निरु अर्याल
सोमवार, आश्विन ६, २०७६
882

दुईतिहाई नजिकको बलियो सरकार यतिबेला संघीयता लागू भएपछि दोस्रो बजेटको कार्यान्वयनको चरणमा छ । बजेट कार्यान्वयनमा सरकार उदासीन हुँदा वित्तीय संघीयता ब्यवस्थापन झन चुनौतीपूर्ण बन्दै गएको अर्थविद डा। चन्द्रमणि अधिकारी बताउँछन् । लामो संक्रमणकालीन अवस्थाको अन्त्यपछि बनेको बलियो सरकारले समेत उत्पादन वृद्धि, लगानी प्रवद्र्धनसहित दिगो विकासको लक्ष्यलाई प्राथमिकता नदिँदा मुलुकको अर्थतन्त्र झनपछि झन विकराल अवस्थामा पुगेको उनको तर्क छ । यतिबेला नेपालको अर्थतन्त्र डेढ वर्षअघि सरकार आफैंले प्रस्तुत गरेको श्वेतपत्रमा उल्लेख गरेभन्दा पनि कमजोर अवस्थामा पुगेको बताउने उनी संविधानले यथेष्ट ब्यवस्था गरे पनि स्थानीय सरकारले काम गर्न नसक्दा सरकारको विकासको लक्ष्यमा अवरोध सिर्जना हुनसक्ने खतरा देखिएको बताउँछन् । संघीयता कार्यान्वयनको सवालमा सरकारले बाटो विराएको र अर्थतन्त्रमा खतराको संकेतहरू सुरु भइसकेको बताउने उनी मुलुकको समृद्धिका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्छन् ।
६० वर्षमुनिका क्रियाशील जनशक्तिलाई देशबाहिर राखेर विकासको परिकल्पना गर्नु आफैमा सही नभएको बताउने उनी सरकारले अघि सारेको श्रम नीतिको खुलेरै विरोध गर्दै आएका छन् । मुलुकको अर्थतन्त्रलाई शूक्ष्म र खरो रूपमा प्रस्तुत गर्नसक्ने खुबी भएका उनै अधिकारीसँग मुलुकको समग्र अर्थतन्त्रमा देखिएका अर्थतन्त्रका समसामयिक विषयमा कारोबारकर्मी निरु अर्यालले गरेको  भिडियो अन्तरर्वार्ता: