कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५
1830

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमण सकेर दिल्ली फर्किसके पनि उनको भ्रमणको तरंग भने कायमै छ । ३० घण्टा लामो नेपाल बसाइ तथा त्यस क्रममा भएका गतिविधिमाथि विभिन्न टिप्पणी भइरहेको छ । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा भुलेर चाकडी गरेको, जनताको विरोधको आवाज दबाएको आरोप लगाएका छन् भने ओलीका समर्थक र एमाले निकटस्थहरूले भने प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् । सामाजिक सञ्जालमा ओली र मोदीप्रति नकारात्मक टिप्पणी नै बढी देखिएको छ । संविधान जारी भएपछि नाकाबन्दी लगाएर दुःख दिएको भन्दै सो घटनालाई आफूहरूले नबिर्सिएको सन्देश दिन कडा सुरक्षा घेराकै बीचमा पनि विरोध व्यक्त भए । मोदीको दुईदिने राजकीय भ्रमण र त्यसका सबल, दुर्लभ पाटाबारे कारोबारले गरेको कुराकानी :

मोदीको भ्रमणले नेपाली जनतामा पीडा थपियो
मीनबहादुर विश्वकर्मा
नेता, नेपाली कांग्रेस
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाली जनतामा झन् पीडा थपेको छ । उनको भ्रमण नेपालको समृद्धिका लागि जति फलदायी हुन सक्थ्यो त्यति हुन सकेन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानलाई पूर्णतः उल्लंघन गर्नुभयो, जसले नेपाली जनतालाई पीडा थपेको छ । जनकपुरमा भारतीय सेनाले परेड खेलेको छ । नेपालीको घरघरमा ढकढकाएको छ । नेपालको प्रधानमन्त्री स्वागतका लागि जनकपुर पुगेका छन् । अध्यागमन कार्यालय नभएको ठाउँबाट स्वागत गरियो । संसारमा कहीँ पनि विदेशी सरकार प्रमुख आउँदा अध्यागमन नै नभएको ठाउँमा स्वागत गरिँदैन । विदेशी सेनालाई डे«समै नेपाल ल्याइयो । मोदीसँगसँगै आएका भारतीय जनता पार्टीका सांसदले जनकपुरलाई भारतमा मिलाउनुपर्छ भनेर ट्विटमार्फ सुझाव दिए ।
प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादाविपरीत मोदीको स्वागत गर्न जाँदा उताबाट देशको स्वाभिमानमाथि धावा बोलिएको छ । दौरा–सुरुवाल लगाएर धोती, कुर्ता र पाइजामालाई गाली गरेर हिजो राजनीति गर्ने प्रधानमन्त्री ओली आज सम्पूर्ण मर्यादा बिर्सेर एउटै रंगको पोसाक लगाउन पुग्नुभयो । अहिले नेपाली स्वाभिमान प्रधानमन्त्री ओलीका कारण हिउँ पग्लिएजस्तै गरी एकैपटक स्खलित भएको छ । भ्रमणको उपलब्धिको कुरा गर्नुपर्दा पुराना सन्धिको पुनरावलोकन र कार्यान्वयन गर्ने भनिएको छ । यसमा धेरै टीकाटिप्पणी गरिरहनु परेन । विगतमा जस्तो गर्छु भनेको काम नगर्ने गर्नु भएन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नै त्यसको उदाहरण भयो । गर्छु भनेर भनिरहने तर काम भने नगर्ने अब नहोस् ।
