कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५
1034

दैलेख- विगत २२ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा काम गर्दै आएको नेको इन्स्योरेन्स कम्पनी कृषक र व्यापारीको लोकप्रिय बन्दै गएको छ । यस कम्पनीले दैलेखका दुर्गम क्षेत्रमा पुगी कम्पनीले सेवा विस्तार गर्दै आएको हो ।
‘बिमा गरौं सुनिश्चित रहौं’ भन्ने मूल नाराका साथ अघि बढेको यस कम्पनीले दैलेख जिल्लामा पनि आफ्नो शाखा तत्कालै विस्तार गर्ने तयारीमा रहेको यस कम्पनीका नेपालगन्जअन्तर्गत दैलेखका बजार सहायक चेतनकुमार थापाले बताए । विगत १० महिनादेखि जिल्लामा बिमा क्षेत्रमा सेवा सुचारु गर्दै आएको बजार सहायक थापाले बताए ।
विगतमा पनि यस कम्पनीबाट दिइने सेवा यहाँका अधिकांश व्यापारी तथा कृषकहरूले लाभ लिँदै आएका छन् । शाखा विस्तारको तयारीसँगै फायर इन्स्योरेन्स क्यास इन्स्योरेन्स, हस्पिटल इन्स्योरेन्स, बगलरी इन्स्योरेन्स, हाउसहोल्ड इन्स्योरेन्स, ट्राभल मेडिकल इन्स्योरेन्स, मोटर÷मोटरसाइकल इन्स्योरेन्स, कन्ट्रयाक्टर अल रिक्स इन्स्योरेन्स, पर्सनल'/गु्रप पर्सनल इन्स्योरेन्सलगायतका सबै खाले निर्जीवन बिमा गरिने बजार सहायक थापाको भनाइ छ ।