हिमेश विक
सोमवार, माघ ७, २०७५
640

पुष्पराज कुँवर
अध्यक्ष
कैलाली उद्योग वाणिज्य संघ
२०५१ सालदेखि व्यवसायमा हात हालेका पुष्पराज कुँवर सुदूरपश्चिम प्रदेशमा एक नामुक व्यापारिक नाममा प्रसिद्ध छन् । एक सामान्य परिवारमा हुर्केका कुँवर अहिले सबैभन्दा असल र क्रियाशील व्यापारिक रूपमा देखिन्छन् । कैलाली उद्योग वाणिज्य संघमा पनि ३ कार्यकाल बिताइसकेका छन् । ३ कार्यकाल पनि एकदमै सफल रूपले निर्वाहसमेत गरेका छन् । २ कार्यकाल सदस्य र एक कार्यालय कोषध्यक्ष समेत समाहलि सकेका छन् । धनगढी कै नाम चलको होटल फ्लोरा, बडिमालिका मार्केटिङ्का पनि एक सफल मालिक हुन् । उनी नेपालमा सरकारलाई कर धेरै तिर्ने मध्येका एक हुन् ।
वाणिज्य संघको ४५ वर्षे इतिहासमा कोषाध्यक्ष बन्द कुँवरले वाणिज्य संघलाई आर्थिक रूपमा बलियो बनाएको बताउने गरेका छन् । धनगढी सदरमुकाम धनगढी, अत्तरीया, टीकापुर, लम्कीलगायतका व्यवसायी आबद्ध रहेको संघमा २७ सय सदस्य छन् । यी व्यापारीको समस्या, पीडा नेपालको व्यापार व्यवसायको अवस्था, व्यवसायीका चुनौतीका बारेमा छलफल गर्ने तयारीमा छन् । व्यापारीहरूको वृद्धि विकास, औद्योगिक विकासका लागि विज्ञहरू बोलाएर वाणिज्य संघमा छलफल कार्यक्रम गर्ने एजेन्डा छ । सबै सरोकावाला निकायलाई बोलाएर छलफल गर्ने प्रमुख एजेन्डा छ । यसै विषयलाई लिएर उद्योग वाणिज्य संघको कार्ययोजना, एजेण्डा र व्यापारीको समस्या, चुनौती र सम्भावनाका विषयमा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुष्पराज कुँवरसँग प्रदेश–७ का संयोजक हिमेश बिकले गरेको कुराकानीको सार :

कैलाली उद्योग वाणिज्य संघलाई अझै गतिशील बनाउन कसरी अघि बढ्ने सोच छ ?
भर्खरै मात्र हाम्रो पदस्थापना सम्पन्न भएको छ । हिजोको दिनमा व्यवसायहरूको माझमा जादाँखेरी व्यावसायिक एकता र आर्थिक समृद्धि हाम्रो मूल एजेण्डा थियो । त्यहीँ मुद्दामा केन्द्रित रहेर अगाडि बढ्छौं । विगतमा व्यवसायहरूलाई समस्या परेका उद्योग वाणिज्य संघले गर्न नसकेका, घरभाडा समस्याहरू सर्वप्रथम उठान गर्नेछौं । नगरमा देखिएका फोहोरमैलाको समस्या हटाउनका निम्ति पनि सम्बन्धित निकायसँग छलफल गर्छाैं । व्यवसायहरूलाई समस्या परेका करसम्बन्धी, भन्सारसम्बन्धी, बैंक, वित्तीय संस्थाहरूसम्बन्धी समस्याहरू आएका छन् उहाँहरूका लागि हेल्प डेस्क व्यवस्था गर्छौं । उद्योग वाणिज्य संघबाट यसकै लागि भए पनि एकजना प्रतिनिधि खटाउँछौं । संयोजक नै बनाएर । युवा उद्यमीको समूह बनाएर, युवा उद्योगीहरू उत्प्रेरणा दिने कार्यतिर लैजाने गर्छौं । सँग–सँगै महिला उद्यमी व्यवसायी गठन गछौं । हरेक महिनाको मासिक बैठकमा उद्योग विज्ञहरू बोलाएर अन्तरक्रिया कार्यक्रम गरेर सबै व्यापारीहरूलाई तालिम प्रदान गर्नेे कार्यक्रम सञ्चालनमा ल्याउँछौं । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी उद्योग वाणिज्य संघका वस्तुगत संगठनसँग नै अन्तरक्रिया कार्यक्रम गरेर जाने योजना छ ।

प्रस्तावित एजेण्डाहरू मूर्तरूपमा के–के छन् ?
हाम्रा आगामी एजेन्डा भनेको सर्वप्रथम त जुन एजेन्डा पूर्वपदाधिकारीहरूले गर्न नसकेका योजनाहरू छन् । त्यसलाई नै अगाडि बढाउँछौ । व्यावसायिक समस्याकाबारे अनि व्यवसायले खेपिरहेको चर्को करका बारेमा पनि आवाज उठाउने मुख्य एजेण्डा छ । जुन पुराना हाम्रा २१ बुँदे मागहरू छन् ती मागहरू स्थानीय सरकार प्रदेश सरकारसँग बसेर बाँकी रहेका मागहरू पूरा गर्नतर्फ उद्योग वाणिज्य संघ निरन्तर अभ्यासमा रहनेछ र यी हाम्रा प्रमुख एजेण्डा पनि हुन् ।

खासगरी कैलालीको व्यावसायिक समस्या के–के छन् ?
अहिले कैलाली जिल्लामा व्यावसायिकहरूको टड्कारो समस्या भनेको कर नै हो । यो समस्या यहाँ मात्र नभएर देशभरि नै छ । यहाँका व्यवसायहरू कर कार्यालबाट, भन्सार कार्यालयबाट र प्रहरी प्रशासनबाट निकै नै पीडित छन् र सास्ती भोग्दै आइरहेका छन् । यो प्रमुख समस्या र गुनासोहरू छ । यसमा उद्योग वाणिज्य संघले पहलकदमी गरेन् भनेर गुनासो व्यापारी साथीहरूबाट आइरहेको छ । अबका दिनमा यसमा उद्योग वाणिज्य संघले यो विषयको समाधानतिरका लागि व्यापारीहरूलाई बोलाएर तालिम दिने पनि गर्छौं र समस्या समाधानका लागि सम्बन्धित कार्यालयसँग गहन छलफलसमेत गर्नेछु । बजारमा अनुगमन, छापा हान्ने कुराहरू टेडिङ गराएर विज्ञहरू बोलाएर कार्यक्रम गर्ने छौं । यसरी तालिम दिँदा व्यापारीहरू पनि जागरुक हुने छन् र व्यापारीले सरकारलाई कर तिर्नुपर्ने विषयमा पनि जानकार हुनेछन् । सबै व्यापारी पनि कानुन बुझेका हुन्छन् भन्ने छैन ती व्यापारीहरूलाई पनि सरकारलाई कर तिर्नुपर्छ भन्ने कुरामा प्रष्टा उनतिर लाग्नेछौं । सबै व्यापारीहरूलाई करको दायरामा ल्याउनेतिर उद्योग वाणिज्य संघ, कैलाली लाग्नेछ । व्यापारीहरूलाई यातायातको भाडा पनि निकै नै समस्या हुने गरेको छ । यसका लागि पनि उद्योग वाणिज्य संघ सम्बन्धित निकायसँग समन्वय गरेर जानेछ ।

कैलालीमा दुईपक्षीय व्यापार–व्यवसाय विस्तार गर्न तपाईंको भूमिका के हुन्छ ?
यो जिल्ला खुला सीमा रहेको भएकाले यसमा उद्योग वाणिज्य संघ, कैलाली के भन्छ भने । सीमा नाका जिल्ला भएका पनि यहाँ चोरी, पैठारी स्वाभाविक रूपले बढ्नु हो । यहाँ दैनिक करोडौंको सामानहरू आयात भएका छन् यस्ता गलत गतिविधि नियन्त्रणका लागि एकदमै तत्पर छौं र यस विषयमा भन्सार कार्यालय, सीमा सुरक्षा कार्यालय, प्रहरी प्रशासन र प्रदेश कार्यालयहरूसँग समन्वय गरेर जानेछौं । यसरी चोरी–पैठारी हुँदा व्यवसायीहरूलाई प्रतिस्पर्धा गर्न निकै नै गाह्रो भइरहेको छ । चोरी गरी ल्याएको वस्तु बिक्री गरिदिँदा कर तिरी ल्याएका व्यापारीहरू मारमा पर्छन् र प्रतिस्पर्धा गर्दा निकै नै समस्या पर्छन् । अबको केही दिनमै सम्बन्धित निकायसँग छलफल गरेर गलत गतिविधिबाट ल्याएका कुराहरू बन्द गर्नतर्फ लाग्छौं ।
नाकामा रहेको गौरीफण्टा नाकाको स्तरोन्तिका लागि पनि दुई देशबीचका प्रदेश प्रमुखसँगका विषयमा पनि छलफल गराउन सुदूरपश्चिम प्रदेश प्रमुखलाई भूमिका निर्वाह गरिदिन हुनका लागि पनि अनुरोध गर्नेछौं । सुदूरपश्चिम प्रदेशमा गौरवका रूपमा रहेको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि उद्योग वाणिज्य संघले प्रदेश सरकार र संघीय सरकारसँग छलफल गर्नेछ ।

खासगरी समग्रमा सुदूरपश्चिम प्रदेशमा उद्योग विकासको सम्भावना कस्तो छ ?
सुदूरपश्चिम प्रदेशमा उद्योगको अवस्था एकदमै नाजुक छ । यो प्रदेशमा बाह्य लगानीकर्ताहरू लगानी गर्न नै मान्दैनन् । यहाँ लगानी गरेमा लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले लिने नभएका कारण । आएका उद्योग पनि लागनी उठ्न नसकेर फर्केका पनि छन् । यातायातको दोब्बर भाडाको समस्या कारण पनि उद्योग अवस्था एकदमै खतम छ । जबसम्म सरकारले उद्योग नीति बनाउँदैन् । प्रदेश सरकारले उद्योगीहरूको सुरक्षा र उद्योग नीति बनाउँदैन । तबसम्म उद्योगीहरू सुदूरपश्चिम प्रदेशमा आउँदैनन्, अक्र्रो कुरो यहाँका जनता पनि उद्योगी र उद्योगहरूलाई सम्मान गर्न जान्नुपर्छ । जबसम्म उद्योगी र उद्योगलाई सम्मान गर्न जान्दैनन् त्यस कारण पनि उद्योगधन्दा, कलकारखान यहाँ आउँदैनन् । यस प्रदेशका प्रदेशीवासीहरू उद्योगहरू यस प्रदेशमा भिœयान जागरुक हुनुपर्छ अनि मात्र उद्योग लगानीकर्ताहरू सम्मान जनक तरिकाले उद्योग सञ्चालन गर्छ । प्रदेश सरकारले समेत उद्योग सञ्चालनका लागि निश्चित औद्योगिक क्षेत्र नछुटाउँदा पनि निकै नै समस्या भएको छ । उद्योग सञ्चालनका लागि निकै नै समस्या भएको छ । जग्गा नहुँदा सञ्चालनमा समस्या भएको छ ।
जग्गा खरिद गर्दा उद्योग सञ्चालनभन्दा बढी त जग्गा खरिदमा पैसा लाग्ने भएको छ । खरिद गरे पनि वरिपरि समाजका कारण पनि समाजको आन्दोलन, विरोधका कारण समस्या भएको छ । यस्ता विषय समाधानका लागि प्रदेश सरकार जागरुक हुन जरुरी छ । एक किसिमको औद्योगिक नीति बनाउन जरुरी छ । यस प्रदेशमा ठूला उद्योगहरू छैनन् । ठूला उद्योगहरू यस प्रदेशमा लगानी नगर्नुको कारण ठूला नभएका कारण पनि हो । अबका दिनमा सुदूरपश्चिम प्रदेशमा ठूला उद्योग सञ्चालनका, सुक्खाबन्दरगाहाका लागि र यस प्रदेशमा लगानी भिœयाउनका लागि संघीय सरकार, स्थानीय सरकार र प्रदेश सरकारसँग छलफल गर्नेछौं ।