कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५
1219

प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज आफू मेडिकल साइन्स ‘पुरानो मेडिकल कलेज भरतपुर, चितवन’ बीच बिमा सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । यस स्वास्थ्य बिमाअन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सुलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सुविधामार्फत हस्पिटल र इन्स्योरेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनुरूप कार्य गर्ने योजना बनाएको नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले जनाएका छन् ।
उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र आईएसएमई कलेज आफू मेडिकल साइन्सका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, नगेन्दर के पम्पतिले हस्ताक्षर गरे । यस सम्झौतापश्चात् प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बिमासम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बिमालेखको सुविधाको आधारमा आईएसएमई कलेज आपूm मेडिकल साइन्सबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।