कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६
358

प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । हेल्पिङ क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेस र ललितपुर डिष्ट्रिक बडिविल्डिङ एण्ड फिटनेस एशोसिएसनको साझेदारीमा यो हुन लागेको हो । प्रतियोगिता आगामी भदौ १३ र १४ गते ललितपुरमा हुँदैछ ।
नेपाल क्लासिक बडिविल्डिङ च्याम्पियनसिपमा सातै प्रदेशबाट करिब १५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्ने छन् । चौथोदेखि १० औं हुनेसम्मलाई नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।
एसियाली भलिबल संघको आयोजना र नेपाल भलिबल संघको आतिथ्यतामा काठमाडांैमा भदौ २ देखि ७ गतेसम्म एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगितामा नेपालसहित ७ देशले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका सम्बन्धमा नेपाल भलिबल संघकी उपाध्यक्ष एवं आयोजक समिति सदस्य निरोज जोशीसँग प्रतियोगिताको तयारी, नेपाली टोलीका साथै प्रतियोगिता व्यवस्थापनलगायत विषयमा कारोबारले गरेको कुराकानी ।

यो कस्तो किसिमको प्रतियोगिता हो ?
विश्वमा भलिबल खेलको स्तरअनुसार यसको विकासका लागि फरक संरचना तयार गरिएको छ । एशियाली भलिबल महासंघले मातहतका विभिन्न राष्ट्रिय संघहरुलाई पूर्व, मध्य र पश्चिम क्षेत्र भनी विभाजन गरेको छ । त्यही अनुरुप नेपालमा हुन लागेको यो प्रतियोगिता मध्य एसियाका राष्ट्रहरु खेल्ने प्रतियोगिता हो । मध्य एशिया अन्तरगत यो क्षेत्रमा नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, किर्गिस्थान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी सात देश सहभागी हुँदैछन् । भारत, पाकिस्तान पनि यो क्षेत्रमा परे पनि प्राविधिक कारणले सहभागिता जनाउन सकेनन् । एभिसीले भलिबल खेलको विकासका लागि सुरु गरेको यो संरचनागत प्रतियोगिता हो । समग्रमा भन्नुपर्दा पुरुष भलिबलको विकासमा एभिसीले यसको सुरुवात गरेको हो ।

नेपालको भलिबल खेलको विकासमा यो प्रतियोगिताले कस्तो प्रभाव पार्ला?
नेपालको राष्ट्रिय खेल भलिबल खेल हो । राष्ट्रिय खेलको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो । त्यसैले यसलाई राम्रो रुपमा लिनुपर्छ । किनकी यो एउटा ठूलो प्रतियोगिता हो । भलिबलमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले खेल्ने कि त दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत भलिबल हो या त्यो भन्दा ठूलोमा एसियाली हो । त्यसपछिको तेश्रो ठूलो प्रतियोगिता भनेको अहिले यो प्रतियोगिता नै देखिएको छ । हाम्रा खेलाडीहरुलाई अन्य देशका खेलाडीसँग खेल्न पाउनु राम्रो अवसर हो । हार जित आफ्नो ठाउँमा छ, तर विदेशी टिमसँग प्रतिष्पर्धा गर्दा आफ्नो क्षमता देखाउन सकिने मात्र होइन, उनीहरुको खेल कौशल बुझ्ने र नयाँ नयाँ खेल प्रविधि बुझ्ने अवसर हुन्छ । त्यसैले यस्ता प्रतियोगिताहरु हाम्रो लागि महत्वपूर्ण हुन्छन् । नेपालको भलिबल खेल विकासका लागि राम्रो प्रभाव पनि पार्छ । यो प्रतियोगिताले नेपाललाई १३औं सागको तयारीको रुपमा पनि लिनु पर्दछ । यसले ठूलो फाइदा हुन्छ । खेलाडीले स्पर्धाको अवसर पाउँछन् ।

प्रतियोगितामा कति खेलाडी प्रशिक्षक र व्यवस्थापक सहभागी हुन्छन् ?
प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १ सय १५ भन्दा बढी सहभागी हँुदैछन् । आयोजकले उनीहरुको बसाइको व्यवस्थापन गरिसकेको छ । अफगानिस्तानको टिम नेपाल आइपुगिसकेको छ । नेपालमा प्रतियोगिता पूर्व अफगानिस्तानले २ अभ्यास खेल नेपालसँग खेल्नेछ ।

