कारोबार संवाददाता
मंगलबार, माघ २८, २०७६

नेपाल धितोपत्र बोर्डले बिमा तथा गैर बैंकिङ संस्थालाई पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको छ । बोर्डले सामुहिक लगानी कोष नियमावली, २०६७ लाई संशोधन गरी आगामी फागुनदेखि बिमा तथा गैर वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।

1162
रासस
बुधवार, माघ १५, २०७६

प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बिमा गराएका हुन् ।

1079
कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६

नेपालमा जीवन बिमाको बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जीवन बिमा व्यवसाय गर्ने बिमकहरूका बीचमा आपसी छलफल तथा सहजीकरणमार्फत जीवन बिमासम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु-याउन मुनाफा रहित संस्थाका रूपमा ‘जीवन बिमक संघ नेपाल’ नामक संस्थाको स्थापना भएको छ ।

1247
कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बिमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

1245
कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उहा“ यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्षसमेत रहेका छन् ।

1033
कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६

बिमा समितिले बिमा कम्पनीहरुले बिमितलाई गर्ने दाबी भुक्तानीको म्याद तोकिदिएको छ । समितिले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै म्याद तोकेको हो । जस अनुसार जीवन बिमा कम्पनीहरुले बिमा शुल्कको अन्तिम किस्ता तिरिसकेको मितिले १५ दिनभित्रमा दाबी भुक्तानी लिन चाहिने कागजात संलग्न गरी दाबी लिन आउन बिमितलाई सूचना जारी गर्नुपर्नेछ । यसरी सूचना जारी गरेपछि बिमितले आवश्यक कागजात पेश गरेको मितिले ७ दिनभित्रमा दाबी भुक्तानी दिनुपर्ने समितिद्वारा जारी मार्गदर्शनमा उल्लेख छ । यसरी जीवन बिमाको दाबी बढीमा २२ दिनभित्रमा भुक्तानी गरिसक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

1174
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पूरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको कम्पनीले जनाएको छ ।

917
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक मृतक विमितका परिवारलाई मृत्यु दावी रकम उपलब्ध गराएको छ । बिर्तामोडमा मंगलवार मृत्यु दावी भुक्तानी कार्यक्रम गरी मृतक इन्द्रप्रसाद दंगालको परिवारलाई एक करोड ३ लाख १५ हजार रुपैयाँ विमा रकम हस्तान्तरण गरेको हो ।

1784
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सञ्चालन विस्तार गरेको छ ।

1279
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बिमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले सीईओ पदको पदवहाली गरेको कम्पनीले जनाएको छ ।

1215
कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तक्र्रिया तथा सम्मान कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

1259
कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६

‘जीवन बिमासहितको खुसीको बचत, जीवन बचत’ भन्ने सन्देशकासाथ एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बिमा शुल्क जीवन बिमा योजना बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन बचत’ योजनाको सार्वजनिक अनावरण बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले गरे ।

1117
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बिमा सेवाको एक समारोहकाबीच शुभारम्भ गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले घुम्ती बिमाको माध्यमबाट सहज रूपमा बिमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्याधिक लाभका लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बिमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरे ।

1160
दीननाथ बराल
आइतवार, पुष १३, २०७६

नेपाल बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले बिमा भएको ल्याप्स केसलाई न्यूनतम ५ प्रतिशत भन्दा कममा झार्न बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । लाइफ इन्शोरेन्स कपोरेशन (नेपाल) लिमिटेड गण्डकी प्रदेश कार्यालयको पोखरामा उद्घाटन गर्दै अध्यक्ष चापागाइँले हाल बिमाको संख्या बढेसँगै बिमा ल्याप्स केससमेत बढ्दै गएकोमा त्यसलाई न्यूनतम ५ प्रतिशत भन्दा कममा झार्न बिमा कम्पनी तथा बिमा अभिकर्ताहरुलाई निर्देशन दिएका छन् ।

1223
कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारणसभाले सञ्चलाक समितिको तर्फबाट पेस भएको आव २०७४-७५ को वार्षिक प्रतिवेदन, आव २०७४-७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमा बमोजिमको वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

1893