मुना कुँवर
शुक्रवार, माघ २६, २०७४

मुलुकको बिमा क्षेत्रमा नयाँ तीन निर्जीवन बिमा कम्पनी थपिएका छन् । नियामक निकाय बिमा समितिको निर्देशनअनुसार पुँजी कायम गरेका कम्पनीहरूले बुधबार बिमा व्यवसाय सञ्चालन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) प्राप्त गरेका छन् । यससँगै नेपालमा निर्जीवन बिमा कम्पनीको संख्या २० पुगेको छ ।

1511
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

बिमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईंले बुधबार नेसनल लाइफ इन्स्योरेन्सको काठमाडौं न्युरोड शाखा कार्यालयको उद्घाटन गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको व्यवसाय वृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरूलाई सेवा विस्तारमा सहयोग पु¥याउने प्रयोजनका लागि नयाँ शाखा खोलिएको बताइन् ।

1023
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

पेन्सन...अबनो टेन्सन’ भन्ने सन्देशका साथ न्यूनतम ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरूलाई लक्षित गरी एलआईसी नेपालले ‘जीवनअक्षय–१’ नामक पेन्सन बिमा योजना बजारमा ल्याएको छ । सोमबार माघ २२ गते एक समारोहबीच सो योजनालाई बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले औपचारिक रूपमा सार्वजनिकीकरण गरे ।

868
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

आईएमई जनरल इन्स्योरेन्सले थप दुई शाखा कार्यायहरू झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङको विराटचोकमा सामेबारदेखि सञ्चालनमा ल्याएको छ । सो शाखाहरूको उद्घाटन कम्पनीका सञ्चालकद्वय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रूपमा गरे ।

671
रासस
मंगलबार, माघ २३, २०७४

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बाजुरामा पनि सञ्चालन हुने भएको छ । स्वास्थ्य बिमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बिमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बिमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पुर्याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताए ।

883
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेपालका निर्जीवन बिमा कम्पनीहरूको कुल लगानीमध्ये करिब ७५ प्रतिशत रकम वाणिज्य बैंकको मुद्दती खातामा थुप्रिएको छ । बिमा समितिको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७४÷७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले मुद्दती खातामा मात्रै २३ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । उक्त अवधिमा नेपालमा पुनर्बिमा कम्पनीसहितले ३१ अर्ब ८५ करोड रुपैयाँ बैंकमा जम्मा गरेका छन् ।

1303
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

जोखिमलाई आफ्नै क्षमताभित्र बहन गर्न सक्नु वा भविष्यमा आउन सक्ने जोखिमको पहिले नै अनुमान गरी त्यसको रक्षावरण गर्नु नै जोखिम व्यवस्थापन हो । जोखिमलाई व्यवस्थापन गर्ने उत्तम उपकरण भनेको बिमा हो । बिमा कम्पनीलाई निश्चित बिमाशुल्क बुझाई बिमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । यस जोखिम व्यवस्थापनको उत्तम विकल्प मानिन्छ । आजको आधुनिक युगमा जोखिम व्यवस्थापनको सर्वोत्तम उपाय पनि यही हो ।

1681
मुना कुँवर
शुक्रवार, माघ १९, २०७४

जीवन बिमा कम्पनीहरूले घरैमा पुगेर अभिकर्ता लाइसेन्स वितरण गर्न थालेका छन् । बजार विस्तार गर्ने प्रतिस्पर्धामा उत्रिएका कम्पनीहरूले व्यवसाय बढाउन बिमितलाई नै अभिकर्ताको लाइसेन्स दिन गरेको पाइएको छ । अभिकर्ता भनेको बिमा कम्पनी र बिमितबीचको मध्यस्थकर्ता हो । कुनै पनि बिमा कम्पनी वा समितिले आयोजना गरेको अभिकर्ता तालिममा सहभागी भएका व्यक्तिले अभिकर्ताको लाइसेन्स लिन सक्छन् ।

