कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५
788

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच बैंकास्युरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनआईसी एसिया बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेको कम्पनीबाट जारी विज्ञप्तिमा जनाएको छ । उक्त सम्झौता भएपश्चात् प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरू एनआईसी एसिया बैंकको देशभर रहेका शाखा कार्यालयहरूबाट उपलब्ध हुने पनि जनाएको छ ।