अरुण तेस्रो नेपाली कांग्रेसको पालामा विश्व बैंकको लगानीमा बनाउने भन्दा नेकपा एमालेका कारण रोकियो । एमालेका तत्कालीन महासचिवले विश्व बैंकलाई पत्र लेखेर आयोजना रोक्ने काम भयो । पछि आफ्नो ५१ प्रतिशतभन्दा बढी लगानी भए मात्र बिजुली किन्छु भनेर अप्ठ्यारो र बाध्यात्मक सर्त राखे पनि अरुण तेस्रो भारतलाई बनाउन दिन नेपालले पाँच वर्षअघिदेखि हुन्छ भनेको हो, जुन नोभेम्बर २ तारिखमा तत्कालीन प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदलीले संयुक्त रूपमा उद्घाटन गर्ने कुरा थियो । विगतमा विदेशी लगानी हुँदैन भनेर एमालेले विश्व बैंकलाई काम गर्न दिइएन ।
भारतको प्रस्ताव अप्ठ्यारो र बाध्यात्मक सर्त मानेर भारतलाई दिन स्विकार्नु, देउवा प्रधानमन्त्री हुँदा आनाकानी गर्नु, अहिले महाकाली सन्धि गराउने प्रमुख योजनाकार केपी ओली नै प्रधानमन्त्री हुँदा अरुण तेस्रोको संयुक्त उद्घाटन भएको छ । यसअघि सार्क सम्मेलन र पछि एकपटक गरी दुई पटक नेपाल आउँदा भारतीय प्रधानमन्त्रीसँगै सेना आउनु नपर्ने, तर अहिले आउनुपर्ने । जनकपुर र मुक्तिनाथसम्म परेड खेलेर नेपाली स्वाभिमानमाथी धावा बोलिएको छ । प्रधानमन्त्री ओली स्वागत गर्न जनकपुर मात्र गएनन्, एउटै कपडामा देखिए । कसरी एउटै कपडामा देखिए मोदी र ओली ? के उनीहरूले एउटै पसलबाट किने कि मोदीले उतैबाट पठाइदिए ? पाहुनालाई स्वागत गर्दा कूटनीतिक मर्यादा पूरै उल्लंघन गरियो, जसले मोदीको भ्रमण नेपालको विकास र समृद्धिका लागि उपलब्धिमूलक हुनुपर्नेमा नेपाली स्वाभिमानमा धावा बोल्ने काम भयो, जसले गर्दा नेपाली जनतामा मोदीको भ्रमणले पीडा थपेको छ ।

मोदी भ्रमण असफल

मणि थापा, नेता नेकपा माओवादी केन्द्र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण विवादको घेरामा रह्यो । नाकाबन्दीपछि नेपाल आएका मोदीप्रति नेपाली जनता असन्तुष्ट त थिए नै, उहाँको यो भ्रमणले नयाँ द्वन्द्वसमेत निम्त्यायो । नेपाली जनताको मनोविज्ञान विभाजित गर्ने काम गर्यो । तीन तहको निर्वाचनपश्चात् संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भई प्रदेश र केन्द्र सरकारसमेत बनिसेकको अवस्थामा भएको उहाँको भ्रमणले पहाड र मधेसबीच पुनः दूरी बढाउने काम गरेको छ । उहाँलाई मधेसले न्यानो स्वागत गरिरहँदा, पहाडले शंकको दृष्टिले हेरेको देखियो । यसरी हेर्दा पहाड र मधेसबीच सुधारिएको सम्बन्धमा चिसोपना ल्याउने काम गरेको छ । उहाँलाई समग्र राष्ट्रले स्वागत गर्नुपर्ने थियो । तर, त्यस्तो हुन सकेन ।
२ नम्बर प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको सम्बोधनलाई हेर्ने हो भने निर्वाचनपश्चात् सुधारको बाटोमा रहेको केन्द्र सरकार र २ नम्बर प्रदेशबीचको सम्बन्धमा चिसोपना थप्ने काम गरेको छ । केन्द्र सरकारसँग २ नम्बर प्रदेशमा रहेका असन्तुष्टि र समस्याहरू हाम्रो आन्तरिक मामिला थियो । त्यो आपसी समझदारीमा मिलाउन सकिन्थ्यो र त्यसका लागि प्रयाससमेत भएका थिए र हुने थिए । त्यसरी भारतलाई सुनाउन आवश्यक थिएन । यो मुद्दा पुनः अन्तराष्ट्रियकरण गर्ने प्रयास भयो, जुन ठीक होइन । २ नम्बर प्रदेशको समस्या हाम्रो हो, भारतको होइन । मोदी भ्रमणको अवसर पारेर यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु खोज्नु दुःखद् हो । मोदीजीले जसरी २ नम्बर प्रदेशका लागि प्याकेज घोषणा गर्नुभएको छ, त्यसले भोलि समस्या निम्त्याउनेछ । भ्रमणका क्रममा भएका गतिविधिले नेपालमा नयाँ द्वन्द्वको बीउ रोप्ने काम गरेको छ ।
कूटनीतिक नजरले हेर्दा पनि उहाँको भ्रमण सुखद हुन सकेन । एक महिनाका बीचमा नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमण हुनु कति उचित हो ? अनि सहरैपिच्छे नागरिक अभिनन्दनका नाममा जे गरियो, त्यो पनि ठीक भएन । एक हिसाबले हेर्दा नागरिक अभिनन्दनका नाममा मोदीजीको चाकडी गरेको देखियो । मोदीजीको यो भ्रमण आफैंमा नेपाल र नेपालीप्रतिको सद्भावका लागि थिएन । भारतलाई अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउनुपर्ने थियो । अन्तराष्ट्रिय शक्ति सन्तुलन मिलाउनकै लागि मोदी नेपाल भ्रमणमा आएका हुन् । सोही कारण भारत नेपालप्रति लचक देखिएको हो । सामान्य अवस्थामा भारत नेपालप्रति लचक थिएन र हुँदैन । भारतले नेपालमा ठूला आयोजनामा सम्झौता गर्ने र ती आयोजना होल्ड गर्दै आएको छ । अब अरुण तेस्रोमा उसको प्रवृत्ति दोहारिन्छ कि दोहोरिँदैन, त्यो भने हेर्न बाँकी छ ।
समग्रमा भन्दा मोदीको नेपाल भ्रमण विवादको घेराभन्दा बाहिर निस्कन सकेन र नेपाल र भारत दुवैका लागि उनको भ्रमण असफल रह्यो ।

कूटनीतिक मर्यादा भुलेर चाकडी गरियो

केशव दाहाल
नेता, नयाँ शक्ति पार्टी
एउटा देशको कार्यकारी प्रमुख आउँदा कूटनीतिक मर्यादाका कुरा हुन्छन् । केही कुरा स्वाभाविक हुन्छन्, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा कूटनीतिक मर्यादाविपरीतका अस्वाभाविक काम भए । नागरिक तहबाट अभिनन्दन गर्ने भनियो । नागरिक असन्तुष्ट देखिए । एउटा देशमा एक ठाउँमा पो अभिनन्दन हुन्छ । जनकपुरमा र काठमाडौंमा दुई ठाउँमा अभिनन्दन गर्ने काम स्वाभाविक भएन । यो अस्वाभाविक भयो । मोदीको चाकडी गरेजस्तो भयो ।
सरकारले कूटनीतिक मर्यादा कायम गरेको भए राम्रो हुन्थ्यो । संविधान जारी गर्दा जुन नाकाबन्दी भयो त्यसले दिएको घाउ जनताको मनमा गहिरो गरी बसेको पाइयो । मोदीले सम्बोधनका क्रममा विगतमा गल्ती भयो भनेर अब यस्तो हुँदैन भनेको भए राम्रो हुन्थ्यो । सायद त्यो घाउ केही कम हुन्थ्यो । नेपाल–भारत सम्बन्धका लागि पनि त्यसले राम्रो गथ्र्यो । अर्को कुरा सरकारले जनताको आवाज दबाउने काम गरेर गलत गर्यो । लोकतान्त्रिक व्यवस्थामा जनताले आफूलाई लागेको असन्तुष्टि व्यक्त गर्न पाउँछन् । मोदीलाई नेपालमा स्वागत गर्छौं, तर नाकाबन्दीको घाउ बिर्सेको छैन भनेर जनताले भन्न पनि नपाउने ? जसरी यस्ता आवाज दबाउने काम भयो, यसले चुनावका बेला नेपाली कांग्रेसले वाम गठबन्धन अधिनायकवादतर्फ जान्छ भनेर लगाएको आरोप कतै पुष्टि त हुँदै छैन भन्ने शंका पनि उठेको छ ।
लोकतन्त्रको सुन्दरता भनेकै जनताले आफ्नो असन्तुष्टि शान्तिपूर्वक राख्न पाउनु हो । सरकारले विरोधको स्वर दबाउने काम गर्यो । ट्विटरको ट्रेन्डिङमा रोकावट होस् वा साझा विवेकशील पार्टीको कार्यालयमै गएर ब्यानर च्यात्ने काम, लोकतान्त्रिक आचरण होइन । यो बेठीक भयो । दुईवटा सरकार प्रमुखको बीचमा सौहार्दता देखिनु राम्रो कुरा हो । तर, नेपाल र भारतको सम्बनध दाजुभाइको होइन मित्रको हो । भाइ फुच्चे हो, मैले भनेको मान्नुपर्छ । दाइ त हो, उसको चाकडी गर्नुपर्छ भन्नेजस्तो सम्बन्ध नेपाल–भारतको होइन । सांस्कृतिक सम्बन्ध मुखरित गर्नु राम्रो कुरा हो । नेपाल भारतबीचको मित्रताको सम्बन्धन मित्रवत् देखिनुप¥यो ।
अर्को कुरा, प्रदेश नम्बर २ मा खर्च गर्ने गरी मोदीले आर्थिक सहयोग घोषणा गरे । भोलि बजेट अभाव भयो भनेर प्रदेश २ ले भारत गुहार्ने अवस्था बन्यो भने के हुन्छ । भोलि ६ नम्बर प्रदेशले बजेटका लागि बेइजिङ धाउने, अरू प्रदेशले अन्तै धाउने भयो भने हाम्रो सार्वभौमिकता कहाँ पुग्छ ? प्रदेश २ का मुख्यमन्त्रीको भाषण आपत्तिजनक छ । हाम्रो देशको आन्तरिक मामलामा उहाँले मोदीको अगाडि बोल्नुभयो । प्रदेशको मुख्यमन्त्री कुनै पार्टीको नेता होइन । राज्यको आधिकारिक व्यक्ति हो । अर्कै देशको कार्यकारीका अगाडि आन्तरिक मामलामा बोल्नु आपत्तिजनक र नकारात्मक पक्ष हो ।
समग्रमा अहिलेको मोदी भ्रमणले जनतालाई निराश बनाएको छ । भविष्यमा यसले दिने प्रभाव असाध्यै नकारात्मक हुन सक्छ । यसलाई नजरअन्दाज गर्न मिल्दैन । भविष्यमा यस्तो गल्ती नदोहोराउने गरी दुई देशबीच बराबरीको आधारमा अघि बढ्नुपर्छ ।

भ्रमण दुवैका लागि विन–विन

डा. उमाशंकर प्रसाद
अर्थविद्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट दुवै देश जित्ने अवस्थामा अर्थात् विन–विन सिचुएसनमा रहेको देखिन्छ । नेपालका अरुण तेस्रोको शिलान्यासबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुने भएकाले विद्युत् परियोजनाको निर्माणमा सुनिश्चितता थपिएको छ । ९ सय मेगावाटममध्ये १ सय ९७ मेगावाट नेपालले पाउनेछ । ७ सय ३ मेगावाट भारतमा निर्यात गरिनेछ ।
