कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
568

जुलियो क्वाजियाटो संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को क्षेत्रीय इनोभेसन सेन्टर फर एसिया प्यासिफिकका प्रमुख हुन् । क्वाजियाटोले दुबई सरकारको सेन्टर फर गभर्मेन्ट इनोभेसनमा समेत काम गरिसकेका छन् । इन्टरनेसनल डेभलपमेन्ट एन्ड पब्लिक सेक्टर अर्गनाइजेसनको इनोभेसन स्किल टिमको वरिष्ठ कार्यक्रम व्यवस्थापकका रूपमा काम गरेका उनी हालै नेपालको एक्सेलेटर ल्याब शुभारम्भको क्रममा नेपाल आएका थिए । नेपालमा एक्सेलेटर ल्याबमार्फत विकास र व्यवसायमा ठूलो योगदान पुग्ने बताउँदै उनी यसले नयाँ आविष्कार र नवीनतम प्रविधिको विकासका लागि सहयोगी बन्ने अपेक्षा गर्छन् । क्षेत्रीय इनोभेसन सेन्टर फर एसिया प्यासिफिकका प्रमुख रहेका उनीसँग एक्सेलेटर ल्याबको स्थापनासँगै नेपालमा हुनसक्ने नयाँ आविष्कार, प्रभाव, यसले विकास र व्यवसायमा गर्न सक्ने प्रवद्र्धन लगायतबारे कारोबारले गरेको कुराकानीको सार :

एक्सेलेटर ल्याब किन आवश्यक छ ? विगतको विकास र व्यवसायको मोडलमा यसले के परिवर्तन गर्छ ?
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ६० देशमा एक्सेलेटर ल्याबको सुरुवात गरिसकेको छ । नेपालमा पनि सार्वजनिक भएको छ । ल्याबले विकासका काममा गति दिने प्रयासमा सहयोग पु-याउँछ । प्रविधि यसको मुख्य भागका रूपमा रहेको छ । उपयुक्त प्रविधि र विकास मोडलको निर्माणमा यो केन्द्रित हुनेछ । जलवायु परिवर्तन, बेरोजगारी समस्यालगायतलाई समाधानका लागि यो उपयोगी हुनसक्छ । जस्तै रोजगारीको कुरा गर्दा मानिसका सोचाइ, मूल्य–मान्यता र संस्कृतिजस्ता पक्षको पनि कुरा आउँछ, अवधारणाको कुरा आउँछ । यी सबै पक्षहरूबीचको अन्तरसम्बन्ध, वित्तमा पहुँच, यसको परियोजना, यसमा आविष्कार, नयाँ सिर्जनालगायतका कुरा आउँछन् । एक्सेलेटर ल्याबले समस्या पहिचान र समाधानको कुरा गर्छ । दिगो विकास लक्ष्य (एसडीजी) पूरा गर्न अब ४ हजार दिन बाँकी छ । यसका लक्ष्यहरू उपयुक्त छन् । अहिलेदेखि यो ४ हजार दिनभित्र यसलाई पूरा गर्नुपर्ने अवस्था छ । यसको उपलब्धिका प्रयासहरूमा देखापरेका केही समस्या पहिचान पनि भएका छन् । यसलाई वास्तविक रूपमा समाधान गर्नुछ । यसका लागि के गर्नुपर्छ ? यसका लागि आवश्यक जनशक्ति, प्रविधि, नयाँ सिर्जना, आविष्कार, संरचनागत व्यवस्था, परियोजनालगायत सबै कुराको संयोजन मिल्नु आवश्यक छ । एकै समयमा यी कामको संयोजन भए मात्र लक्ष्यअनुसार काम अघि बढ्न सक्छ । यो जटिल विषय पनि हो । सम्बन्धित देशको अवस्थाका आधारमा यसको समाधानका लागि विशेष पहल आवश्यक हुन्छ । यी सबै कुरा समेट्ने एक्सेलेटर ल्याब नयाँ खालको परियोजना हो । यसले कुनै योजनाको परिकल्पनासँगै त्यसलाई अघि बढाउन आवश्यक सबै प्रविधि, जनशक्तिलगायतका अवयवहरूको सहकार्य र सिकाइको कुरा गर्छ । सबै सँगै अघि नबढ्ने हो भने सफल हुन सम्भव हुँदैन । यी सबै गर्न कठिन छ । यसकारण सबैलाई समेटेर भिन्न खालको परियोजनाको कल्पना गरिएको हो । यसमा संस्थागत संरचना र रोजगारीलाई विशेष महत्व दिइएको छ । परियोजनालाई गतिशील रूपमा प्रगति गर्नका लागि समस्या पहिचान र समाधानका लागि जोड दिनुपर्छ ।

