कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

‘यो रेडियो नेपाल हो, अर्जुनबहादुर थापाबाट समाचार सुन्नुहोस् ।’ विद्यार्थी जीवनमा एक वर्षसम्म यो वाक्य भट्याएका थापा कहिल्यै समाचारवाचक बनेनन् । बरु यसले उनलाई राजनीतिमा होमिन नेतृत्वशैली विकास गर्ने भोक, चाहना र आदत बसायो । शिक्षकबाट राजनीतिमा होमिएका थापा अहिले सुदूरपश्चिम प्रदेशका सभामुख छन् । थापा भन्छन्, “केटाकेटी छँदा नेपाली रुपैयाँ नचिन्ने अवस्थाको थिएँ, अहिले प्रदेश सभामुख छु ।

560
सरस्वती ढकाल
बिहिवार, चैत्र २८, २०७५

उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोर यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । १५ वर्षदेखि परिसंघमा आबद्ध रहेका मोर पूर्वाधारजन्य उद्योगमा लगानी गर्ने अग्रणी उद्योगपतिका रूपमा चिनिन्छन् । क्लिंकर तथा सिमेन्ट उद्योग, खानी तथा खनिजजन्य पदार्थको अन्वेषण र उत्खननसँग सम्बन्धित उद्योग, खाद्य तथा वनस्पति घिउ–तेल उद्योग, विद्युतीय तार तथा सोसँग सम्बन्धित मटिरियल्स र पीभीसी पाइपलगायतका उत्पादनमूलक उद्योगसँग उनी सम्बद्ध छन् ।

566
विजय देवकोटा
बुधवार, चैत्र २७, २०७५

राष्ट्रिय विकास परिषद्ले हालै दोहोरो अंकको आर्थिक वृद्धिदर लक्ष्यसहित पन्ध्रौं योजनाको आधारपत्र स्वीकृत गरेको छ । काठमाडौंको पाँचतारे होटलमा भव्य बैठक डाकेर अन्तिम रूप दिइएको महŒवाकांक्षी नयाँ योजनाको पृष्ठभूमिमा लक्ष्यप्राप्तिमा विफलप्रायः देखिएका १४ वटा योजनाका अधुरा लक्ष्यहरू छन् । तर, योजना तर्जुमामा खासै अनुभव नभएका र अधिक समय शिक्षण तथा राजनीतिमा सक्रिय रहेका, हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले अन्तरिम योजना कार्यान्वयनमा सकस भोगिरहेको मुलुकका लागि २५ वर्षे सोचसहितको महŒवाकांक्षी योजना तर्जुमा गरिदिएका छन् । देशमा कोही विदेशमा रहने स्थिति बन्यो ।

635
लक्ष्मी सापकोटा
मंगलबार, चैत्र २६, २०७५

सुन मानिसलाई शुभकार्यदेखि मर्ने बेलासम्म आवश्यक पर्छ । सुनको ऐतिहासिकसँगै धार्मिक महŒव छ । पछिल्लो समय आममानिसमा विलासिताको वस्तुका रूपमा सुनलाई प्रयोग गरिन्छ । देखासिकी गर्ने प्रचलन बढ्दै गएकाले सुन हुने वर्गसँगै नहुने वर्गका लागि पनि अति आवश्यक बन्दै गएको छ । बिवाहको सिजनमा अन्य समयको तुलनामा सुनको कारोबार धेरै हुने गर्छ । मुलुकमा वार्षिक रूपमा ६० देखि ७० अर्ब रुपैयाँबराबरको सुनको कारोबार हुने गर्छ, जसमा यस व्यवसायबाट वार्षिक १० अर्ब रुपैयाँबराबरको राजस्व संकलन हुने गर्छ । बजारमा सुनको माग दिनप्रतिदिन बढ्दै गए पनि सोही अनुपातमा आपूर्ति बढ्न नसकेको व्यवसायीको गुनासो छ । राष्ट्र बैंकले दैनिक उपलब्ध गराउने २० किलो सुनले बजारलाई अपुग हुने गरेको व्यवसायीको भनाइ छ । मुलुकभर २२ हजारभन्दा बढी सुनचाँदी व्यवसाय सञ्चालनमा रहेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष रहेका तेजरत्न शाक्य एउटा सफल सुन व्यवसायी हुन् । उनले लामो समयदेखि सुन व्यवसाय सञ्चालन गर्दै आएका छन् । बजारमा सुनको आपूर्तिको अवस्था के छ तथा सुनचाँदी व्यवसायको अवस्था र यस व्यवसायमा देखिएका समस्यालगायतका सुनचाँदी व्यवसायसँग सम्बन्धित अन्य विषयमा केन्द्रित रहेर कारोबारका लागि लक्ष्मी सापकोटाले सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यसँग गरेको कुराकानीको सार :

