कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६

गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रूपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल -याडिसनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आबद्ध भएकी हुन् ।

114
कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी )को पोखराको तालचोकमा शाखा सञ्चालनमा आएको छ । कम्पनीको ७१ औं शाखाका रूपमा साविक लेखनाथको तालचोकमा स्थापना गरिएको कार्यालय प्रमुख कार्यकारी अधिकृत एलपी दाँसले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

226
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदी टे«डिङ प्रालिबीचमा बिमितहरूलाई नगदरहित सवारी साधन मर्मत–सम्भार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

260
कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भव्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त भव्य कार्यक्रममा १ हजार ५ सयभन्दा बढी सक्रिय अभिकर्ताहरूको उपस्थिति थियो ।

240
कारोबार संवाददाता
मंगलबार, माघ २८, २०७६

नेपाल धितोपत्र बोर्डले बिमा तथा गैर बैंकिङ संस्थालाई पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको छ । बोर्डले सामुहिक लगानी कोष नियमावली, २०६७ लाई संशोधन गरी आगामी फागुनदेखि बिमा तथा गैर वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।

291
रासस
बुधवार, माघ १५, २०७६

प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बिमा गराएका हुन् ।

327
कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६

नेपालमा जीवन बिमाको बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जीवन बिमा व्यवसाय गर्ने बिमकहरूका बीचमा आपसी छलफल तथा सहजीकरणमार्फत जीवन बिमासम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु-याउन मुनाफा रहित संस्थाका रूपमा ‘जीवन बिमक संघ नेपाल’ नामक संस्थाको स्थापना भएको छ ।

333
कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बिमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

345
कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उहा“ यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्षसमेत रहेका छन् ।

386
कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६

बिमा समितिले बिमा कम्पनीहरुले बिमितलाई गर्ने दाबी भुक्तानीको म्याद तोकिदिएको छ । समितिले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै म्याद तोकेको हो । जस अनुसार जीवन बिमा कम्पनीहरुले बिमा शुल्कको अन्तिम किस्ता तिरिसकेको मितिले १५ दिनभित्रमा दाबी भुक्तानी लिन चाहिने कागजात संलग्न गरी दाबी लिन आउन बिमितलाई सूचना जारी गर्नुपर्नेछ । यसरी सूचना जारी गरेपछि बिमितले आवश्यक कागजात पेश गरेको मितिले ७ दिनभित्रमा दाबी भुक्तानी दिनुपर्ने समितिद्वारा जारी मार्गदर्शनमा उल्लेख छ । यसरी जीवन बिमाको दाबी बढीमा २२ दिनभित्रमा भुक्तानी गरिसक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

422
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पूरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको कम्पनीले जनाएको छ ।

321
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक मृतक विमितका परिवारलाई मृत्यु दावी रकम उपलब्ध गराएको छ । बिर्तामोडमा मंगलवार मृत्यु दावी भुक्तानी कार्यक्रम गरी मृतक इन्द्रप्रसाद दंगालको परिवारलाई एक करोड ३ लाख १५ हजार रुपैयाँ विमा रकम हस्तान्तरण गरेको हो ।

892
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सञ्चालन विस्तार गरेको छ ।

457
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बिमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले सीईओ पदको पदवहाली गरेको कम्पनीले जनाएको छ ।

567
कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तक्र्रिया तथा सम्मान कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

421