हरेक योजना र लक्ष्य हासिल गर्नका लागि सबै अवयवहरूको संयोजन र व्यवस्थापन कठिन हुँदै गएका बेला के यो परियोजना महत्वाकांक्षी भएन र ?
यसलाई थोरै महत्वाकांक्षी परियोजना पनि भन्न मिल्छ । अरूभन्दा भिन्न तरिकाले अघि बढ्ने हुनाले र सबै एकसाथ सक्रिय भएर अघि बढाइने हुनाले यसलाई महत्वाकांक्षी भन्दा पनि फरक पर्दैन, तर यसले विकासलाई गतिशिलता दिने काम गर्छ । यो परियोजनाले सुरुदेखि अन्त्यसम्मको विकास र यसका लागि आवश्यक सबै संरचनाको विकासका लागि काम गर्छ । यसमा डिजाइनको परीक्षणदेखि कार्यान्वयन पनि गरिन्छ । यसबाट आयोजनाहरू अघि बढाउन नयाँ स्रोतहरूको पहिचान पनि हुन्छ । यसले संस्थागत विकास र रोजगारीलाई महत्व पनि दिन्छ । यसमा समस्या पहिचान हुन्छ । समस्या समाधानका लागि गर्ने प्रयासहरूमा पनि केन्द्रित गर्छ । यसमा नयाँ–नयाँ आविष्कारहरू गरिन्छ । यसले नयाँ मोडलहरूको विकास गर्छ । यी सबै प्रक्रियाले समग्र लक्ष्य हासिल गर्न सहयोग पुग्छ । नयाँ–नयाँ व्यवसाय सुरु गर्नका लागि सहजीकरण गर्छ । यसमा सरकारी र निजी क्षेत्रबीचको सहकार्य गरेर अघि बढाउनका लागि बाटो खुला गर्छ । अहिले उपभोक्तामुखी विकासको अवधारणा आएको छ ।

संयुक्त राष्ट्रसंघ विश्वव्यापी संस्था हो । यसले स्थानीय उपभोक्ताहरूको चासो र आविष्कारलाई कसरी सम्बोधन गर्न सक्छ ?
विकास मोडल अघि बढाउँदा ग्रामीण क्षेत्रको चासोलाई महत्व दिनुपर्छ । यदि समग्र दिगो विकासका लागि काम गर्ने हो भने ग्रामीण क्षेत्रको चासोलाई पनी सम्बोधन गर्नुपर्ने हुन्छ । यसमा समुदायको आविष्कारलाई समेत प्रवद्र्धन गर्न सकिन्छ भने उनीहरूलाई नयाँ आविष्कारका लागि प्रोत्साहन पनि गर्न सकिन्छ । यसलाई प्रवद्र्धन गरी व्यवसायीकरण गर्नु पनि जरुरी हुन्छ । समुदायले व्यवसायमा नयाँ मोडलहरूको उपयोग गरेमा यो अन्य समुदायका लागि पनि उपयोगी हुनसक्छ । गतिवद्र्धक प्रयोगशालाले समुदायको चासोबमोजिम नयाँ–नयाँ व्यावसायिक मोडलहरूको विकास तथा विस्तारका लागि सहयोग पु-याउँछ । त्यसकारण यो परियोजना अन्यभन्दा भिन्न छ । यसबाट नवीनतम मोडलहरूको विकास गरी त्यसमार्फत फाइदा उठाउन सकिन्छ । यसकारण प्रत्येक संगठनहरूले नवीनतम प्रविधि र आविष्कारका लागि काम गर्नुपर्छ । आविष्कारसँगै उत्पादन गरेर वितरण क्षमतालाई उच्च बनाउनुपर्छ । नवीनतम परियोजना अघि बढाउँदा पकेट क्षेत्रका रूपमा विकास गर्न सक्नुपर्छ ।

