कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६
464

ग्लोबल आईएमई बैंक विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाताखोली कारोबार गर्दै आउनु भएका विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जलीकुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम ५ लाख रुपैयाँ निजको परिवारलाई हस्तान्तरण गरेको छ ।
ग्लोबल आईएमई बैंक १ नं. प्रदेशका सहायकप्रदेश प्रमुख सुजन श्रेष्ठ र न्युरो कार्डियो एन्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्टले सयुक्त रूपमा स्वर्गीय माझीको परिवारलाई बिमांकित रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।