कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भरतमोहन अधिकारी पूर्वउपप्रधानमन्त्रीसमेत हुन् । नेपालको राजनीतिलाई सुक्ष्मरूपमा नियालिरहेका उनी संविधान निर्माणका पहरेदारसँगै समृद्धि र विकासका पक्षपाती नेताका रूपमा चिनिन्छन् । २०५१ सालमा तत्कालिन नेकपा एमालेको ९ महिने शासनकालमा अर्थमन्त्री बनेका उनले आफ्नो पालामा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने नारासहित विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम ल्याएर नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए ।

2660
यादव हुमागाई
सोमवार, असार २५, २०७५

बजेटले आंकलन गरेको आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने गरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंक जुटिरहेको छ । यसका लागि लगानी बढाउनुपर्ने बैंक भने लामो समयदेखि लगानीयोग्य रकमको अभाव खेपिरहेको छ ।

5245
गोपाल संग्रौला
आइतवार, असार २४, २०७५

नेपालको मेडिकल शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसी १४ औं अनशनमा छन् । सरकारले भने यससम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न संसद्मा पेस गरेको विधेयक सर्वत्र आलोचनापछि फिर्ता लिएको छ । यस क्षेत्रसँग सम्बन्धित डा. केसीलगायतका चिकित्सक तथा अन्य सरोकारवालाहरू भने माथेमा आयोगको प्रतिवेदनको भावनाअनुसार नै ऐन नआए यो समस्या बल्झिरहने बताउँछन् ।

2109
मीनकुमार नवोदित
शुक्रवार, असार २२, २०७५

२०२४ साल माघ २५ गते स्थापना भएको उद्योग संगठन मोरङको अध्यक्षमा उद्योगी भीम घिमिरे सर्वसम्मतबाट निर्वाचित भएका छन् । मजदुरबाट उद्योगी हुँदै उद्योगी–व्यवसायीको संस्था उद्योग संगठनको नेतृत्वमा पुग्नु जो–कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । घिमिरे सामाजिक क्षेत्रमा समर्पित लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालको गभर्नरसमेत भइसकेका छन् ।

1386
सरस्वती ढकाल
बिहिवार, असार २१, २०७५

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता प्रदीप ज्ञवाली सरकारको परराष्ट्रमन्त्री हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयदेखि निकट रहेका ज्ञवालीले पार्टीपंक्तिमा मात्र नभई समग्र राजनीतिक वृत्तमै तार्किक, अध्ययनशील र विनम्र व्यक्तित्वको छवि बनाएका छन् । भारत र चीनसँग सन्तुलित कूटनीति कायम राख्नुपर्ने मान्यता राख्ने मन्त्री ज्ञवाली परराष्ट्रमन्त्री बन्नुपूर्व पनि तत्कालीन नेकपा एमालेको प्रतिनिधित्व गरेर भारतीय पक्षसँग वार्तामा सहभागी भएका थिए ।

1224
प्रगति ढकाल
बुधवार, असार २०, २०७५

मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्राकृतिक स्रोतसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषय बहसमा आएको छ । समयमै यसमा उचित कानुनी र व्यवस्थापन गर्न नसके वनजंगललगायत प्राकृतिक स्रोतको उपयोगमा स्थानीय, प्रदेश र केन्द्र सरकारबीच विवाद आउने निश्चितप्रायः छ ।

3590
कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

सबै स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको वर्ष दिन बितिसके पनि वर्षभर काम नगरी बस्ने र आर्थिक वर्ष सकिन लागेपछि हतारमा काम थाल्ने प्रवृत्ति हटेको छैन । करिब डेढ दशकदेखि असारे विकासको रोगले बजेटको ठूलो हिस्सा दुरुपयोग हुने क्रम जारी छ ।

1769
यादव हुमागाई
सोमवार, असार १८, २०७५

आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धि र मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा कायम राख्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंक मौद्रिक नीति जारी गर्ने अन्तिम तयारीमा छ । आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि लगानी बढाउनुपर्ने दबाबमा रहेको बैंकिङ क्षेत्र केही समयदेखि लगानीयोग्य रकमको अभाव खेपिरहेको छ ।

