सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पुराउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ ।
प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज आफू मेडिकल साइन्स ‘पुरानो मेडिकल कलेज भरतपुर, चितवन’ बीच बिमा सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।
आधा दर्जनभन्दा बढी बिमा कम्पनीहरू प्रमुख कार्यकारी अधिकृत (सीईओ)बिना नै सञ्चालनमा रहेका छन् । बिमा समितिले संस्थागत सुशासन निर्देशिका परिवर्तन गरी सीईओको पदपूर्तिसम्बन्धी व्यवस्था हटाएपछि बिमा कम्पनीले सीईओको पदपूर्ति गर्न आलटाल गरेका हुन् ।
सिन्धुलीमा पशु बिमा कार्यक्रम प्रति कृषकहरूको आकर्षण बढ्न सकेको छैन । पशु बिमा कार्यक्रमबारे जिल्लाका ग्रामीण क्षेत्रका कषकहरूलाई जानकारी नहुँदा उनीहरू कार्यक्रमको पहुँचमा आउन सकेका छैनन् ।
नेपाल पुनर्बिमा कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६० लाख कित्ता साधारण सेयरहरू सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरे ।
विगत २२ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा काम गर्दै आएको नेको इन्स्योरेन्स कम्पनी कृषक र व्यापारीको लोकप्रिय बन्दै गएको छ । यस कम्पनीले दैलेखका दुर्गम क्षेत्रमा पुगी कम्पनीले सेवा विस्तार गर्दै आएको हो ।
हुम्लाको कुल जनसंख्या ५० हजार ८ सय ५८ मध्ये २ हजार ५ सय जनाले मात्र जीवन बिमा गरेका छन् । बाँकी रहेका ४८ हजार ३ सय ५८ जना भने बिमाको पहुँचभन्दा बाहिर छन् । बिमाका बारेमा प्रयाप्त जानकारी नहुनु र बिमाको प्रभावकारिता कम हुनुले हुम्लामा ९५ प्रतिशतभन्दा बढी बासिन्दाले बिमा सेवा लिन सकेका छैनन । बिमा भनेको अर्थ नै थाहा हुन नसक्दा र बिमा गर्दा हुने फाइदाको बारेमा जानकारी नहुँदा बिमा गर्नेको संख्यामा कमी आएको हो ।
बिभिन्न बिमा कम्पनीहरूले आफ्ना अभिकर्ताहरूलाई बिमा गराएबापत बोनस तथा पुरस्कार दिने भएकाले अभिकर्ताहरूले सेवाग्राहीसँग इमोसनल ब्याकमेलमा बिमा गराउनसमेत थालेका छन् । सेवाग्रहीलाई साइनो गाँसेर, नाता जोडेर र बिभिन्न प्रलोभनमा पारेर बिमा गराउँदा आम नागरिकहरूलाई बिमा प्रतिनकरात्मक धारणको विकास भएको छ । छिमेकी भाइबहिनीहरू आउँछन्, विभिन्न साइनो गाँस्छन, अनि बिमा नगराइ जाँदैन्न, फिदिमका एक व्यक्तिले कारोबारसँग भने ।
झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच बैंकास्युरेन्स सम्झौता सम्पन्न भएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोबार विधिवत रूपमा सञ्चालन भएको एक वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको छ ।
प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबीच बिमा सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायव महाप्रबन्धक दीपेन्द्रराज गौतम र ब्लु क्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक सति गौतम सिंहले हस्ताक्षर गरे ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बिमा योजना ‘जीवन सञ्जीवनी’ (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ ।
स्वास्थ्य बिमा लागू हुँदा तनहुँमा आकर्षण निकै बढ्यो । स्वास्थ्य बिमाको फाइदाले सर्वसाधारण बिमा गर्न अग्रसर भए । तर, पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमामा आकर्षण घटेको पाइएको छ ।
स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आईएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल, धनगढी, कैलालीबीच आफ्ना ग्राहकहरूलाई नगदरहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।