दिपक बोहरा
बुधवार, भदौ ६, २०७५
704

पाँचथर-बिभिन्न बिमा कम्पनीहरूले आफ्ना अभिकर्ताहरूलाई बिमा गराएबापत बोनस तथा पुरस्कार दिने भएकाले अभिकर्ताहरूले सेवाग्राहीसँग इमोसनल ब्याकमेलमा बिमा गराउनसमेत थालेका छन् । सेवाग्रहीलाई साइनो गाँसेर, नाता जोडेर र बिभिन्न प्रलोभनमा पारेर बिमा गराउँदा आम नागरिकहरूलाई बिमा प्रतिनकरात्मक धारणको विकास भएको छ । छिमेकी भाइबहिनीहरू आउँछन्, विभिन्न साइनो गाँस्छन, अनि बिमा नगराइ जाँदैन्न, फिदिमका एक व्यक्तिले कारोबारसँग भने ।
पाँचथरमा पछिल्लो समय बिमा कम्पनीहरू खुल्ने क्रममा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको वृद्धिसँगै बिमा कम्पनीहरूको संख्यामा वृद्धि भएको छ । पहिला २, ३ वटा बिमा प्रदायक कम्पनीहरूले सेवा दिइरहेकोमा पछिल्लो समय ९ वटा बिमा कम्पनीले कार्यलय स्थापना गरी सेवा सुरु गरेका छन् । केही बिमा कम्पनी भने कार्यालय खोल्ने तयारीमा छन् । जिल्लामा पछिल्लो समय दुइटा निर्जीव बिमा कम्पनीले पनि सेवा विस्तार गरेका छन् ।

बिमा कम्पनीहरूको संख्यमा वृद्धि भएसँगै स्थानीय स्तरमा रोजगारको सिर्जना पनि भएको छ । तर, अर्कोतिर अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको छ । अस्वस्थ प्रतिस्पर्धाले आम नागरिकहरूमा बिमाप्रतिको धारण नकरात्मक बन्दै गएको छ । टोलटोलमा भेटिने बिभिन्न कम्पनीका अभिकर्ताहरूले नागरिकहरूलाई बिमा प्रतिसकरात्मक भन्दा नकारात्मक अवस्था सिर्जना गरिरहेका छन् ।
नेपाल लाइफ, एसियन लाइफ, प्राइम, नेनल, गुराँस, युनियन, प्रभु, ज्योति र दुइटा निर्जीव बिमा कम्पनी रहेको नेपाल लाइफ इन्योरेन्स कम्पनीका शाखा प्रमुख पदम रिजालले जानकारी दिए । ९ बिमा कम्पनीका जिल्लामा करिब ३ हजारको हाराहारी अभिकर्ता रहेको रिजाल बताउँछन् । उनले सक्रिय अभिकर्ताको संख्या भने कम रहेको बताए ।
चिया पसलदेखि फेसबुक–भाइबरसम्म बिमाको दलाली
पछिल्लो समय बिमा कम्पनीहरूको संख्यामा वृद्धि आएसँगै बिमा कम्पनीहरूको अस्वास्थ्य प्रतिस्पर्धा सुरु भएको छ । पुराना बिमा कम्पनीहरूलाई चुनैती दिनका लागि नयाँ–नयाँ बिमा कम्पनीहरूले नयाँ–नयाँ विज्ञापन गर्दा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको हो । बजारमा र टोलटोलमा बिभिन्न बिमा कम्पनीहरूका अभिकर्ताहरू हुँदा चिया पसलदेखि घरघरसम्म बिमा गराउने क्रम सुरु भएको छ ।
सामाजिक उत्तरदायित्व निभाउँदै बिमा कम्पनी
उता कम्पनीहरूले सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै व्यवसाय गरिरहेका छन् । जिल्लाका बिपन्न परिवारलाई सहयोग, बिभिन्न प्रकोपहरूमा राहत वितरणसमेत गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पदम रिजालले जानकारी दिए ।
पाँचथर जिल्लामा अहिले पनि करिब ३ हजारको हाराहारीमा बिमासम्बन्धी दक्ष जनशक्ति रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पदम रिजालले जानकारी दिए । पाँचथरका आठ स्थानीय तहका ६० वटा वडामा बिमा कम्पनीका अभिकर्ताहरू रहेको र पाँचथरका सबै क्षेत्रमा बिमा कम्पनीहरूको सेवा बिस्तार समेत भएको रिजालले बताए ।
बिमालाई समाजको तल्लो तहसम्म पुराउन र बिपन्न समुदाय समेतलाइ बिमा गराउन बिमा कम्पनीहरूले लघु बिमा कार्यक्रममार्फत न्यून आय भएका समुदायलाई बिमाको दायरामा ल्याएको रिजालले जानकारी दिए । जिल्लामा बिमा कम्पनीहरले बिमा गरी दिएबापत न्यूनतम ५ हजारदेखि ११ हजारसम्म शुल्क लिने गरेको रिजालले बताए ।