कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

निजी क्षेत्रबाट सञ्चालित ७० वर्ष पुरानो नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को ७९ औं वार्षिक साधारण सभाबाट ४.५२ प्रतिशत बोनस सेयर पारितपछि बिमा समितिले तोकेको समयभित्र १ अर्ब पुँजीवृद्धिको लक्ष्य हासिल गरेको छ । कम्पनीले बोनस वितरण पश्चात् हुने पुँजी वृद्धिको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेको छ ।

1303
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले बिहीबार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे ।

1217
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागार्इंले जलविद्युत्को जोखिम घटाउनका लागि बिमा अवश्यकता रहेको बताएका छन् ।

940
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय चन्द्रपुरको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कम्पनीका ब्रान्ड एम्बेस्डर तथा धुर्मुस–सुन्तली फाउन्डेसनका उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) ले पानसमा बत्ती बालेर उपशाखाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा कम्पनीका ब्रान्ड एम्बेस्डर सुन्तलीले जीवन बिमाको क्षेत्रमा आएको सन नेपाल नयाँ कम्पनी भए पनि यसले गर्ने काम, सेवा देशकै उत्कृष्ट रहेको बताइन् ।

860
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

झापाको हल्दिवारी गाउँपालिका–२ अन्तर्गतको वडा कार्यालयले नेपालमै पहिलो पटक चिया बगानमा कार्यरत चिया मजदुरको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

1134
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

सानिमा लाइफ इन्स्योरेन्सले विराटनगर, इटहरी तथा बिर्तामोडमा आफ्ना नयाँ शाखाहरू खोलेको छ ।

945
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

आईएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

926
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

रिलायन्स लाइफ इन्स्योरेन्सले नववर्ष–२०७५ को अवसर पारेर आफ्ना ग्राहकका लागि ‘मेरो मुटु बालजीवनबीमा’ योजनाअघि ल्याएको छ । एक महिनाको उमेरदेखि नै बच्चाको बिमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको विशेषता भएको भन्दै कम्पनीले यस योजनाले बच्चाको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्ने पनि बताएको छ ।

1025
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

नेपालको जीवन बिमा क्षेत्रमा प्रिमियम संकलकका रूपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा छन् ।

1957
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

सानिमा लाइफ इन्स्योरेन्सले विभिन्न जिल्लमा चार शाखा उद्घाटन गरेको जनाएको छ । सानिमा लाइफ इन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागार्इं र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समुपस्थिति डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा शाखा कार्यालयको सोमबर उद्घाटन सम्पन्न भएको छ ।

1699
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

“सुरुवाती चरणमा कृषि बिमा गर्न हामी हिच्किचाउँथ्यौं, बिमा समितिले कृषि बिमा प्रबद्र्धन गर्न हामीलाई जवरजस्ती गाउँ धकेलेको महसुस हुन्थ्यो,” नेपाल विमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले भने, “अहिले त समितिले ठीकै गरेको जस्तो लागेको छ किनकी कृषि बिमासँगै बिमाको क्षेत्र बढेको छ, कृषक–बिमक दुबै पक्षलाई फाइदा पुगेको छ ।”

1581
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

सेञ्चुरी कमर्सियल बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्सको सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन् ।

1130
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरि शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका सञ्चालक बद्रीविशाल घिमिरेद्वारा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईं, कम्पनीका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, कम्पनीका प्रबन्धक उषा खतिवडालगायत स्थानीय व्यक्तिहरू समेतको समुपस्थितिमा मकपानपुरको हेटौंडा तथा पर्साको वीरगन्जमा विधिवत रूपमा दुइटा शाखा कार्यालयको बिहीबार उद्घाटन भएको छ ।

1107
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । एभरेस्टका ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले दुवै कम्पनीबीच मंगलबार बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको हो ।

1427
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

०६४ चैत २१ गतेबाट कारोबार प्रारम्भ गरेको एसियन लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकालका १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । यस कम्पनीले १० वर्षकोे अवधिमा नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ६८ वटा जिल्लामा कुल २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयहरूको स्थापना गरी देशको अधिकांश जिल्लाहरूमा बिमा सेवा विस्तार गर्न सफल भएको पनि कम्पनीले जनाएको छ ।

1272