मीनकुमार नवोदित
शुक्रवार, कार्तिक १५, २०७६

नेपाल उद्योग वाणिज्य महासंघको यही कात्तिक २९ गते विशेष साधारणसभामा विधान संशोधनको प्रस्ताव पेस हुँदैछ । पूर्वअध्यक्ष चण्डीराज ढकाल संयोजकत्वको विधान संशोधन सिफारिस समितिले ३५ वटा बुँदा संशोधन गर्न सिफारिस गरेको छ । तर, मुख्य रूपमा यतिबेला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बुँदा र कार्यसमितिको कार्यकाल दुई वर्ष बनाउने बुँदा बढी चर्चामा छ ।

841
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

यसै सातादेखि निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले सातामा तीन पटक काठमाडौंबाट बेइजिङ उडान भर्न तालिका सार्वजनिक गरिसकेको छ । ३१ विदेशी एयरलाइन्स कम्पनीले नेपालमा दैनिक सयभन्दा धेरै उडान गर्दै आएका छन् भने चीनबाट मात्रै ६ वटा एयरलाइन्स कम्पनीले सातामा ६० उडान गरिरहेका छन् । चीन नेपाल भित्रिने पर्यटकहरूको दोस्रो ठूलो बजार हो भने नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार पनि हो । हालैका वर्षहरूमा चीनबाट व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ ।

843
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६

ठूलो घरानामा जन्मेर चार पटक मन्त्री बन्न सफल तथा स्याङ्जाबाट राष्ट्रिय राजनीतिमा अहम् भूमिका निर्वाह गर्दै आएका गोपालमान श्रेष्ठ २०७४ को संघीय संसद्को प्रतिनिधिसभा निर्वाचनमा पराजित हुन पुगे । निर्वाचनमा विजयी हुन वा पराजय, देश विकासका लागि सधैं सिर्जनशील र चिन्तनशील हुने श्रेष्ठ पछिल्लो समय नेपाली कांग्रेसमा देखिएको कमजोर अवस्थालाई मूल्यांकन गर्दै पार्टीलाई बलियो बनाएर आमसर्वसाधारणको पार्टी बनाउने अभियान सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छन् ।

694
सरस्वती ढकाल
बिहिवार, कार्तिक ७, २०७६

मुलुकको वैदेशिक व्यापार यतिबेला कठिन अवस्थामा छ । बर्सेनि बढिरहेको व्यापारघाटाले अर्थतन्त्रका आधारभूत संरचना नै अस्थिर बनिरहेका छन् भने अर्कातर्फ पछिल्लो समयको मन्दीले व्यापारघाटा वृद्धिको गति केही सुस्त देखिए पनि सन्तोष मान्न सकिने अवस्था छैन । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७५-७६ मा कुल वस्तु व्यापारघाटा १३.५ प्रतिशतले विस्तार भई १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ भने व्यापारघाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत छ ।

594
प्रगति ढकाल
बुधवार, कार्तिक ६, २०७६

खानेपानी मानव जीवनका लागि नभइनहुने कुरा हो । जीवन जिउनका लागि पनि पानी अपरिहार्य हो । खानेपानी सहज रूपमा उपलब्ध हुन सकेन भने जीवनशैली नै कठिन हुन्छ । तर, कैयौं ठाउँमा खानेपानी समस्या निकै जटिल छ । एक गाग्री पानी लिन घण्टौं हिँड्नुपर्ने, पानीका लागि राति सुत्न पनि नपाउने जस्ता थुप्रै उदाहरण छन् । काठमाडौं उपत्यकामा नै विकराल समस्या छ । स्वच्छ पानी पिउन पाउने मानिसको मौलिक हक भनेर संविधानमा उल्लेख गरिएको छ ।

430
भुवन पौडेल
सोमवार, कार्तिक ४, २०७६

पन्जाब नेसनल बैंकमा २५ वर्ष बिताइसकेका गजेन्दर कुमार नेगी बिहीबारदेखि औपचारिक रूपमा एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । भारतीय बैंक पन्जाब नेसनलको लगानी रहेको एभरेस्ट बैंकमा उच्च व्यवस्थापन पनि सोही बैंकबाट आउँछ । सोही समझदारीअनुसार एभरेस्ट बैैंकको प्रमुख कार्यकारीको जिम्मेवारीमा पन्जाब नेसनल बैंकका डेपुटी जनरल म्यानेजर नेगी आएका हुन् । पन्जाब नेसनलमा रहँदा उनले बैंकका हरेक तहका शाखामा काम गरेको अनुभव भएका नेगी इन्डियन इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्सबाट सर्टिफाइड (सर्टिफाइड एसोसिएट अफ इन्डियन इन्स्टिच्युट अफ बैंकर (सीएआईआईबी) हुन् ।

1717
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

सर्वोच्च अदालतको पूर्ण इजलासले शुक्रबार प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय जनप्रतिनिधिले लिएको मासिक सुविधा खारेज गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिकलाई असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएपछि यसले तरंग ल्याएको छ ।

420
दीपेन्द्र थापा
शुक्रवार, कार्तिक १, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा साधारणसभा एक दिन लम्बिएर (आज) शुक्रबारमात्र समापन हुने भएको छ । मंगलबारबाट काठमाडौंको ह्यात होटलमा जारी एनआरएनएको नवौं विश्व सम्मेलन तथा साधारणसभाको निर्वाचन प्रक्रियामा समस्या आउँदा थप एक दिन लम्बिएको हो । निर्वाचन समितिले बुधबार अपरान्ह ३ बजेदेखि मतदान गर्ने तालिका सार्वजनिक गरेकोमा प्राविधिक समस्याका कारण मतदान तालिका हेरफेर भएपछि पुनः बिहीबार बिहानदेखि भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान प्रक्रिया सुरु गरिएको थियो ।

