कृष्ण न्यौपाने
आइतवार, पुष २२, २०७५

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने असहाय एवं आर्थिक रूपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराउने भएको छ ।

776
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

सम्पत्ति बिमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । बिमा समितिले २०५८ सालको सम्पत्ति बिमा निर्देशिका आइतबार परिमार्जन गरेपछि बिमाको शुल्क घट्ने भएको हो । निर्देशिकालाई समय सापेक्ष बनाउन परिमार्जन गरिएको समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले बताए ।

768
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नेपाल सरकारले चालू आव ०७५/७६ को बजेट वक्त व्यबाट व्यवस्था गरेबमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

804
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ जीवन बिमा योजना ‘श्रीवृद्घि जीवनबिमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट बिहीबार उक्त जीवनबिमा योजना सार्वजनिक गरिएको हो ।

842
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई विशिष्ट अतिथिहरू सूचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटिङ विभाग प्रमुख नविन थापा, अतिथि कम्पनिका ५ नं. प्रदेश प्रमुख शिव पौडेललगायत रहेका थिए ।

745
अमृता राई
सोमवार, पुष २, २०७५

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बैंकान्स्योरेन्ससम्बन्धी सेवा आदान–प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

745
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे कीर्तिपुरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले गरेका थिए । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो ।

598
यादव हुमागाई
शुक्रवार, मंसिर २८, २०७५

संघीय बिमा ऐन जारी गर्न ढिलाई भएसँगै बिमा व्यवसाय विस्तारका योजनाहरू समेत ओझेलमा परेका छन् । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले संघीयता अनुसार बिमालाई व्यवस्थित गर्नका लागि विभिन्न कार्यक्रम बनाएपनि ऐनकै कारण कार्यक्रमहरू सुरु हुन सकेका छैनन् ।

632
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवारअन्तर्गत ‘हुन्डाई क्येर’ योजना ल्याएको छ । जसमा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्यबिमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

668
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

मारुती सिमेन्टद्वारा यही मंसिरको दोस्रो सातादेखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनीलगायत काठमाडौं उपत्यकामा उल्लासपूर्ण ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रमको आयोजना गरेको छ । ५ सय जनाभन्दा अधिक निर्माणकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा मारुती सिमेन्टद्वारा निर्माणकर्मीहरूलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न नकारी दिनुका साथै उनीहरूलाई ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बिमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ ।

666
रासस
आइतवार, मंसिर २३, २०७५

सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।

901
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

गोरखामा एक वर्षमा करिब २३ हजार पशुको बिमा गरिएको छ । जिल्लामा पशु बिमा गराउँदै आएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अनुसार गत आर्थिक वर्ष ३ हजार ७ सय ३२ घरको २२ हजार ९ सय ८० पशुको बिमा गरिएको छ । किसानले व्यावसायिक रूपमा पशपालन गर्ने क्रम बढेसँगै पशुुबिमा गराउने संख्या पनि बढ्दै गएको इन्स्योरेन्सका जिल्ला प्रतिनिधि शंकर कुँवरले जानकारी दिए ।

767
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

बिमा कम्पनीका सञ्चालकहरूले संसदमा छलफलका क्रममा रहेको बिमा विधेयकका २२ वटा दफामा संशोधन गर्न माग गरेका छन् । अर्थ समितिको सोमबार भएको बैठकमा उनीहरूले संशोधन तथा खारेजीको सुझाव दिएका हुन् ।

762
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालू आव ०७५/७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाका लागि सम्झौता सम्पन्न भएको छ ।

713
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र देवः विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच बिहिबारका दिन आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

527