577
भुवन पौडेल
सोमवार, चैत्र २५, २०७५

पछिल्लो १८ महिनादेखि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका चन्द्रसिंह साउद यसअघि नेपाल इन्स्योरेन्सको पनि प्रमुख कार्यकारी भइसकेका छन् । बिमा क्षेत्रमा करिब दुई दशकभन्दा धेरै समय बिताएका साउद अहिले सेयर बजारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनमा व्यस्त छन् । अध्यापन पेसामा समेत उत्तिकै अब्बल साउदले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पछिल्लो समयमा नेप्सेले लगानीकर्ताको सहजताका लागि सेयर बजारमा प्रविधि मैत्री सुविधा भिœयाएको हुनाले त्यसको उपभोग गर्न उनले लगानीकर्तालाई आग्रहसमेत गरे ।

564
धर्मेन्द्र कर्ण
आइतवार, चैत्र २४, २०७५

स्थानीय तहको सरकार गठनको एक वर्ष पूरा भएलगतै चैत १७ गतेको हावाहुरीले बारा र पर्सामा २८ जनाको ज्यान जाने गरी प्राकृतिक विपत्ति निम्तियो । अर्बौं रूपैयाँ बराबरको क्षति भएको छ । विनाशकारी आँधीहुरीबाट प्रभावितलाई अझै राहत वितरण हुन नसकेको र तीनै तहका सरकारबीच समन्वय नभएको गुनासो आउन थालेको छ । सिंहदरबारको अधिकार गाउँगाउँ पु-याएको दाबी गर्नेहरूकै संघीय सरकार छ । तर कतिपयले स्थानीय तह र स्थानीय प्रशासनको समन्वयको अभावले हावाहुरीबाट सिर्जित समस्याको व्यवस्थापन चुनौतीपूर्ण बनेको पनि बताइरहेका छन् । नेपालमा हरेक वर्ष विपद्को पूर्वतयारी निम्छरो तालले गरेको पाइन्छ ।

432
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

चैत १७ गतेको हावाहुरीले बारा–पर्साका २८ जनाको ज्यान गयो भने अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । विनाशकारी हुरीबतासबाट प्रभावितहरूलाई अझै राहत वितरण हुन नसकेको गुनासो छ । कतिपयले स्थानीय तह र स्थानीय प्रशासनको समन्वयको अभावले हावाहुरीबाट सिर्जित समस्याको व्यवस्थापन चुनौतीपूर्ण बनेको पनि बताइरहेका छन् । नेपालमा हरेक वर्ष विपद्को पूर्वतयारी निम्छरो पाइन्छ । यस वर्ष पनि त्यो दोहोरियो । विपद्पछि के गर्ने भन्नेमा तीनै तहका सरकारले अपेक्षाकृत कार्य गर्न सकेनन् जसको प्रत्यक्ष प्रभाव हुरी पीडितमा परिरहेको छ । स्थानीय तहहरूले विपद् व्यवस्थापनमा तदरुकता गर्नुपर्ने देखिएको छ ।

672
सरस्वती ढकाल
बिहिवार, चैत्र २१, २०७५

नेपालमा रेमिट्यान्स भित्र्याउन पायोनियर कम्पनी मानिने इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई नेपाल व्यवस्थापन संघले गत महिना बेस्ट म्यानेजर अफ द इयरको उपाधिबाट सम्मानित ग-यो । नेपालका हरेकजसो निजी लगानीका कम्पनी प्रवद्र्धककै प्रत्यक्ष नियन्त्रण र निगरानीमा हुने भएकाले उच्च तहको व्यवस्थापनले स्वतन्त्र ढंगले काम गर्न नपाउने गरेको बताइन्छ । जसले निजी कम्पनीका व्यवस्थापकले आफ्नो क्षमता देखाउन नपाउने गरेको चर्चा चलिरहेको हुन्छ ।

945
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

आज ६२ औं सहकारी दिवस । २०१३ साल चैत २० गते चितवनमा बखान सहकारी संस्था स्थापना भएको दिनलाई सम्झेर देशभर विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदैछ । कृषकलाई सहज रूपमा मल, बीउ र पुँजी पु-याउने उद्देश्यसहित सुरु गरिएको सहकारी अभियानले बिस्तार अर्थतन्त्रका हरेक क्षेत्रमा उपस्थिति जनाएको छ । तर, सहकारीको संख्यात्मक विकाससँगै यसको नियमनको पाटो भने बलियो नहुँदा विकृति पनि छन् । संविधानमा अर्थतन्त्रको आधारका रूपमा स्वीकार गरिएको सहकारी अभियानको हालसम्म प्राप्त उपलब्धि र यसलाई थप व्यवस्थित गर्नका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग कारोबारले गरेको कुराकानीको सार :

