कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५
690

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोबार विधिवत रूपमा सञ्चालन भएको एक वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बिमा बजारमा कम्पनीले प्रतिस्पधातर्मक उपस्थिति जनाएको बताए । चालू आव २०७५/७६ मा समेत उल्लेख्य शाखाबिस्तार गरी सेवाग्राहीको पहुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुराउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने र जीवन बिमा व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरू कार्यान्वयन गरिने जानकारी गराए । त्यसैगरी कम्पनीले आगामी दिनमा सबैका लागि पहुच हुने, लाभदायक तथा नवतिम् थप बिमा योजनाहरू ल्याइने जनाएको छ ।