7949
कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

गत जेठ १५ देखि असार १० गतेसम्मको करिब एक महिनाको अवधिमा मुलुकका तीन भिन्न सरकारले बजेट ल्याए । जेठ १५ मा केन्द्र सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते भित्रै अधिकांश स्थानीय सरकारले पनि बजेट ल्याए । करिब २५ दिनको अवधिमा नागरिकले तीन वटै सरकारका नीति तथा कार्यक्रम, बजेट र योजना सुने, हेरे । वास्तवमा यो पनि संघीय शासन व्यवस्थाले ल्याएको फरक विशेषता हो । उता स्थानीय सरकारमा महिलाले पहिलोपटक बजेट पनि पनि ल्याए गरे ।

954
सरस्वती ढकाल
बिहिवार, असार १४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा आफ्नो सूचना प्रविधि विज्ञका रूपमा नियुक्त गरेका अस्गर अली नेपालको लोकप्रिय पेमेन्ट गेटवेमा इसेवाका अध्यक्ष हुन् । सूचना प्रविधि क्षेत्रमा १४ वर्षको अनुभव रहेका अलीले कलेज पढ्दादेखि नै यस क्षेत्रमा हात हालेका हुन् ।

6131
कारोबार संवाददाता
बुधवार, असार १३, २०७५

नेपाल तथा भारतका लागि गणतन्त्र काजकिस्तानका राजदूत बुलट सार्सनबयेभ गत साता नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा, काठमाडौं तथा ललितपुर महानगरका मेयर विद्यासुन्दर शाक्य तथा चिरिबाबु महर्जनलाई राजधानी आस्तानाको २० औं वार्षिकोत्सव तथा आस्तानास्थित फाइनान्सियल टावरको उद्घाटन समारोहमा निमन्त्रणा दिन काठमाडौं आएका थिए ।

1509
किरण आचार्य
मंगलबार, असार १२, २०७५

कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्र यतिबेला विवादमा तानिएको छ । दूधमा कोलिफर्म, सोडा, युरियाजस्ता पदार्थ पाइएको भन्ने समाचारले एकातिर उपभोक्ता त्रसित बनेका छन् भने अर्कातिर दूध बिक्री घटेको भन्दै उद्योगले दूध लिन कम गरेपछि किसानले सडकमा दूध पोख्नेसम्मको अवस्था आएको छ ।

2771
भुवन पौडेल
सोमवार, असार ११, २०७५

तत्कालीन नेपाल अरब बैंकबाट ३४ वर्षअघि बैंकिङ करिअर सुरु गरेका अशोकशमशेर राणा पछिल्लो समयमा सुरक्षित प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने योजनामा छन् । विगतमा बैंकिङ क्षेत्रको प्रविधिमा देखिएको सुरक्षाको समस्या न्यूनीकरण गर्नुपर्ने बताउने राणा विगत ११ वर्षदेखि प्रमुख कार्यकारीका रूपमा हिमालयन बैंकमा काम गर्दै आएका छन् ।

1314
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५

पेशाले लेखापरीक्षक गणेश रेग्मीले पछिल्लो समयमा संस्थागत रुपमा सेयर बजारमा लगानी सुरु गरेका छन् । हाल लुम्बिनी विकास बैंकको सञ्चालकसमेत रहेका रेग्मी पछिल्लो समयमा लगानीकर्ताको आत्मबल सरकारका कारण कजोर भएको बताउँछन् ।

1081
जगन्नाथ दुलाल
आइतवार, असार १०, २०७५

विधानअनुसार पार्टी चल्नुपर्छ भनेर भनिरहनु लाजमर्दो कुरा हो प्रदीप पौडेल केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाली कांग्रेसभित्र सम्भावना बोकेका शालिन नेताका रूपमा हेरिन्छन्, प्रदीप पौडेल । नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका उनी प्रमुख प्रतिपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य छन् ।

3327