कारोबार संवाददाता
बुधवार, चैत्र १३, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा अभिकर्ता अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ । आइतबार कम्पनीका महाप्रवन्धक कमलराज गौतम र प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको उपस्थितिमा उक्त अन्तक्र्रिया गरिएको हो । बिमा गराउँदा अभिकर्ताहरूले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्नुका साथै अभिकर्ताहरूमाथि ऊर्जा प्रदान गर्न अन्तक्र्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

1012
कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमबीच ५० लाखसम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो ।

960
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

स्वास्थ्य बिमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमाबोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचार–प्रसारसँगै बिमितहरूको नाम दर्ताको कार्य सुरु गरेको हो ।

949
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले देशभर रहेका आफ्ना १ सय २० शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्ने छ ।

894
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

जिल्लाको डिलाशैनी गाउँपालिका–६ कुयादहकी लीलादेवी विष्टले गत वर्ष वित्तीय संस्थाबाट ऋण लिएर एउटा जर्सी गाई ल्याइन् । ५० हजार रुपैयाँमा ल्याएको गाई एक वर्ष त दुहिन पनि उनले तर दोस्रो बेतमा ब्याउने रहेको गाई बिरामी परेर म¥यो । तर, पनि उनलाई क्षति भएन । किनकी लीलाले उक्त गाईको बिमा गराएकी थिइन् । गाईको बिमा गरेकाले बिमा कम्पनीले बिमा दाबीबापत ४५ हजार रुपैयाँ गाई मरेको २१ दिनमै दियो । उनले त्यही पैसाबाट अहिले भैंसी खोजेकी छन् ।

985
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको छ ।

885
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

बिमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससीस) ले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

947
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । ई–सेवामार्फत पहिलो पटक जीवन बिमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरु भएको कम्पनीले जनाएको छ । ई–सेवाबाट विभिन्न ८ वटा निर्जीवन बिमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिने भन्ने कम्पनीले पहिलो पटक जीवन बिमा कम्पनीले अनलाइनमार्फत प्रिमियम भुक्तानी लिन सुरु गरेको पनि जनाएको छ ।

953
मकरराज धामी
बुधवार, फाल्गुन २९, २०७५

आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बझाङमा पनि प्रभावकारी बन्दै गएको छ । भगौलिक विविधता, गरिबी, नागरिकको चेतनास्तर लगायतका कयौँ चुनौती हुँदाहँुदै पनि स्वास्थ्य विमा गर्ने सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

905
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । ई–सेवामार्फत पहिलो पटक जीवन बिमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरु भएको कम्पनीले जनाएको छ । ई–सेवाबाट विभिन्न ८ वटा निर्जीवन बिमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिने भन्ने कम्पनीले पहिलो पटक जीवन बिमा कम्पनीले अनलाइनमार्फत प्रिमियम भुक्तानी लिन सुरु गरेको पनि जनाएको छ ।

882
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवाका लागि परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइअनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बिमा योजना ल्याएको जनाएको छ । योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिनदेखि ५ लाखको १ वर्षे दुर्घटना जीवन बिमा हुनेछ ।

883
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । ०७५ माघ २७ गतेबाट कारोबार सञ्चालन गरेको नेपालको १९ औं जीवन बिमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

923
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यका बाहिर पनि विस्तार भएको छ । सञ्चालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।

780
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५

स्वास्थ्य बिमा सुरु भएको १९ महिनामा कर्णाली प्रदेशका १ लाख ३९ हजार ५ सय २० जनाले बिमा गरेका छन् । नेपाल सरकारले आर्थिक वर्ष ०७२-०७३ बाट स्वास्थ्यबीमाकार्यक्रम सञ्चालन गरेको भएपनि कर्णालीमा भने आर्थिक वर्ष ०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको थियो । कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुमपश्चिम र कालीकोटमा कार्यक्रम लागू गरिएको छ । स्वास्थ्य बिमाबोर्ड कर्णालीप्रदेश कार्यालयका अनुसार कार्यक्रम लागू भएदेखि हालसम्म ३५ हजार ५१९ जनाले सेवा लिएका छन् । विमित नागरिकहरूलाई सेवा दिएबापत सेवाप्रदायकलाई ४ करोड ४० लाख ५६ हजार ७ सय ३८ रुपैयाँ भुक्तानी गरेको स्वास्थ्य बिमाबोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।

880
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २१, २०७५

चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।

973

सातामा धेरै पढिएको