कारोबार संवाददाता
बिहिवार, पुष ३, २०७६
624

नेपाली कांग्रेसले बुधबारका लागि डाकेको स्थगित भएको छ । पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी नहुने भएपछि बैठक नबसेको हो ।
बैठक शुक्रबारसम्मका लागि सारिएको कांग्रेसले जनाएको छ । पौडेल र सिटौला समूहले १४औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेर केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका छन् । सभापति देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडानमा पौडेल र सिटौला छन् ।

संस्थापन पक्षले भने समायोजनको काम पूरा नभएकोले अहिले नै कार्यतालिका ल्याउन नसकिने बताउँदै आएको छ । देउवा पक्ष २०७७ फागुनमा महाधिवेशन गर्ने पक्षमा छ भने पौडेल पक्षले आउँदो मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ । त्यसका लागि अहिले नै कार्यतालिका सार्वजनिक गर्नुपर्ने पौडेल पक्षको अडान छ । पौडेल पक्षले पछिल्ला चारवटा बैठक बहिस्कार गरिसकेको छ ।


संसदीय दलको बैठक आज
यही शुक्रबार (भोलि) बाट सुरु हुन लागेको संघीय संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो साढे बजे दलको बैठक बोलाइएको हो ।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय हुने बताइएको छ । यसै अधिवेशनमा सभामुखको निर्वाचन र राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ ।