कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । ई–सेवामार्फत पहिलो पटक जीवन बिमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरु भएको कम्पनीले जनाएको छ । ई–सेवाबाट विभिन्न ८ वटा निर्जीवन बिमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिने भन्ने कम्पनीले पहिलो पटक जीवन बिमा कम्पनीले अनलाइनमार्फत प्रिमियम भुक्तानी लिन सुरु गरेको पनि जनाएको छ ।

408
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवाका लागि परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइअनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बिमा योजना ल्याएको जनाएको छ । योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिनदेखि ५ लाखको १ वर्षे दुर्घटना जीवन बिमा हुनेछ ।

381
कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । ०७५ माघ २७ गतेबाट कारोबार सञ्चालन गरेको नेपालको १९ औं जीवन बिमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

410
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यका बाहिर पनि विस्तार भएको छ । सञ्चालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।

273
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५

स्वास्थ्य बिमा सुरु भएको १९ महिनामा कर्णाली प्रदेशका १ लाख ३९ हजार ५ सय २० जनाले बिमा गरेका छन् । नेपाल सरकारले आर्थिक वर्ष ०७२-०७३ बाट स्वास्थ्यबीमाकार्यक्रम सञ्चालन गरेको भएपनि कर्णालीमा भने आर्थिक वर्ष ०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको थियो । कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुमपश्चिम र कालीकोटमा कार्यक्रम लागू गरिएको छ । स्वास्थ्य बिमाबोर्ड कर्णालीप्रदेश कार्यालयका अनुसार कार्यक्रम लागू भएदेखि हालसम्म ३५ हजार ५१९ जनाले सेवा लिएका छन् । विमित नागरिकहरूलाई सेवा दिएबापत सेवाप्रदायकलाई ४ करोड ४० लाख ५६ हजार ७ सय ३८ रुपैयाँ भुक्तानी गरेको स्वास्थ्य बिमाबोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।

398
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २१, २०७५

चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।

467
रासस
सोमवार, फाल्गुन २०, २०७५

४४ औँ जिल्लाका रूपमा बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको छ । ‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नारासहित सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको हो । बाँकेमा कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिए । उहाँले स्वास्थ्य बीमा परिचयपत्र बनाएर सेवा प्रारम्भ गरिएको बताए । प्रत्येक वडामार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरुले घरदैलो गरेर सदस्यता दर्ता गर्नेछन् ।

306
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १६, २०७५

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यलाई बिमा रकम भुक्तानी गरेको छ । बैतेश्वर गाउँपालिका–६ नाम्दुमा बुधबार आयोजित एक कार्यक्रमकाबीच संस्थाबाट ऋण लिने सदस्यको मृत्युपश्चात् परिवारलाई बिमा बापतको रकम हस्तान्तरण गरेको हो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नाम्दुले होमकुमार आचार्य र सारादा दाहालको संस्कृतिसभा आयोजना गरेर बिमा रकम हस्तान्तरण गरेको हो । कम्पनीको ऋणि सदस्य सारादाका २ छोरा गणेश दाहाल र विष्णु दाहाल गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बिमाबापत प्राप्त १ लाख ३३ हजार हस्तान्तरण गरे ।

475
कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । मंगलबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारी प्रस्तावक तथा अञ्जना विसंखे र मनकुमारी जिसी समर्थक रहेको उक्त सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको हो ।

466
कारोबार संवाददाता
आइतवार, फाल्गुन १२, २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु¥याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव कार्यक्रममा उनले भने, “ग्रामीण जनसमुदायमा बिमाको पहुँच अत्यन्त न्यून छ, अब बिमा कम्पनीहरूले ती ठाउँमा पहुँच पु¥याउने काम गर्नुपर्छ ।”

562
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले सुदूरपश्चिम, कर्णाली र ५ नम्बर प्रदेशको अभिकर्ता पुनर्ताजकीय तालिम धनगढीमा सम्पन्न भएको छ । उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरी बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

425
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । पाताराशि, गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ७ सय १६ जना किसानले क्षतिपूर्ति पाएका हुन् ।

682
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले नेपालगन्ज शाखा, घोराही शाखा तथा बुटवल शाखा गरी नयाँ तीन शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । नेपालगञ्ज, घोराही तथा बुटवल तीनवटै शाखा कार्यालयहरूको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले आइतबार, सोमबार तथा बुधबार गरेका थिए ।

613
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम जीवन बिमा योजना ल्याउने क्रममा पारिवारिक खुसीका पलहरूमा आर्थिक सुरक्षाको अनुभूति प्रदान गर्न ‘दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बिमा योजना चलनमा ल्याएको छ ।

731
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

बाँके र बर्दियाका १४ सय बढी कुखुरा व्यवसायीले बिमा कम्पनीहरूले कुखुराको बिमा गर्न नमानेको गुनासो गरेका छन् । उनीहरूले आफूले पालेका पन्छीको बिमा नहुँदा ठूलो जोखिम मोलेर व्यवसाय गर्नुपरेको बताएका छन् ।

533