नेपाली टिमको तयारी कस्तो छ ?
विदेशी प्रशिक्षकको प्रशिक्षणमा रहेको नेपाली टिमको तयारी राम्रो छ । विदेशी प्रशिक्षकले विश्व भलिबलमा बदलिँदो शैली, सीप, नियमका बारेमा जानकारी दिएका छन् । जसले नेपाली खेलाडीलाई धेरै फाइदा पुगेको छ । दक्षिण एशियामा हाम्रो अवस्था अझै अपेक्षा गरे बमोजिम राम्रो हुन सकिरहेको छैन । यो क्षेत्रमा महिला भलिबल टोली सदावहार तेस्रो टोली हो । पुरुषले यो उपलब्धि अहिलेसम्म हासिल गर्न सकेको छैन । एसियाली अवस्था हेर्ने हो भने हाम्रो भलिबल टिम १५ औं स्थानमा छ ।

प्रतियोगितामा नेपालको लक्ष्य के हो ?
यो प्रतियोगितामा नेपालको लक्ष्य भनेको फाइनलसम्म प्रवेश गर्नु हो । खेलाडीहरु प्रशिक्षणमा छन् । उत्कृष्ट प्रदर्शनको आशा गर्छौं हामी । अफगानिस्तानसँगको अभ्यास खेलमा विजयी भएर राम्रो संकेत हाम्रा खेलाडीले दिएका छन् । यसअघि बंगलादेशमा भएको प्रतियोगितामा
नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यो पटक फाइनल प्रवेश मात्र होइन, विजेता नै लक्ष्य हो । घरेलु कोर्ट र घरेलु दर्शकको साथ हाम्रो खेलाडीलाई छ ।

नेपाल क्लासिक बडिविल्डिङ च्याम्पियनसिपमा सातै प्रदेशबाट करिब १५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्ने छन् । चौथोदेखि १० औं हुनेसम्मलाई नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

यो कस्तो किसिमको प्रतियोगिता हो ?
विश्वमा भलिबल खेलको स्तरअनुसार यसको विकासका लागि फरक संरचना तयार गरिएको छ । एशियाली भलिबल महासंघले मातहतका विभिन्न राष्ट्रिय संघहरुलाई पूर्व, मध्य र पश्चिम क्षेत्र भनी विभाजन गरेको छ । त्यही अनुरुप नेपालमा हुन लागेको यो प्रतियोगिता मध्य एसियाका राष्ट्रहरु खेल्ने प्रतियोगिता हो । मध्य एशिया अन्तरगत यो क्षेत्रमा नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, किर्गिस्थान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी सात देश सहभागी हुँदैछन् । भारत, पाकिस्तान पनि यो क्षेत्रमा परे पनि प्राविधिक कारणले सहभागिता जनाउन सकेनन् । एभिसीले भलिबल खेलको विकासका लागि सुरु गरेको यो संरचनागत प्रतियोगिता हो । समग्रमा भन्नुपर्दा पुरुष भलिबलको विकासमा एभिसीले यसको सुरुवात गरेको हो ।

नेपालको भलिबल खेलको विकासमा यो प्रतियोगिताले कस्तो प्रभाव पार्ला?
नेपालको राष्ट्रिय खेल भलिबल खेल हो । राष्ट्रिय खेलको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो । त्यसैले यसलाई राम्रो रुपमा लिनुपर्छ । किनकी यो एउटा ठूलो प्रतियोगिता हो । भलिबलमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले खेल्ने कि त दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत भलिबल हो या त्यो भन्दा ठूलोमा एसियाली हो । त्यसपछिको तेश्रो ठूलो प्रतियोगिता भनेको अहिले यो प्रतियोगिता नै देखिएको छ । हाम्रा खेलाडीहरुलाई अन्य देशका खेलाडीसँग खेल्न पाउनु राम्रो अवसर हो । हार जित आफ्नो ठाउँमा छ, तर विदेशी टिमसँग प्रतिष्पर्धा गर्दा आफ्नो क्षमता देखाउन सकिने मात्र होइन, उनीहरुको खेल कौशल बुझ्ने र नयाँ नयाँ खेल प्रविधि बुझ्ने अवसर हुन्छ । त्यसैले यस्ता प्रतियोगिताहरु हाम्रो लागि महत्वपूर्ण हुन्छन् । नेपालको भलिबल खेल विकासका लागि राम्रो प्रभाव पनि पार्छ । यो प्रतियोगिताले नेपाललाई १३औं सागको तयारीको रुपमा पनि लिनु पर्दछ । यसले ठूलो फाइदा हुन्छ । खेलाडीले स्पर्धाको अवसर पाउँछन् ।