नेपालको यो विद्युत् परियोजना यसअघि पूरा भइसकेको भए देशको अवस्था निश्चय नै राम्रो हुने थियो । नेपाली सरकार आफैंले सुरु गर्न खोजेको अरुण तेस्रोका बारेमा अढाई दशकअघि भएको विवादले यसमा ढिलाइ भयो । अहिलेको सत्तापक्षबाट त्यतिखेर भएको विवादले यो परियोजनामा ढिलाइ भएकोमा अहिले आएर दुवै पक्ष यो परियोजनामा सहमति देखाएको देखियो । विद्युत्को अभावमा हाम्रो समग्र अर्थतन्त्र समस्यामा रहँदै आएको हो । अहिले भारतबाट बिजुली किनेर लोडसेडिङ समाप्त पार्न खोजिरहेका छौं । हाम्रा विद्युत् परियोजनाहरूबाट बिजुली उत्पादन समयमा पूरा भएको हाम्रो अर्थतन्त्रको अवस्था अकल्पनीय रूपमा राम्रो हुने थियो । भ्रमणबाट यसको सुनिश्चित गर्न खोजिनु राम्रो पक्ष हो ।
रक्सौल–काठमाडौं रेल्वेलाई सक्दो छिटो पूरा गर्ने विषय आफैंमा राम्रो हो । यसबाट बढ्दो जनसंख्याको चापले सिर्जना गर्ने यातायात सेवालाई उपलब्ध गराउन रेल्वेले ठूलो सघाउ पुराउनेछ । साथै, वस्तुको आयात–निर्यातमा रेल्वे सेवा अन्य यातायातको तुलनामा बढी भरपर्दो हुने गरेको छ । यो सेवाबारे मोदीले दर्साएको विश्वास यो भ्रमणको उपलब्धि हो ।
दोस्रो राम्रो पक्ष भनेको यो भ्रमणबाट मधेश क्षेत्रलाई फाइदा भएको छ । यसले पहिचान दिलाएको छ । पहिला पहाडी क्षेत्र र त्यहाँका बासिन्दा मात्रै नेपाल हो भन्ने थियो । अहिले नेपाल मधेस र पहाडबाट बनेको प्रचार–प्रसार हुन भएको छ । मोदीको जनकपुर भ्रमण अन्तर्राष्ट्रिय मिडियाबाट प्रचार–प्रसार गरिएको छ । यसले जनकपुर क्षेत्रको प्रचार विश्वभरि हुनु भ्रमणको अर्को फाइदा हुन पुगेको छ ।
प्रदेश नम्बर २ लाई मोदीले १ अर्बको गरेको सहयोग पनि देशका लागि फाइदाको विषय भएको छ । हेर्दा थोरै देखिए पनि १ अर्बको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो मदत पुराउँछ ।
यो भ्रमणबाट अपेक्षा गरिएका तात्कालिक विषयमा थप विश्वसनीय वातावरण बन्न नसक्नु यो भ्रमणको कमजोर पक्ष हो । नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयनमा ढिलाइबारे सशक्त रूपमा संयन्त्रको विकास हुन नसक्नु कमजारी देखियो । कार्यान्वयन फितलो भएर टनकपुर सम्झौताबाट ठगिएको भए पनि पाउनुपर्ने लाभ लिन सक्न नसक्दा थप समस्यामा प¥यौं । तराई मधेसकै कुरो गर्ने हो भने भारतले कार्यान्वयनको पक्षमा सक्रिय रहेको भए हुलाकी राजमार्ग बनिसक्ने थियो । कार्यान्वयनका क्षेत्रमा भारतबाट भएका अड्को हटाउने काम तीव्र गतिमा हुनुपर्ने देखिन्छ । हुन त यो भ्रमणमा भारतका प्रधानमन्त्री मोदीले कार्यान्वयनको पक्ष फितलो भएको स्वीकार गरेका छन् । कार्यान्वयन फितलो भएको स्वीकार गर्नु यो भ्रमणको राम्रो पक्ष हो । तर, कार्यान्वयनमा अड्को थाप्ने काम कमजोर पक्ष हो । समग्रमा यो भ्रमणलाई विन–विन भन्न सकिन्छ ।