कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६
602

चीनको बुहान प्रान्तमा डिसेम्बर अन्तिमबाट देखिएको कोरोना भाइरस संक्रमण अहिले चीन हुँदै विश्वका ११३ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको रूपमा परिभाषित गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार विश्वभर १ लाख १८ हजार ३ सय २२ जना कोरोना भाइरसको संक्रमणको शिकार भएका छन् । जसमा ४ हजार ६ सय २३ नयाँ बिरामी फेलापरेका छन् ।
सबैभन्दा बढी चीनमा ८० हजार ९ सय ५५ जनामा संक्रमण फेला परेको थियो । त्यहाँ ३१ सय ६२ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी चीनबाहिर अन्य देशमा ३७ हजार ३ सय ६७ जना कोरोना भाइरसको संक्रमित फेला परेका छन् । जसमा ४५ सय ९२ नयाँ संक्रमित छन् । अहिलेसम्म चीनबाहिर मात्रै १ हजार १ सय ३० जनाको ज्यान गइसकेको छ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण पूरै विश्व प्रभावित भएको छ । यो एक किसिमकले आर्थिक विश्व युद्धजस्तै हो । यो भाइरसकै कारणले विश्व पर्यटन बजार ध्वस्त भएको छ ।
धेरै देशले कोरोना भाइरस संक्रमण फेला परेका देशका नागरिकलाई आफ्नो देशमा प्रवेश निषेध गरिसकेका छन् । अमेरिकाले युरोपका प्रायः देशका नागरिकलाई केही समयका लागि अमेरिका भ्रमणमा रोक लगाइसकेको छ । त्यसैगरी छिमेकी देश भारतले पनि शुक्रबार (१३ मार्च) देखि विदेशी पर्यटकलाई प्रवेश निषेध गरेको छ । नेपालले पनि चीन, कोरिया, जापान, इटाली, इरान, फ्रान्स, स्पेन, हंगकंग, जर्मनीजस्ता देशका नागरिकलाई निषेध गरिसकेको छ । नेपालको पर्यटन बजार पनि कोरोना भाइरसका कारणले ध्वस्त भइसकेको छ । कोरोना भाइरसकै कारण नेपालको पर्यटन बजारमा परेको प्रभाव र भविश्यमा पर्यटन बजार उचाल्न के गर्नुपर्छ जस्ता विषयमा केन्द्रित रही पर्यटनसँग सम्बन्धित व्यक्तिहरूसँग कारोबारकर्मीहरूले गरेको कुराकानीका अंश :

पर्यटनसहित धेरै क्षेत्रमा प्रत्यक्ष असर
गणेशबहादुर भट्टराई
पर्यटन व्यवसायी, पोखरा
कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा यसले प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस प्रभावित देशबाट पर्यटक आवातजावत गर्न प्रतिबन्ध भएकाले पर्यटकीय गतिविधि ठप्प हुँदा यसले कृषि उपजदेखि यातायातका क्षेत्रमा समेत असर पार्न थालेको छ । भूकम्प र डेंगु संक्रमणले खस्केको पर्यटन क्षेत्रलाई यसपालि चीनबाट फैलिएको कोरोना भाइरसको त्रासले पोखरा क्षेत्रको पर्यटन व्यवसायसमेत प्रभावित हँुदा आर्थिक क्रियाकलाप समेत कम हँुदै गएको छ । यस्तो अवस्थामा राज्य अभिभावक हुने हुँदा न्यूनतम ६ देखि एक वर्षसम्म बैंक तथा वित्तीय क्षेत्रको ऋणमा विलम्ब शुल्क नलिने तथा केही राहातका कार्यक्रम ल्याउनु पर्छ । मानौं मैले ७५ जना कर्मचारीलाई महिना मर्न साथ तलब दिनुपर्छ यदि मेरो व्यापार भएन भने पर्यटन क्षेत्रमा पर्यटक आगमन नआउने हो भने मैले कर्मचारी कटौंती गर्नुपर्छ, यसरी मैले कर्मचारी कटौती गर्दै जाँदा समाजमा नकारात्मक प्रभाव पर्नसक्छ यसलाई राज्यले बुझ्नु प-यो । व्यवसायी पनि केही समय हतोत्साहित नभई आफ्नो व्यापार व्यवसायलाई कसरी दिगो रूपमा सञ्चालन गर्न सकिन्छ त्यसबारे सोच्नु पर्छ ।
