एजेन्सी
सोमवार, बैशाख १७, २०७५
5355

स्पेनकी एक महिला हाल सोशल मिडियामा भाइरल भएकि छन् । उनी सोशल मिडियामा भाइरल हुनुका पछाडिको कारण उनको अनुहार बनेको छ । यी महिलाको अनुहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै आधारमा मिल्दो जुल्दो भएकालेनै उनको चर्चा व्यापक भएको हो । हाल विश्वका मानिसहरुले उनको अनुहारको विषयलाई लिएर विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् ।
गत साता इन्ट्राग्राममा डोलरेस लीजको तस्बिर सबैभन्दा पहिला सार्वजनिक भएको थियो । उक्त तस्बिरमा उनलाई खेतमा देखिएको थियो । उनको काँधमा कोदालो जस्तो बस्तु पनि देखिएको थियो । यो पछि हजारौ मानिसले उनको तस्बिर शेयर गर्न सुरु गरेका थिए ।
६४ वर्षिय यी महिला विस्तारै विस्तारै अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित भइन् । हाल आएर भने उनीसँग अमेरिकी नीति तथा अन्तर्राष्ट्रिय विषयमा प्रतिक्रिया माग्न थालिएको छ । यद्यपि उनलाई भने यी सबै कुराको सट्टा आफ्नो आलुलाई लिएर चिन्ता बढ्दै गएको उनले बताइन् ।