प्रतियोगितामा कति खेलाडी प्रशिक्षक र व्यवस्थापक सहभागी हुन्छन् ?
प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १ सय १५ भन्दा बढी सहभागी हँुदैछन् । आयोजकले उनीहरुको बसाइको व्यवस्थापन गरिसकेको छ । अफगानिस्तानको टिम नेपाल आइपुगिसकेको छ । नेपालमा प्रतियोगिता पूर्व अफगानिस्तानले २ अभ्यास खेल नेपालसँग खेल्नेछ ।

नेपाली टिमको तयारी कस्तो छ ?
विदेशी प्रशिक्षकको प्रशिक्षणमा रहेको नेपाली टिमको तयारी राम्रो छ । विदेशी प्रशिक्षकले विश्व भलिबलमा बदलिँदो शैली, सीप, नियमका बारेमा जानकारी दिएका छन् । जसले नेपाली खेलाडीलाई धेरै फाइदा पुगेको छ । दक्षिण एशियामा हाम्रो अवस्था अझै अपेक्षा गरे बमोजिम राम्रो हुन सकिरहेको छैन । यो क्षेत्रमा महिला भलिबल टोली सदावहार तेस्रो टोली हो । पुरुषले यो उपलब्धि अहिलेसम्म हासिल गर्न सकेको छैन । एसियाली अवस्था हेर्ने हो भने हाम्रो भलिबल टिम १५ औं स्थानमा छ ।

प्रतियोगितामा नेपालको लक्ष्य के हो ?
यो प्रतियोगितामा नेपालको लक्ष्य भनेको फाइनलसम्म प्रवेश गर्नु हो । खेलाडीहरु प्रशिक्षणमा छन् । उत्कृष्ट प्रदर्शनको आशा गर्छौं हामी । अफगानिस्तानसँगको अभ्यास खेलमा विजयी भएर राम्रो संकेत हाम्रा खेलाडीले दिएका छन् । यसअघि बंगलादेशमा भएको प्रतियोगितामा
नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यो पटक फाइनल प्रवेश मात्र होइन, विजेता नै लक्ष्य हो । घरेलु कोर्ट र घरेलु दर्शकको साथ हाम्रो खेलाडीलाई छ ।

प्रतियोगिताको तयारी के छ र कुल खर्च कति लाग्छ सम्पन्न गर्न ?
प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । अहिले हाम्रो सबै तयारी पूरा भैसकेको छ । स्वदेशी तथा विदेशी टिमको आवास, यातायात, प्रशिक्षण स्थल लगायतको व्यवस्थापन भैसकेको छ । प्रतियोगिता भव्य एवं सभ्य रुपमा संचालनका लागि मूल आयोजक समिति बनेको छ । समिति अन्तर्गत विभिन्न उपसमितिले काम गरिरहेका छन् । भदौ २ गते सुरु भई ७ गते समापन हुने प्रतियोगिताको अनुमानित खर्च २ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । अहिले हाम्रो सबै तयारी पूरा भैसकेको छ । स्वदेशी तथा विदेशी टिमको आवास, यातायात, प्रशिक्षण स्थल लगायतको व्यवस्थापन भैसकेको छ । प्रतियोगिता भव्य एवं सभ्य रुपमा संचालनका लागि मूल आयोजक समिति बनेको छ । समिति अन्तर्गत विभिन्न उपसमितिले काम गरिरहेका छन् । भदौ २ गते सुरु भई ७ गते समापन हुने प्रतियोगिताको अनुमानित खर्च २ करोड ५० लाख रुपैयाँ रहेको छ ।