हालसम्म नेपालमा यसको संक्रमण नदेखिए पनि संसारमा यसको संक्रमण बढ्दो रूपमा रहेकाले हामी सचेत हँुदै आफ्नो व्यापार व्यवसाय गर्नुपर्ने अवस्था छ । राज्यले कोरोना भाइरस नेपालमा कुनै पनि हालतमा भित्रिन नदिन ठाउँठाउँमा राम्रोसँग सुरक्षा जाँच गर्नुप-यो, संसारलाई चकित पार्ने गरी राज्यले यतिबेला सतर्कता अपनाएर कुनै देशका व्यत्ति स्वदेश आउँदा वा जाँदा राम्रोसँग स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्नु प-यो । हामीले कोरोना भाइरस नेपाल भित्रिन नदिएको सन्देश विश्वसामु दिन सक्यौं भने केही महिनापछि नेपालमा पर्यटनको आगमन स्वतः हुनेछ । कोरोना भाइरसका कारण विश्वका अधिकांश देशलाई यसले प्रभाव पारेकाले यसको केही प्रभाव नेपाल र पर्यटकीय नगरी पोखरामा पनि परेको छ । धेरै पर्यटकले नेपालसहित पोखरा क्षेत्रको भ्रमणमा निस्कने तयारी गरे पनि कोरोना भाइरसका कारण भ्रमण रद्द गर्न थालेका छन् । पर्यटन व्यवसायीसँग मजदुरको भविश्य पनि जोडिएकाले यसलाई टिकाई राख्न यस परिस्थितिमा सबैले साथ र सहयोग गर्नुपर्छ । राज्यले कोरोना भाइरस भित्रिन नदिन रणनीतिक योजनाका साथ ठाउँठाउँमा हेल्थ डेस्क स्थापना गर्नु प-यो ।

पोखरामा मात्रै १२ प्रतिशत पर्यटक घटे
विकल तुलाचन
अध्यक्ष, पश्चिमाञ्चल होटल संघ, पोखरा
फेब्रुअरीदेखि चीनमा फैलिएको कोरोना भाइरसको त्रासले नेपालसहित पोखरामा पनि यसको असर पर्न थालेको छ । हिजो÷आज कोरोना भाइरसको त्रासले विश्वका धेरै मुलुकमा प्रत्यक्ष असर पारेको छ । नेपालमा कोरोना भाइरस नभित्रिए पनि पर्यटन, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ । विभिन्न देशबाट हुने गरेको वस्तु तथा सेवा हाल आयात एवं निर्यात ठप्पजस्तै भएको छ । हरेक देशले आफ्ना नागरिकको सुरक्षाका लागि अनअराइबल भिषा रोकेसँगै केहीले अन्तर्राष्ट्रिय हवाई उडानसमेत स्थगित गरेकाले हाल पोखरा क्षेत्रमा पर्यटन आगमन ह्वात्तै घटेको छ । भूकम्पको समयमा १५ प्रतिशत पर्यटकको आगमन भएको भए पनि हाल १० देखि १२ प्रतिशतमात्र पर्यटकहरू पोखरा क्षेत्रमा छन् ।
आन्तरिक ४, भारतीय २, युरोपियन करिब ६ प्रतिशत पर्यटक हाल पोखरा क्षेत्रमा रहेका छन् । संघमा आबद्ध करिब ४ सय पर्यटकस्तरीय होटल रहे पनि दर्ता बिना पनि उत्तिकै संख्यामा होटल रहेका रहेका छन् । पर्यटनको सिजन मानिने यस मौसममा अन्य वर्ष ७० देखि ८० प्रतिशतसम्म पर्यटक आगमन हुने भए पनि हाल त्यो संख्या घटेर १२ प्रतिशतको हाराहारीमा पुग्नु भनेको यसले पर्यटन क्षेत्रलाई धेरै प्रभाव पारेको छ ।
कोरोना भाइरसको पूर्वसतर्कता र रोकथामका लागि राज्यले हाल मेला÷महोत्सव, सभा, सम्मेलन लगायतका गोष्ठीसमेत नगर्न दिएको निर्देशनका कारणले पनि होटलमा हुने गरेको चहल पहल घट्न गएको हो । अझै कति दिनसम्म कोरोना भाइरसको त्रासमा बस्नु पर्ने हो यो अन्योलले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न विषेश छुटसहितको प्याकेजको कार्यक्रमसमेत ल्याउन सकिराखेका छैनौं । कोरोना भाइरसबाट पहिला हामी सबै नेपाली बच्नु प-यो त्यसपछि हामीले आफ्नो उद्योगधन्दा, पेसा तथा व्वयसाय गर्ने हो । यसमा राज्य पनि कोरोना भाइरसमुक्त बनाउन सजग हुनुपर्छ ।
छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका ८० बढी देशमा फैलिएसँगै हालसम्म ३ हजारभन्दा बढीको मृत्युु भएकाले धेरै देशका नागरिकले भ्रमण स्थगित गरेका छन् । भारतसँगको सीमा खुला हुँदा भारतमा केही व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएकाले उक्त संक्रमण नेपालमा भित्रिन नदिन सबै सरोकारवाला निकाय सचेत हुनुपर्छ । नेपालमा कोरोना भाइरस नभित्रिँदै यत्रो त्रास छ भने यो भित्रियो भने कति प्रभावित हुन्छन्, हामीले आकलन गर्न सक्दैनौं । पर्यटन क्षेत्रमा धेरैले भविष्य देखेर गरेको लगानी सुरक्षित गर्न पनि केही समय बैंक तथा वित्तीय संस्थाले विलम्ब शुल्क नलिने, व्याजमा थप सहुलियत दिने लगायतका प्याकेज ल्याउनु जरुरी छ ।

पर्यटन क्षेत्र जोगाउने कार्यक्रम ल्याउनु प-यो
लक्ष्मण थापा
निमित्त महाप्रबन्धक, टाइगर प्यालेस रिसोर्ट
कोरोना भाइरस संक्रमणका कारण अहिले हामी सबै प्रभावित भइसकेको अवस्था छ । पर्यटन क्षेत्रमा यसको सिधा प्रभाव परेको छ । हाम्रो टाइगर प्यालेस रिसोर्टको कुरा गर्दा मार्च महिनामा मात्रै २४० रुम बुकिङ रद्द भएको छ । पर्यटकहरू त्रसित देखिएका छन् । हामी भारतको एकदमै नजिकको सीमावर्ती क्षेत्रमा रहेका छौं । नेपालका सबै सीमावर्ती क्षेत्रहरू जोखिममा छन् । अहिले होटलहरू खाली हुने क्रम जारी छ । धमाधम बुकिङ रद्द छन् । हाम्रा कामदारलाई के गर्ने भन्ने पनि समस्या आइसकेको छ । उनीहरूलाई बेतलबी बिदा दिने या आधा तलब दिएर बिदामा बस्नु भन्ने कुराहरू आइरहेका छन् । होटलको अकुपेसी १० प्रतिशत तल झरिसकेको छ । अब विदेशी पर्यटक कहिले आउने हो थाहा छैन । अहिलेसम्म भारतीय पर्यटक त्यति घटेका छैनन् उनीहरू आउने क्रम जारी छ । तर विस्तारै उनीहरू पनि निश्चित रोकिन्छन् । किन भने भारत सरकारले विदेशी पर्यटकलाई आउन रोक लगाइसकेको छ भने आफ्ना नागरिकलाई पनि आवश्यक कामबाहेक भ्रमण नगर्न आग्रह गरेको छ ।
अब हाम्रो पर्यटन क्षेत्रमा कम्तीमा १ वर्ष प्रभावित पार्छ । अहिले सबैभन्दा पहिला हामी सुरक्षित हुनु प-यो । सुरक्षित रहन आवश्यक सामग्री सर्वसुलभ हुनु प-यो । बजारमा मास्क, सेनिटराइजर अभाव छ, सर्वसुलभ गराउनु प-यो । हामीले पहिला आफ्नो सुरक्षामा ध्यान दिनु प-यो । त्यसपछि हाम्रो पर्यटन क्षेत्रलाई कसरी सुरक्षित गराउनु पर्छ भन्नेतर्फ लाग्नु पर्छ । अर्को कुरा होटल ब्यवसायमा अर्र्बाैं लगानी छ लगानीकर्ताहरूको । उनीहरूको लगानी सुरक्षित गर्न सरकारले सान्त्वना स्वरुप राहतको कार्यक्रमहरू तत्काल घोषणा गर्नुपर्छ । सफ्ट लोनको घोषणा हुनुपर्छ । कर्जा ब्याज बुझाउने समय सीमा तोकिदिनु पर्छ । भूकम्पपछि विस्तारै बामे सर्दै गरेको हाम्रो देशको पर्यटन क्षेत्र अहिले फेरि कोरोना भाइरसका कारण पछाडि धकेलिएको छ । अब यसलाई जोगाउने काम सरकारको हो । के कसरी हुन्छ यो क्षेत्रलाई जोगाउने काम अब राज्यको हो । हामी आशावादी छौं ।
प्रस्तुति : मनोरञ्जन शर्मा

पर्यटन क्षेत्रमा संकटकाल घोषणा गर
