा वृद्धिको असन्तुलनका कारण बैंकिङ क्षेत्रले तरलताको अभाव भोगिरहेको र यो समस्या अझै केही समय रहने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री बताउँछन् । देशको अर्थतन्त्र आयातमुखी हुँदा शोधनान्तर घाटा उच्च भएको र यसले बैंकिङ क्षेत्रलाई असर गरेको उनको भनाइ छ । सन् १९८६ मा तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका उनीसँग यसअघि पाँचवटा वाणिज्य बैंकमा काम गरिसकेको अनुभव छ ।

2627
कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५

सरकारले आगामी चैत १५ र १६ गते गर्ने दोस्रो लगानी सम्मेलनको तयारी सुरु गरेको छ । लगानी सम्मेलनअघि नै लगानी आकर्षण गर्न आवश्यक नीति तथा कानुन निर्माण तथा संशोधनको काम सम्पन्न गर्ने तयारी सरकारको छ । नेपालमा राजनीतिक स्थिरता कायम भएको र कानुनहरू धमाधम बन्ने प्रक्रियामा रहेको भन्दै सरकारले लगानीकर्ताहरूलाई आकर्षित गरी लगानी गर्न उत्साहित गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागेको जनाएको छ ।

1250
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

नेपाल कृषिप्रधान देश हो । यहाँका दुईतिहाइ नागरिक कृषिमा निर्भर छन्, दुईतिहाइ अर्थतन्त्र कृषिकै भरमा छ । प्रदेश नं. २ कृषिमा सबैभन्दा बढी सम्भावना भएको प्रदेश हो । यो प्रदेशले खाद्यान्न आपूर्तिमा सबैभन्दा बढी योगदान दिने गरेको छ । तर पनि कृषकहरूले समयमा सिँचाइ, उन्नत जातको बीउ र मल पाउन सकेका छैनन् । यसले गर्दा प्रदेश २ बाट जति खाद्यान्न उत्पादन हुनुपर्ने हो सो अनुसार हुन सकेको छैन ।

2374
सरस्वती ढकाल
बिहिवार, माघ ३, २०७५

नेपाल हस्तकला महासंघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रभाइ शाक्य यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए । नेपाली हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन तथा स्वदेशमै पनि गुणस्तरीय हस्तकला उत्पादनका लागि अहोरात्र खटिइरहने शाक्य निर्वाचनबाट नेतृत्वमा आए पनि सबैलाई समेटेर अघि बढ्ने बताउँछन् ।

1189
भीम गौतम
बुधवार, माघ २, २०७५

अघिल्लो लगानी सम्मेलनमा सवा १४ खर्ब रुपैयाँको आशय प्राप्त भएको उत्साह र सो अनुसार लगानी भित्रिन नसकेको भन्दै गम्भीर समीक्षा भइरहेका बेला मुलुकमा फेरि अर्को लगानी सम्मेलन हुँदैछ । दुईतिहाई बहुमतसहितको सरकार गठन भएको र राजनीतिक स्थायित्वसँगै मुलुक विकास निर्माणको चरणमा प्रवेश गरेको सन्देश दिन लगानी सम्मेलन आयोजना गर्न लागिएको बताइए पनि यसलाई हतारमा गर्न लागिएको भन्दै आलोचना गर्नेहरूको पनि कमी छैन तर लगानी बोर्डले भने सम्मेलनको लागी अत्यन्त गम्भिरताका साथ तयारी गरिरहेको जनाएको छ ।

1428
निरु अर्याल
मंगलबार, माघ १, २०७५

१५ महिनाअघि अर्थसचिवबाट अवकाश पाएका डा. शान्तराज सुवेदी यतिबेला निजी जीवनमा व्यस्त छन् । २०४९ सालमा हुलाक सेवाबाट निजामती सेवामा प्रवेश गरेका डा. सुवेदीले सरकारी सेवाको २५ वर्षको अवधिमा करिब १५ वर्ष अर्थमन्त्रालयमै बिताए ।

1446
भुवन पौडेल
सोमवार, पुष ३०, २०७५

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिमा एक दशकभन्दा धेरै समय बिताएका राजकुमार अर्यालले पछिल्लो समयमा निजी क्षेत्रको जीवन बिमा कम्पनीको नेतृत्व सम्हालेका छन् । बिमा समितिमा रहँदा आधा दशकभन्दा धेरै विभागीय प्रमुख भएर काम गरेका अर्यालले यो क्षेत्रमा करिब १४ वर्षको अनुभव हासिल गरेका छन् । शैक्षिक रूपमा कमर्सियल ‘ल’ मा भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अर्याल कानुन व्यवसायी अर्थात् अधिवक्ता पनि हुन् । अध्यापनमा समेत संलग्न भएका अर्याल जीवन बिमा कम्पनीको मेरुदण्डका रूपमा रहेको परम्परागत (आजीवन जीवन बिमा, सावधिक जीवन बिमालगायतका बिमा योजना) जीवन बिमा योजनामा सन नेपाल लाइफ सबैभन्दा अघि रहेको दाबी गर्छन् ।