1496
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरका रूपमा नेपालका चर्चित कलाकारद्वय जितु नेपाल र स्वस्तिमा खड्कालाई दुइ वर्षका लागि अनुबन्धित गरेको जनाएको छ ।

1026
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) तनहुँले निर्माणका खटिने मजदुरहरूको दुर्घटना बिमा गराउन माग गरेको छ । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै क्युपेक तनहुँले भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरूको अनिवार्य दुर्घटना बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।

1061
मुना कुँवर
बिहिवार, माघ ११, २०७४

सरकारले अनिवार्य गरेको लघुबिमा योजना सञ्चालन गर्न जीवन बिमा कम्पनीहरू सक्रिय देखिएका छन् । बिमा समितिको तथ्यांकअनुसार हालसम्म १३ कम्पनीले (पुलबाहेक) १ लाख ३३ हजार ८ सय ८० लघुबिमा जारी गरेका छन् । ९ वटा जीवन बिमा कम्पनीमध्ये ७ कम्पनीले लघुबिमा जारी गरेका छन् भने १७ निर्जीवन कम्पनीमध्ये जम्मा ६ वटा कम्पनीले लघुबिमा जारी गरेका छन् । कम्पनीले ११ अर्ब ७ करोड बिमांक बराबरको लघुबिमा योजना जारी गरेका छन् । जसबापत कम्पनीहरूले १४ करोड ४८ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । उक्त अवधिमा कम्पनीहरूमा ५ सय ५१ वटा दाबी बराबर ४ करोड ९१ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गरेका छन् ।

1462
मुना कुँवर
आइतवार, माघ ७, २०७४

नेपालको बिमा क्षेत्रमा नयाँ कम्पनीहरूको प्रवेशसँगै जसरी कर्मचारीको अभाव चुलिएको छ, त्यसैगरी व्यवसायिक अभिकर्ताको समस्या पनि देखिन थालेको छ । पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न आवश्यक दक्ष अभिकर्ताको नपाउँदा पुराना अभिकर्तालाई नै विभिन्न प्रलोभन दिएर कम्पनीहरूले आकर्षित गरि रहेका छन् भने जथाभावी अभिकर्ताको लाइसेन्स वितरण गरिरहेका छन् ।

1186
मुना कुँवर
शुक्रवार, माघ ५, २०७४

जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालू आर्थिक बर्ष २०७४-७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको समितिको तथ्यांकमा उल्लेख छ । यो रकम कम्पनीहरूको कुल लगानीको करिव ५ प्रतिशत हो । बिमा कम्पनीहरूले अन्य कम्पनीहरूको सेयरमा आफनो कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने समितिले व्यवस्था गरेको छ । जसमध्ये पब्लिक कम्पनीको साधारण सेयरमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउनछन् । त्यस्तै, उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा ५ प्रतिशत तथा इन्भेष्टमेन्ट कम्पनीमा २ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

1380
मुना कुँवर
बिहिवार, माघ ४, २०७४

जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई फकाउन जथाभावी ऋण प्रवाह गर्ने गरेको पाइएको छ । व्यवसाय प्रबद्र्धनका लागि भन्दै अभिकर्तालाई आकर्षित गर्न कम्पनीहरूले मनपरी ढंगले कर्जा प्रवाह गर्न थालेका हुन् । कम्पनीहरूले अभिकर्ताको लागि समयसमयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् । जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्यटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् ।

1882
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

कर्णालीमा पहिलो केही वर्षयता निर्जीवन बिमाप्रति आकर्षण बढ्दै गएको छ । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बिमाप्रतिको आकर्षण बढ्दो क्रममा देखिन्छ । सरकारी कार्यक्रम अनुसारले इन्स्योरेन्स कम्पनीहरू अहिले कर्णालीका ग्रामिण क्षेत्रमा जाने गरेका छन् ।

933