चन्द्रप्रकाश श्रेष्ठ
अध्यक्ष, सिद्धार्थ होटल संघ नेपाल (सान)
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले चीन हँुदै पूरै विश्वलाई असर पु-याएको छ । यो रोग नियन्त्रणका लागि विश्वभरका देशले आआफ्नो तरिकाले नियन्त्रणका लागि लागिपरेका छन् ।
नेपाल सरकारले वर्ष २०२० लाई नेपाल भ्रमण वर्ष र प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा राम्रो कार्यक्रम ल्याएको थियो । यो कार्यक्रममार्फत नेपालको पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने, यहाँ रोजगारीका सम्भावना बढने, समृद्धिको सुरुवात हुने अपेक्षा थियो तर यही समयमा देखिएको कोरोना भाइरसका कारण कार्यक्रम रद्द गर्नु प-यो । कोरोना भाइरस पर्यटन क्षेत्रका लागि दुर्भाग्यका रूपमा रहन आयो । यसले आर्थिक संकट ल्याउने आशंका बढेको छ । यसलाई नियन्त्रण गर्न राज्यले ठूलो पाइला चाल्नु पर्छ । नेपालको पर्यटन बजार अहिले ध्वस्त भएको छ । बाह्य पर्यटक आगमन गत वर्षको तुलनामा ९० प्रतिशत घटिसकेको छ । स्थलमार्गबाट आउने पर्यटक पनि ७० प्रतिशत घटिसकेका छन् । भारतले विदेशी पर्यटकलाई प्रवेश निषेध गरिसकेका कारण स्थलमार्गबाट आउने पर्यटक केही समयलाई शून्यमा झर्ने निश्चित छ । भारतीय पर्यटक आउने क्रम पनि घट्दै गएका छन् । सबैतिर प्रभावित बनाएको छ ।
अहिले होटल व्यवसायीलाई आफ्नो व्यवसाय चलाउन मात्र होइन बैंकको किस्ता र ब्याज बुझाउन समस्या आइसक्यो । एक महिनादेखि होटल अकुपेन्सी १० प्रतिशत पनि छ्रैन् । ६।७ महिना पछाडिसम्मका बुकिंगहरू धमाधम रद्द भइरहेका छन् । समस्या बढिरहेको छ । त्यसैले सरकारले पर्यटन क्षेत्र बचाउन होटल ब्यवसायीले बैंक कर्जाको मासिक भुक्तान गर्ने समय सीमा पछाडि धकेल्नु पर्र्ने, ब्याजमा सकिन्छ भने मिनाहा गर्नुपर्ने, राहतका कार्यक्रम ल्याउनु पर्ने र कम्तीमा अहिले तिर्नपर्ने व्याज यति समयसम्म बुझाए थप जरिवाना नलाग्ने व्यवस्था राज्ले मिलाउनु पर्छ । साथै अब पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्याकेज कार्यक्रम ल्याउनु जरुरी छ । जसरी अहिले अस्टे«लियन, मलेशिया लगायतका देशले आन्तरिक पर्यटनमा जोड गरेका छन् । त्यसैगरी सरकारले पनि आन्तरिक भ्रमण कार्यक्रम प्याकेज सुविधासहित सार्वजनिक गर्नुपर्छ । अब केही समय विदेशबाट पर्यटक नआउने निश्चित छ । त्यसैले अबको नेपालको पर्यटन बजार भनेको आन्तरिक पर्यटक र छिमेकी भारतीय पर्यटक नै हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट त्यति प्रभावित नभएको अवस्थामा देखिएको र भारत सरकारले सबै विदेशी पर्यटकलाई भारत भ्रमणमा निषेध गरेकाले पनि भारतिय पर्यटकहरू विदेशको साटो नेपाल भ्रमणमा आउन सक्छन् । त्यसका लागि हामीले हाम्रो देशलाई कोरोनामुक्त बनाउनु जरुरी छ । अहिलेको मुख्य आवश्यकता भनेको सरकारले पर्यटन क्षेत्रलाई सम्बोधन गरी सहुलियत अथवा राहतको कार्यक्रम ल्याउनु हो । सधैभरि साथ दिँदै आएको निजी क्षेत्रलाई सरकारले अहिले यो अवस्थामा सहयोग गर्न जरुरी छ । नेपालको पर्यटन क्षेत्रमा संकटकाल घोषणा गरी राहतको कार्यक्रम ल्याउनु जरुरी छ ।
प्रस्तुति : मनोरञ्जन शर्मा