एक्सेलेटर ल्याबले नेपालको विकास सन्दर्भमा कस्तो प्रभाव पार्छ ?
नेपालको विकास–निर्माणको सन्दर्भमा एक्सेलेटर ल्याबको ठूलो भूमिका निर्वाह गर्नसक्छ । रोजगारी, ऊर्जा विकासलगायतका क्षेत्रमा हेर्ने हो भने यसमा प्रयोगशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । नेपालको विकासको गति किन दु्रत गतिमा अघि बढेको छैन ? यसमा के समस्या छ ? यस्ता कुराको परीक्षण भएर अघि बढाउनका लागि बाटो आवश्यक पर्छ । यसका लागि अअ व्यवसाय केन्द्र स्थापनापछि जनतालाई एकै ठाउँमा उभिएर व्यवसायका लागि सक्रिय हुन्छन् ।

के एक्सेलेटर ल्याब नेपालको विकासका लागि सहयोगी बन्न सक्छ त ? कम विकसित राष्ट्रको अनुभवका आधारमा के भन्नुहुन्छ ?
मैले केही समय इन्डोनेसियामा पनि काम गरें । बंगलादेशमा पनि यसलाई अघि बढाइएको छ । यसबाट केही प्रगति हासिल गर्नमा सहयोग पु-याएको छ । यसले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन बढाउँछ, प्रभावित बनाउँछ । तर, नेपालको सन्दर्भमा त्यो मोडललाई पछ्याउन गाह्रो छ । इन्डोनेसिया जकार्ताको फोहोर व्यवस्थापन र नेपालको फोहोर व्यवस्थापन फरक छ । दुवै देशका लागि त्यहाँको अवस्था फरक–फरक हुनसक्छ, तर परम्परागत मोडलबाट त नवीतममा जानैपर्छ । यसमा प्रभावकारी विश्व प्रयासहरूलाई अघि बढाउनु आवश्यक हुन्छ । गतिवद्र्धक प्रयोगशालाले केही व्यवसाय गरिरहेका र गर्न चाहेका समुदायलाई मात्र लक्षित गर्छ । यसकारण नेपालमा व्यवसाय गरेकाहरूलाई नै सहायता गरेर यसलाई अघि बढाउनु उपयुक्त हुन्छ । अर्को कुरा, डिजाइन परीक्षण पनि महत्वपूर्ण हुन्छ । यसमा समुदायको र विश्वको अभ्यास हेर्नुपर्छ । अभ्यासका आधारमा सिकाइ सिकेर समाधानका लागि अघि बढ्नुपर्छ । सिकाइले अघि जाने बाटो पनि पत्ता लगाउँछ । अर्को कुरा, यसलाई अघि बढाउन सहायताको पनि आवश्यक पर्छ । प्राविधिक तथा अन्य सहायताले पनि यसलाई अघि बढाउन सहयोग पु-याउँछ । यी सबै अनुभव र परीक्षणका आधारमा व्यवसायलगायतका आयोजनाहरू अघि बढाउँदा सफल हुने अवस्था रहन्छ ।