1320
कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट काठमाडौंंमा सुरु भएर आज (बिहीबार) समापन हँुदैछ । विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन् भने बिहीबार समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तालिका छ । सम्मेलनमा भाग लिन ८१ राष्ट्रबाट करिब २ हजार ५ सय गैरआवासीय नेपाली काठमाडौंमा भेला भएका छन् ।

633
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

२० वर्षअघि गोरखाबाट अध्ययनका लागि जापान गएका भवन भट्ट गैरआवासीय नेपाली संघका पाँचौ अध्यक्ष हुन् । जापानमा मात्र होइन नेपालमा पनि एक सफल युवा व्यवसायीका रूपमा स्थापित भट्ट सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाई विश्वविद्यालयमा अध्ययनका लागि जापान गएका थिए । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने उनी हाल नेपालमा पनि टीबीआई समूहको अध्यक्ष हुन् ।

1719
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

विजयलाल श्रेष्ठ विगत १५ वर्षदेखि मर्चेन्ट बैंकिङ कारोबारमा संलग्न छन् । विं सं. २०६८ सालदेखि सनराइज क्यापिटल (साबिक एनसीएम मर्चेन्ट बैंकिङ) मा प्रबन्ध निर्देशक भई कार्यरत निज श्रेष्ठ हाल यस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन् । मर्चेन्ट बैंकिङको इतिहासमा बिभिन्न कम्पनीहरूको प्राथमिक सेयर निष्कासन, अन्डर राइटिङ गर्नेदेखि लिएर विं सं. २०५० सालमा निष्कासन गरिएको एनसीएम फस्ट म्युचुअल फन्डहरूको निष्कासन, सेयर रजिष्ट्रार तथा सम्बन्धित कार्यहरूको समेत अनुभव रहेका श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर प्राप्त गरेका छन् । विभिन्न समयमा आफ्नो दक्षता प्रस्तुत गर्दै आफ्नो कार्यकौशलद्वारा बजारमा अभिन्न छाप छोड्न सफल श्रेष्ठसँग कारोबारले म्युचुअल फन्ड तथा सनराइज फस्ट म्युचुअल फन्डका बारेमा गरेको कुराकानीको सार :

758
कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सानो पदबाट सेवा गर्दै संस्थाको उच्च तहमा पुगेका सालिन व्यक्ति कुल आचार्य पर्वत जिल्लाको धायरिङ गाउँ हाल जलजला गाउँपालिका जन्मेका हुन् । कृष्ण भवन धर्म माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएर बागलुङ क्याम्पस पढ्दापढ्दै रोजगारीका लागि २० वर्षअघि बेलायत गएका आचार्य हाल एनआरएनएका उपाध्यक्ष छन् ।

541
कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६

गोरखा जिल्लाको फुजेल गाविसमा जन्मेका कुमार पन्त गैरआवासीय नेपाली संघ (एनआरएनए) मा लामो समयसम्म योगदान गर्ने व्यक्तिमध्येका एक हुन । पन्त विगत २३ वर्षदेखि होटल व्यवसायीका रूपमा जर्मनीमा बसेर एनआरएनएका विभिन्न क्रियाकलापमा सक्रिय रहँदै आएका छन् । युरोपको स्विट्जरल्यान्ड र बेल्जियममा चेन होटलहरूमा लगानी गरेका उनीसँग अन्तर्राष्ट्रिय समन्वय समितिमा रहेर काम गरेको अनुभव छ । दुई पटकसम्म संघको उपाध्यक्ष पदमा रहेर योगदान गरेका पन्तले यो पटकको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सन् २००४ देखि गैरआवासीय नेपाली संघमा आबद्ध रहेका पन्त एनआरएनए क्षेत्रीय समितिको सदस्य हुँदै हाल अध्यक्ष पदका लागि चुनावमा उत्रिएका छन् । २००९ मा केन्द्रीय समितिमा रहेका उनी २०११ मा युरोपियन क्षेत्रको संयोजक बने । आईसीसीको २०१५ र २०१७ गरी दुई पटक उपाध्यक्ष पदमा निर्वाचित भए । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका सबै सदस्यसँग बसेर काम गरेको अनुभवसमेत हासिल गरेका पन्तसँग कारोबार दैनिकका सम्पादक कुबेर चालिसे र सहकर्मी गोपाल संग्रौलाले गरेको कुराकानीको सार :

552
धर्मेन्द्र कर्ण
आइतवार, आश्विन २६, २०७६

नेपालमा २३ वर्षपछि चीनको राष्ट्राध्यक्षका रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङको यो पहिलो भ्रमण पनि हो । सन् २०१६ मा नेपालको भ्रमण हुने भनिए पनि त्यतिखेरकोे संक्रमणकालीन राजनीतिक अवस्थाले सम्पन्न हुन सकेको थिएन ।

319
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

प्रमुख चाडपर्वहरूमध्येको दसैं पर्व चलिरहेको छ । भोलि फूलपाती हो र आजबाटै केही दिन दसैं मनाउनका लागि अत्यावश्यक सेवा प्रवाह गर्ने निकायबाहेकका अन्य सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरू बन्द रहन्छन् । अध्ययन, जागिर, पेसा÷व्यवसायलगायतका कार्यलाई केही दिन थाति राखेर हर्षोल्लासका साथ दसैं मनाउने गरिन्छ । दसैं महत्तम् महŒव बोकेको सांस्कृतिक पर्व भएकाले यसलाई विविध रूपले मनाउने गरिन्छ ।

628