कारोबार संवाददाता
सोमवार, आश्विन ६, २०७६

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ अभिकर्ताहरूको राष्ट्रिय सम्मेलन ‘चेयरपर्सन क्लब’ समारोह काठमाडौंमा आइतबार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५-०७६ मा मुलुकभरि रहेका कम्पनीको ४७ हजार ४ सय अभिकर्ताहरूमध्ये उत्कृष्ट व्यवसाय गर्ने २ सय ३७ जना अभिकर्ताहरूलाई सम्मानित गरिएको भन्दै कम्पनीले कार्यक्रमको उद्घाटन अध्यक्ष श्रीमती प्रेमा सिंहले गरेको पनि जनाएको छ ।

2118
कृञ्जला पुलामी
शुक्रवार, आश्विन ३, २०७६

सिन्धुलीको कमलामाई नगरपालिकाले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । नगर क्षेत्रभित्र बसोबास गरेका सुकुम्बासी, गरिब, विपन्न, मजदुर किसानहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो । नगरपालिकाको चालू आर्थिक वर्ष ०७६-७७ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सागरकुमार ढकालले बताए ।

649
कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६

राष्ट्रिय बिमा कम्पनी र कर्मचारी सञ्चयकोषबीच सञ्चयकर्ताहरूको १ लाख रुपैया“ बराबरको औषधोपचार तथा १० लाख रुपैया“ बराबरको घातक रोगको उपचारका लागि बिमा गर्ने सम्बन्धमा मिति २०७५ साल कात्तिक २८ गते सम्पन्न भएको समझदारीको आधारमा मिति २०७५ मंसिर १ गतेदेखि लागू हुने गरी बिमालेख जारी गरेको छ ।

780
कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) कोे अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुको राष्ट्रिय सम्मेलन विहीबार तथा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ ।

578
कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंगलबार बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

614
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको जनाएको छ । कम्पनीले २१ भदौदेखि २४ भदौसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको भन्दै कम्पनीले उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेको बताए ।

648
कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

युनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा संस्थापक शेयरधनी एनई गु्रपका तर्फबाट अध्यक्ष परिवर्तन गरिएको छ । यसअघि उदयकृष्ण उपाध्यायले प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्षता गर्दै आएकोमा एनई गु्रपको भदौ २ गतेको पत्रअनुसार भरतबहादुर कार्कीलाई मनोनयन गरी सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पठाएको छ ।

794
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टाछुट्टै बिमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

569
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

नेपालको पहिलो बिमा कम्पनीको रुपमा २००४ मा स्थापना भएको नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०७४-७५ कोे ७० औं वार्षिक साधारण सभाले आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनस सेयर बितरण गर्नका लागि साधारण सभामा प्रस्ताव पारित गरेको छ ।

1229
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइतबार वीरगन्जको पर्सामा बसेको १७ औं वार्षिक साधारणले आव २०७४÷७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको जनाएको छ ।

590
कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बिमाशुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाइलमा रहेको खल्ती एपमार्फत सिधै बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

758
कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६

मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन सहरमा पुगेको छ । मेरो सुरक्षाले पूर्वका विराटनगर, इटहरी र धरानमा आफ्नो सेवा विस्तार गरेको हो ।

806
कारोबार संवाददाता
मंगलबार, श्रावण १४, २०७६

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड लिमिटेडको विद्यमान सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६ को अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्न सोमबार सम्झौता गरेको जनाइएको छ ।

945
यादव हुमागाई
बुधवार, श्रावण ८, २०७६

बिमा समितिले दिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पु-याउन एक दर्जन बिमा कम्पनी असफल भएका छन् । तीन पटक समयावधि थप गर्दा पनि पुँजी पु-याउन नसकेपछि ती कम्पनीहरूलाई समितिले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

897
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६

नेपाल इन्जिनियर्स एसोसिएसनले आज (शुक्रबार) मनाउने एसोसिएसनको ५७ औं इन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ । ५७ औं दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले उक्त दिवस प्रधानमन्त्री केपी शर्मा ओलीले (आज) शुक्रबार बिहान ११ बजे उद्घाटन गर्ने जानकारी गराएको हो ।

1509