नेपालका अधिकांश विकासका मोडलहरू बिनाअनुसन्धान अघि बढाउने गरिएको छ । एक्सेलेटर ल्याब अघि बढाउन पनि अनुसन्धानको आवश्यकता छ । यस्तो अवस्थामा कसरी अघि बढाउन सकिन्छ ?
नवीनतम र नयाँ आविष्कारका लागि अनुसन्धान महत्वपूर्ण पक्ष हो । नेपाललगायतका धेरै देशमा पनि यो हुनु आवश्यक छ । नेपालमा सिलिकन भ्याली मोडल अपनाउनु हुँदैन । यसले असमानता बढाउँछ । अनुसन्धानबिना नयाँ आविष्कार आउन सक्दैनन् र विकासको गति पनि अघि बढ्न सक्दैन । सरकारले अध्ययन–अनुसन्धानलाई विशेष महत्व दिनैपर्छ । यसका लागि पर्याप्त बजेट पनि छुट्याउनुपर्छ । यसमा नयाँ मोेडलहरूको आविष्कार हुनसक्छ । यस्ता आविष्कारले विकासका लक्ष्य हासिल गर्नका लागि त सहयोग पु-याउँछ नै विकासको गतिलाई पनि तीव्रता दिन्छ । दु्रत विकासलाई एक्सेलेटर ल्याबले ठूलो योगदान दिन्छ । दु्रत गतिमा विकास अघि बढाउन यो आवश्यक पनि छ । धेरै देशले विकासका मोडल विकास गर्नका लागि विभिन्न अध्ययन–अनुसन्धान गरेका छन् । यसकै आधारमा अघि बढेका पनि छन् । ती मोडलहरू धेरै देशमा पनि पुगेका छन् । नेपालमा पनि नयाँ आविष्कार र नवीनतम मोडलको विकास गर्नका लागि अनुसन्धानको प्राथमिकता र उपयोग महत्वपूर्ण पक्ष हो । संस्कृति, अवधारणका साथै सम्बन्ध, वित्तमा पहुँच, यसको परियोजना, यसमा आविष्कार, नयाँ सिर्जनालगायतका कुरामा एक्सेलेटर ल्याबले महत्वपूर्ण भूमिका खेल्छ । संस्कृतिको कुरा आउँछ, अवधारणाको कुरा आउँछ । सम्बन्ध, वित्तमा पहुँच, यसको परियोजना, यसमा आविष्कार, नयाँ सिर्जनालगायतका कुरा आउँछन् । यी कुरालाई एकसाथ अघि बढाएर लक्ष्य हासिल गर्नका लागि अनुसन्धान गर्नैपर्छ । अध्ययन–अनुसन्धानले समस्या पहिचान मात्र गर्दैन, अघि जाने प्रभावकारी बाटो, यसको सिकाइमार्फत अन्य समुदायको विकास मोडलमा पनि सहायता पु-याउँछ । एक्सेलेटर ल्याबभित्र परीक्षण भएपछि यसलाई मोडलका रूपमा अघि बढाउन पनि सकिन्छ ।
एक्सेलेरेटर ल्याब संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त राष्ट्रसंघ सदस्य राष्ट्रहरूको द्रुत दिगो विकासमा सहयोग पु-याउन सुरु गरेको एक नयाँ पहल हो । नेपालमा साउन १६ गते उद्घाटन गरिएको यो एक्सेलेरेटर ल्याब, विश्वका अन्य ६० मुलुकहरूमा सञ्चालन हुने ल्याबहरूको विश्वव्यापी संजालअन्तर्गत रही काम गर्नेछ । दिगो विकासका लागि सुरु गरेको यो नयाँ पहलले नेपालजस्ता देशहरूले सामना गरिरहेका विभिन्न विकासका चुनौतीहरूको सम्बोधनका लागि नवीन तथा प्रभावकारी समाधानहरूको पहिचान, परीक्षण र विस्तारित कार्यान्वयन गर्न सहयोग गर्दै देशहरूलाई एजेन्डा २०३० र दिगो विकास लक्ष्य (एसडीजी) तिरको प्रगतिलाई गति दिन मद्दत गर्छ । यूएनडीपी, हाल १ सय ७० देशमा कार्यरत छ ।
कतार सरकार र जर्मन सरकारसँगको सहकार्यमा सञ्चालित यो एक्सेलरेटर ल्याबले राष्ट्रिय र विश्वव्यापी साझेदारहरूसँग मिलेर स्थानीय समस्याहरूको मौलिक तथा नयाँ समाधानहरू पत्ता लगाउँछ, जुन हालका जटिल विकास चुनौतीहरूको सम्बोधन गर्न उपयुक्त हुनेछ ।
एक्सेलेटर ल्याबले मुख्य रूपमा निम्न तीन सेवाहरू प्रदान गर्नेछ : नेपालभित्रै रहेका विकासका लागि प्रभावकारी समाधानहरू र नवप्रवर्तन कर्ताहरूको पहिचान गर्ने, विकासका जटिल मुद्दाहरूको सामना गर्न नयाँ दृष्टिकोणहरूको प्रयोग तथा परीक्षण गर्ने र तथ्यांकका नयाँ स्रोत तथा सामूहिक मानवीय बुद्धिलाई दिगो विकासको प्रगतिलाई तीव्र पार्नका लागि प्रयोग गर्ने । यो ल्याबलाई नेपालका प्रदेश तहमा पनि विस्तार गरी सञ्चालनमा ल्याउने योजना छ ।

सातामा धेरै पढिएको