1428
कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमाथिको प्रतिवेदन बहुमतबाट पारित गरेपछि डा. गोविन्द केसी पुनः अनशनमा बसेका छन् । गत बुधबार संसद्को शिक्षा समितिले सोमबार उपसमितिबाट पारित प्रतिवेदनलाई हुबहु पारित गरेको हो । सोही प्रतिवेदन अब समितिले संघीय संसद्मा पेस गरे पनि कार्यसूचीमा जाने र प्रक्रिया पूरा गरी पारित हुनेछ ।

1556
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन र लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट (पर्यटन बजार मेला) शुक्रबार सुरु हुँदै छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस नाट्टा नेपालले आयोजना गरेको यो मार्ट आइतबारसम्म चल्नेछ ।

1584
भीम गौतम
बिहिवार, पुष २६, २०७५

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपाल र एक्स्पो एन्ड इभेन्टको मूल आयोजनामा आगामी माघ ४ देखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना हुँदै छ । गत वर्षसमेत एक्स्पोको आयोजना गरिएको थियो । यस वर्ष आयोजना गर्न लागिएको एक्स्पोमा १२० स्टल रहने र जलविद्युत् क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई बोलाएर सेमिनारसमेत गरिँदै छ ।

2127
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

न यूरोपमा बस्ने एकजना दाजुले खाडीमा बस्ने अर्को भाइलाई यस्तो रुपमा प्रयोग गरेको छ, न त्यसबापत उसलाई केही फाइदा नै छ । यो केवल अभियान हो । सामाजिक सेवामा लागेर बचतको समय र केही आर्थिक भागलाई समाजको सेवामा आफ्नो खल्ती आफैंले रित्तो गर्दै विदेशमा बस्ने नेपालीहरुलाई सहयोग गर्ने अभियानमात्रै हो ।

1542
भीम गौतम
बुधवार, पुष २५, २०७५

भारतको रुड्गी विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा बीई र नर्वेबाट हाइड्रोपावर प्लानिङ एन्ड म्यानेजमेन्टमा पोस्ट ग्राजुएट गरेका किरण मल्ल ३० वर्षदेखि जलविद्युत् क्षेत्रमा सक्रिय छन् । हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा इन्जिनियरदेखि उपकार्यकारी निर्देशकसम्म भएका मल्ल तीन वर्ष बुटवल पावर कम्पनीका महाप्रबन्धक पनि भए ।

2520
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

नारायणी नदी किनार सजिएको छ । चितवन महोत्सवको १२ औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । माघ ४ गतेसम्म महोत्सव चल्नेछ । कारोबार दैनिकका विप्लव काफ्लेले महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानसँग गरेको कुराकानी ः

1384
किरण आचार्य
मंगलबार, पुष २४, २०७५

जब जब मंसिर लाग्न थाल्छ, नेपालका उखु किसानको तनाव पनि सँगसँगै आइलाग्छ । कामको चटारो वा काम गर्न गाह्रो भएर किसानले तनाम मानेका भने होइनन् । किसानलाई तनावको विषय भनेको उखु समयमा काट्न पाइन्छ की पाइँदैन, उद्योगले उखु समयमै किनिदिन्छन् की किनिदिँदैनन्, सरकारले कहिले मूल्य तोक्ला र तोकेको मूल्यले उत्पादन लागत उठ्ला की नउठ्लालगायतका विषय उखु किसानका तनावका विषय हुन् ।

1196
यादव हुमागाई
सोमवार, पुष २३, २०७५

नेपालमा बिमा व्यवसाय सुरु भएको लामो समय भए पनि यसको पहुँच १४ प्रतिशत हाराहारीमा मात्र पुगेको बिमा समितिको तथ्यांक छ । पर्याप्त जनचेतनाको अभाव र बिमामा आकर्षित गर्ने सरकारी नीति नहुँदा बिमाबारे आमसर्वसाधारणमा कम चासो भएको बताउँछन् रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली । आम सर्वसाधारणमा बिमाबारे जानकारी नहुँदा अहिलेसम्म बजारमा एजेन्सी-अभिकर्ताहरूले सम्बन्धका आधारमा मात्र बिमा पोलिसी बिक्री गरिरहेको र यसलाई सच्याउनुपर्ने उनको भनाइ छ ।

1863