704
यादव हुमागाई
सोमवार, चैत्र १८, २०७५

नयाँ कम्पनीहरूको प्रवेशसँगै बिमा बजार गर्माएको छ । नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धी र विस्तारसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको तथ्यांक पनि सार्वजनिक भएको छ । बिमा कम्पनीहरूको संख्या वृद्धि भएसँगै नियामक निकाय बिमा समितिले नियमनलाई समेत वृद्धि गर्दै लगेको छ । यसका लागि समितिको क्षमता विस्तारका साथै विभिन्न नीति–निर्देशन जारी गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् । समितिले हालै लगानी निर्देशिका संशोधन गरी लगानीको दायरा वृद्धि गरेको छ, जसका कारण अब बिमा कम्पनीहरूले घरजग्गाका साथै कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा पनि लगानी गर्ने बाटो पनि खुला गरेको छ । नयाँ कम्पनीहरूलाई लाइसेन्स दिनका लागि मन्त्रीको ‘एस म्यान’ का रूपमा चापागाईंलाई नियुक्ति गरिएको आरोप लाग्दै आएको छ । बिमा पहुँच विस्तारको सकारात्मक तथ्यांक आइरहेका बेला बिमा कम्पनीहरूबीचको प्रतिस्पर्धा, समितिले जारी गरेका विभिन्न नीति निर्देशिका साथै समग्र बिमा व्यवसायबारे कारोबारकर्मी यादव हुमागाईंले चापागाईंसँग गरेको कुराकानीको सार :

679
कारोबार संवाददाता
आइतवार, चैत्र १७, २०७५

सरकारले आयोजना गरेको दुईदिने लगानी सम्मेलन शनिबार सकिएको छ । सम्मेलनमा साढे ३२ खर्बका ७७ परियोजना शोकेस गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न लगानीकर्ताले विभिन्न आयोजनामा लगानी गर्ने घोषणा पनि गरेका छन् । ३९ देशका ७ सयभन्दा बढी विदेशी लगानीकर्तासहितको सम्मेलनमा विभिन्न ६५ प्यानलिस्टका रूपमा सहभागी थिए । लगानी सम्मेलनको शुभारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले नेपालमा राजनीतिक स्थिरता रहेको, नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै लगानीकर्तालाई आह्वान गरेका थिए । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्रीलगायतका विशिष्ठ व्यक्तिहरूले गरेको सम्बोधनका मुख्य अंशहरू :

703
गजेन्द्र बुढाथोकी
शुक्रवार, चैत्र १५, २०७५

विश्वभरि नै नवसिर्जना (इनोभेसन) प्रवद्र्धनका लागि स्वीजरल्यान्डमा स्थापना भएको वल्र्ड इनोभेसन फोरमका संस्थापक एवम् अध्यक्ष एक्सेल सुल्ज यतिखेर नेपाल भ्रमणमा छन् । फोरमको संयोजनमा नेपालमा उद्यमशीलता एकेडेमी (इन्टरप्रेनरसिप एकेडेमी) स्थापनाको पहल गरिने सुल्ज बताउँछन्, जसले युवाहरूलाई नवर्सिजनामा आधारित उद्यमशीलता (स्टार्टअप) हरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।

646
नीरज पिठाकोटे
शुक्रवार, चैत्र १५, २०७५

आजबाट लगानी सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधि–मण्डललगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने जनाइएको छ । यस्तै सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्तालगायतको सहभागिता रहने सरकारले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

534
कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५

नेपालमा तेस्रो पटक हुन लागेको लगानी सम्मेलनप्रति सिंगो मुलुकको चासो छ । अढाई दशकअघि भएको पहिलो सम्मेलन धेरैले बिर्सिसके पनि दुई वर्षअघि भएको दोस्रो सम्मेलनले नेपालमा वैदेशिक लगानीसम्बन्धी चर्चा जनस्तरसम्म विस्तार भएको थियो । वैदेशिक लगानीप्रति मुलुकका नीतिनिर्माता, अर्थशास्त्री, योजनाविद्, उद्यमी व्यवसायी मात्र नभई सर्वसाधारण जनतालाई प्रतिनिधित्व गर्ने सबैजसो राजनीतिक दल सकारात्मक छन् । वामपन्थी दलहरूको दुईतिहाइ बहुमतको सरकार भए पनि खुला हृदयले वैदेशिक लगानी आमन्त्रण गर्ने प्रयास आफैंमा सकारात्मक भए पनि नेपालका केही मौलिक संरचनागत समस्याको भने समाधान निकै चुनौतीपूर्ण छ ।

717
भीम गौतम
बुधवार, चैत्र १३, २०७५

सरकारले यही चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा साढे ३१ खर्बका ७७ परियोजना शोकेसका रूपमा प्रस्तुत गर्न लागिएको छ । यसमा सरकारी क्षेत्रका ५० आयोजना छन् भने निजी क्षेत्रका २७ परियोजना छन् । सम्मेलनमा ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी हुँदैछन् । सम्मेलनको तयारी पूरा भइसकेको लगानी बोर्डले जनाएको छ । अहिले लगानी सम्मेलनलाई लिएर विभिन्न क्षेत्रबाट आ–आफ्ना विश्लेषण भइरहेको छ ।

624